त्रिकालदर्शन

धार्मिक समाचार

जुठाे नचल्ने रे ! तर मासु चल्ने “बाख्रीकाे छाेराे”

काठमाडौं / सुन्दा अचम्म लाग्न सक्छ  घटना आजभन्दा धेर‌ै समय अघिकाे हाे । कुनै सुन्दर गाउँमा एकजना ब्राम्हण पुरेत बाजे वस्दथे । उनकाे पेसा कृषि नै थियाे त्याे भएर उनका घरमा पशु चाैपायहरू पनि पालित थिए । त्यसकाे अलवाँ उनि  पितापुर्खा देखिकाे पेशा भएर धार्मिक कार्य पनि गर्दथे । उनकाे धेरै यजमानहरू पनि थिए । उनि  घरमा पाञ्चायन पुजा चण्डीपाठ सधै गर्दथे ।

उनकाे घरमा भैसी,  गाई , एकहल गाेरू र एकमल्ल बाख्रा पनि थिए । उनि पशु चाैपायलाई स्वार्थयुक्त  माया देखाउँथे । एकदिन घरमा बाख्रीले जुमल्हा छाेराे पाँइछिन । बाख्रीकाे छाेरा देखेर परिवारका सबै सदस्य खुसि  भए । सुत्केरी बाख्रीलाई सबैले माया गर्न थाले  । काेहि घासँ काटन जाने र काेहि खाेले पकाएर खुवाउने जस्ता कामहरू गर्न थाले । दिनहरू वित्दै गए वाख्रीका छाेरा सेते र खैरे कत्ति राम्रा सलक्क परेका उनिहरू दिनदिनै वढदै गए । फनक्क मुन्टाे घुमाँउदै ढाड मर्काउदै मानिसहरू देख्याे कि नाच्ने उफ्रने हाक्की गर्ने एकदमै नजिकी हुने जस्ता गतिविधिहरू बाख्रीका छाेराहरूले गर्न थाले ।याे दृश्यले बाजेका घरमा जाने सबैकाे मन लाेभ्याउथ्याे । 

                    मानवेत्तर प्राणी मानवसँग अत्यन्तै रमाउने पिठ्युँ चढने, खेल्ने काखमा बस्ने गर्दथे केवल उनिहरूमा विवेक र वुद्दिमता नभएपनि पशु चेतनाले मानिसलाई असल अभिभावक सम्झन्छन । यस्ताे की उनिहरूले यी मेरा मालिक हुन यिनले मलाई कहिले धाेका दिदैन भन्ने भान उनिहरूमा थियाे र हुने गर्दछ । उता बाजे भने ति बाेकालाई असाध्यै माया गर्थे खाँदाखादै गाँस काटेर ढिडाे खुवाँउथे । कतै हिडँदा सेते र खैरेलाई नजिस्क्याई र मकै खान नदिई हिडदैन

