आमाको पीडा, समाजसेवी मिना घिमिरेको साथ

Bytrikaldarshan

२०८२ माघ ४, आईतवार २०:२३ २०८२ माघ ४, आईतवार २०:२३ २०८२ माघ ४, आईतवार २०:२३

काभ्रे / काभ्रेपलाञ्चोक जिल्लाको नाला – काक्रे निवासी बहिनी सरिना बजगाई र भाइ सुजन बजगाईलाई समाजसेवी मिना घिमिरे ज्युले शैक्षिक सामग्री सहयोग गर्नुभएको छ। आज मिति २०८२ साल माघ ४ गते उनीहरूको शैक्षिक उन्नति र उज्ज्वल भविष्यको कामना गर्दै आवश्यक शैक्षिक सामग्री वितरण गरिएको हो।

समाजसेवी घिमिरेले यसअघि पनि सरिना र सुजनलाई न्यानो कपडा तथा शैक्षिक सामग्री निरन्तर सहयोग गर्दै आउनुभएको बताउनुभयो। परिवारको आर्थिक अवस्था कमजोर हुनुका साथै आमा अपांग भएकाले बालबालिकाको पढाइ प्रभावित नहोस् भन्ने उद्देश्यले सहयोग गरिएको उहाँको भनाइ छ।

स्थानीय स्तरमा गरिएको यस सहयोगले शिक्षा हासिल गर्ने चाहना बोकेका बालबालिकामा आत्मविश्वास र नयाँ आशा थपिएको छ। समाजसेवी मिना घिमिरेको यस मानवीय कार्यप्रति स्थानीय समुदायले उच्च प्रशंसा व्यक्त गरेका छन्।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