कांग्रेस सभापति गगन कुमार थापा ले दिए पदबाट राजीनामा

काठमाडौं / नेपाली कांग्रेस का सभापति गगन थापाले पदबाट राजीनामा दिएको जानकारी प्राप्त भएको छ। पार्टीको केन्द्रीय समितिको बैठक शुक्रबार बस्ने तयारी भइरहेका बेला उनले राजीनामा दिएको स्रोतले जनाएको छ। यद्यपि, उनको राजीनामा औपचारिक रूपमा अझै सार्वजनिक गरिएको छैन।
यसअघि सभापति थापाले राजीनामा दिने संकेत गरेपछि उपसभापति शर्मा ले भने तत्काल राजीनामा नदिन सुझाव दिएका थिए। पार्टी विधानअनुसार केन्द्रीय कार्यसमितिले राजीनामा स्वीकृत गरेमा उपसभापतिले कार्यवाहक सभापतिको जिम्मेवारी सम्हाल्नेछन्। साथै, छ महिनाभित्र विशेष केन्द्रीय महाधिवेशन बोलाई नयाँ सभापति चयन गरिने व्यवस्था रहेको छ।
राजनीतिक पृष्ठभूमिमा हेर्दा, थापा २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं–४ बाट निर्वाचित भएका थिए। तर भखरै सम्पन्न निर्वाचनमा सर्लाही–४ बाट उम्मेदवारी दिएका उनी डा. अमरेशकुमार सिंह सँग पराजित भएका थिए।
थापाको राजीनामालाई पार्टीभित्रको आन्तरिक समीकरण र पछिल्लो राजनीतिक घटनाक्रमसँग जोडेर हेरिएको छ। अब केन्द्रीय समितिको बैठकले यस विषयमा औपचारिक निर्णय गर्ने अपेक्षा गरिएको छ।



Post Comment