त्रिकालदर्शन

धार्मिक समाचार

“बेथानचोकका कलाकार रिहान शंकरको नयाँ गीत बजारमा”

काठमाडौं /  “तिम्रो माया आकाश चरी भो” बोलको गीत सार्वजनिक भएको छ। काभ्रेपलान्चोक जिल्लाको बेथानचोक गाउँपालिका – ३ का कलाकार रिहान शंकरले हालसम्म ७० भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेको जानकारी दिएका छन्।

आफ्नै लगानी र आफ्नै अभिनयमार्फत गीत – संगीत क्षेत्रमा सक्रिय रहँदै आएका रिहानले गाउँमै बसेर पनि सिर्जनात्मक काम गर्न सकिन्छ भन्ने उदाहरण प्रस्तुत गरेका छन्। उनले अभिनय गरेका म्युजिक भिडियोहरूले प्रेम, समाज र यथार्थका विविध पक्षलाई कलात्मक रूपमा उजागर गर्दै आएका छन्।

गीत सार्वजनिक भएसँगै दर्शक – श्रोताबाट सकारात्मक प्रतिक्रिया प्राप्त हुने विश्वास रिहानले व्यक्त गरेका छन्।