थिए । यसरी समयकाे क्रम चलिरहेको थियाे । एकदिनकाे कुरा हाे मालिक कता हाेलान भन्दै सेते र खैरे खाेज्दै हिडने क्रममा वाजे भाेजन गरिरहेकाे देखेछन । मालिक देखेपछि वाजे खाँदै गरेकाे चुल्होमा नै दाैडेर पुगेछन र थालमा मुखले काेट्याएछन। चुल्होमा नै वाेकाले भान्सा छाेएपखि वाजे रिसले आगाे भए । किनकी वाेकाले छाेएकाे खान भएन र बाेकालाई नमज्जाले कुटे केटाहरू म्या म्या गर्दै हर बाङ्गाे पार्दै आफ्नी आमासँग गुनासाे गर्न पुगे । तेरा साँढे दाम्लाेमा बाध्दे भन्दै बज्यैलाई थर्काएर पस्केकाे भात छाेडेर हिडे । बाेकाले कुट्टाई निकै दिन खाए । कहिले सुकाएकाे गुन्दुक भएकाे गुन्द्रिकाे वीचमा बसेकाे वहानामा, कहिले माेहिकाे ठेकीमा मुख गाढेकाे वहानाम त कहिले मकै भुटेर खाजा खाउँ भन्दा सेते र खैरे दुबैले थालैमा जुठाे हालेकाे अनेकाै पटक कुट्टाई खाए ।  बाेका न हुन औख्याए त भैइनैहाल्छन । एकदिनकाे कुरा हाे बाजेकाे घरमा १६ श्राद्दकाे लागि भनेर सेल पकाउने चामल सुकाएकाे रहेछ केटाहरू( सेते र खैरे) ले बिस्कुनकाे बीचमा बसेर सु गर्देछन बडकुला पनि छाेडिदेछन त्यसदिन चामलकाे गुन्द्रि नै सहित फ्याक्नुपर्दा बाजेले राम धुलाई पारेछन केटाहरूकाे ढाड नै बाङ्गिने गरि ठटाएछन विचरा पशु प्या प्या गरेर रूदै वसे । समय यसरी चलिरहेकै थियाे १६ श्राद्द सक्किने वितिक्कै दशैकाे चहलपहल सुरू भयाे । दशै भन्ने वित्तिकै नेपाली समाजमा अर्कै धन्दा पशु किनवेच माेलमाेलाई सुरू हुन्छ यसैक्रममा बाजेका घरमा पालेका बाेका भनेपछि चर्चा नै बेग्लै बाेका खरिद गर्न एकजना व्यापरी आएछन वाजेले सेते राखेर खैरेलाई वेचिदिएछन । यता सँगै ह्यकुलाे जाेडेर सुत्ने खाने खेल्ने साथी पनि दाजु पनि भएकाले सेतेकाे रूवावासी चल्याे । उता आफ्ना दुईभाई छाेरा दुइतिर लिएर बस्ने सेती बाख्री रातभरि राेएर हालेकाे घाँस पनि नखाई उस्लाई लगेकाे वाटाेतिर हेर्दै राेएकाे राएई गरी दुइदिन सम्म राेई पशु न हाे विर्सी सेते खैरे दाजु कहाँ गयाे हाेला भन्दै राेइ रह्याे उता आमा र भाईलाइ छाेडेर हिडन बाध्य भएकाे खैरे कराउँदै कराउँदै  गयाे । उता व्यापारीले धेरै करायाे भनेर बासै वस्न नदिई त्यहिदिन उस्काे गर्दन खुकुरी प्रहार गर्दिएछ । मानिस जस्ताे बुद्धिजीवीले पशुलाई त शान्तिसँग वाच्न दिदैन । परिवारसँग रमाएकाे पशुलाई छुट्टयाउछ अनि आफु शान्ति शान्ति काे याचना गर्छ । सेतेले दाजु नभएकाे पल विर्सन नपाउदै दशैकाे रमझमले छाएछ यता बाजेका घरमा आउने जत्तिले उस्लाई उचाल्दै  ए १० धार्नी ल  काेहि ए १५ धार्नि ल अनेक अडकलवाजी गर्न थाले काेहि १ मलाई काेहि २ धार्नी मलाई  है बज्यै वाजेलाई भन्नु भन्न थाले बज्जै काेहि आश नगर यस्ले त पुग्दैन भनेर राक्षसी भनाई फिर्ता गर्न थालिन  । अष्टमी दिन आयाे बाजे फलानो कालेलाई बाेलाएर ल्याउ  मार हान्न भनेर आफुचाहि खुकुरी उद्याउन थाले । वज्यै पानी वसाल्न थालिन । उता सेते भने सधै ढिडाेकाे गासँ खुवाउने वाजेलाई देखेर खुसि हुदै केहि खान पाे दिन्छन क्यारे भनेर हुँउहु हुँउहु गरेर कराँउछ यता आफुमाथी भर्खरै ब्रजपात हुन्छ भन्ने उ कल्पना पनि गर्दैन । बाजेले मार हान्ने तयारी गर्दै थिए नेपथ्यबाट नमस्कार है गुरू!  भन्ने आवाज आउँछ यसाे पछाडि हेर्दा मार हान्ने काले आइपुगेछ । सेताेलाई खाेरबाट बाहिर निकाले निकाल्ने आफ्नै ढिडाे खुवाउने बाजे भएकाले  उ नकराई वाहिर निक्लियाे । आमा काली बाख्री हेरिरहेकी थिइ छाेराे कहाँ लगेकाे भनेर कराई उस्लाई पनि वाहिर सार्न पाे लैजान्छन की भन्ने लागेर हाेला  मधुर स्वाेर गरि पछि आफुलाई बाहिर नलगेपछि उ धेरै कराउन थाली हुदाँ हुदाँ काेलाहल नै गरेर राेई उता सेतेकाे प्राण लिइसकेका थिए मर्ने वेलामा ठुलाे स्वरले म्याहा गरेकाे प्राण अन्त भाे ! गाउँसमाजमा बाउन भनेपछि अलि जानेबुझेकाे मान्यगुन्य हुने, शिक्षित पनि, सबैकाे दुःख पीर बुझेकाे  भन्ने सम्झछन । यस्ता ब्यक्तिमा त पशु पाल्नु हुदैन, मार्नु हुदैन , खानु हुदैन भन्ने चेतना छैन भने अरूकाे के दशा हाेला भनेर बाख्रीकाे आत्माले विलाैना गर्दाे रहेछ । विचरा ! बाख्री आमाका दुईभाई छाेरा देवीमाताकाे ब्रत उपासना गरेर मनाउने महान चाड दशैमा देविदेवताकाे वहानमा  मानिसकाे स्वादे जिव्राे र पापी पेटकाे जालमा शहिद भए ।

यी सबै घटनामाक्रम हेराै र मनन पनि गराै बाेका हुर्कदै गर्दा.. 

१. हिजाे जिउदाेमा वाजेकाे भान्सा छाेयाे भनेर भातै नखाई सेते बाेकालाई कुटथे आज त्यहि बाेकाे मारेर भान्छा गर्छन याे कस्ताे चेतना ।

२. सुकाउन लागेकाे चामलमा पिसाब गर्याे भनेर बाेका कुटेर चामल नै मिल्काएका ब्यक्तिले आज त्याे सेतेकाे पिसाब थैलि पिसाव गर्ने स्थानलाई त छुट्टाछुट्टै गरेनन् हाेला?  खै !  त चेतना । जिउँदाेमा नचल्ने मरेपछि चल्ने त्यस्ताे पनि पशु कानुन हाे त ।

३.खाजा खान लागेकाे मकैमा मुख गाडदियाे रे ! भनेर मकै नै फ्याकेका ति वाजेले बाेकाे मुखलाई टाउकै सहित काटेर जमरा काेठामा पाे राखे हिजाे अपवित्र मुख आज उ मर्याे भनेर कसरी पवित्र भाे ? खै ! त चेतना ।।

४. जिउदा हुदाँ डेक्चीमा राखेकाे माेहिमा खुट्टा डुबायाे रे भनेर सेतेकाे हर भाच्चिने गरि डण्डिले हानेकाे हैन अनि तिनै खुट्टा चाहिँ  चुल्लाेमा नै किन झुन्ड्याइएकाे ? खै ! त चेतना ।

उस्काे रगत पनि राताे हाम्राे रगत पनि राताे उ पनि मैथुनी सृष्टिको रचना हाम्राे पनि उहि सबै गुण मिल्छ तर मानिस मा र पशुमा विवेककाे मात्र कमी छ यदि मानिसमा पनि विवेक भएन भने मानिसमा र पशुमा के फरक छ? 

यी सबै घटनाक्रम हेर्दा मलाई लाग्याे जिउँदाेमा अछुत भएकाे प्राणी आज कसरी उ मरेपछि चुल्लोमा पुग्याे ?  हिजाे रयलपयल जुठाे खुवाँएर हुर्काएकाे एक सदस्यलाई चाँडबाडकाे वहानामा खुकुरी चलाउँदा तपाईंलाई कहिल्यै शान्ति मिल्ला र ? जुठाे खुवाँउनु भनेकाे प्रेम र वात्सल्यता देखाउनु हाे । प्रेममा धाेका दिनेले त सात जन्म सुख पाउँदैनन् । एउटा निरिह पशु लाटाे छ बाेल्न सक्दैन भनेर अन्याय गर्नुपूर्व आफ्नाे सन्तानलाई पनि सम्झनु त एउटै हैन र  यदि हाम्राे लाटाे सन्तान छ र त्यस्तै जघन्यता कसैले गरेमा हामी हेरेर बस्न सक्लाउ ?  कसैले लाटाे भन्याे भने त हामी रिसाउछाै ?