श्रीकृष्ण प्रणामी पृथ्वी परिक्रमा शोभायात्रा – २०८२ भव्य रूपमा सम्पन्न

काठमाडौ / श्रीकृष्ण प्रणामी सेवा समिती नेपालको आयोजनामा सम्पन्न “पृथ्वी परिक्रमा महोत्सव–२०८२” अन्तर्गतको भव्य शोभायात्रा अत्यन्त सफल र श्रद्धापूर्ण वातावरणमा सम्पन्न भएको छ।

कार्यक्रम मिति २०८२ साल मङ्सिर १९ गते (कार्तिक पूर्णिमा) का दिन बिहानैदेखि भक्तिभावले ओतप्रोत हजारौं श्रद्धालुहरूको सहभागितामा शोभायात्रा प्रारम्भ भएको थियो।

श्रीकृष्ण प्रणामी मन्दिर हरिसिद्धिबाट बिहान ७ बजे श्री राज्जीको रथ यात्रा शुभारम्भ भई हातिवन, बचु हाईट हुँदै ईमाडोलस्थित श्रीकृष्ण प्रणामी मन्दिरमा पुगेको थियो। ईमाडोल मन्दिरमा बिहान ७:३० बजे विशेष आरती सम्पन्न गरिएपछि ८:०० बजे शोभायात्रा पुनः ग्वार्को हुँदै कोटेश्वर, जडिबुटी, पेप्सी कोला र भैमाल मन्दिर हुँदै श्री नवतनधाम तर्फ अगाडि बढेको थियो।

त्यसपछि बिहान ८:३० बजे भक्तजनहरू श्री नवतनधाममा जम्मा भई ९:०० बजे गुहेश्वरी, मृगस्थली, पशुपतिनाथ हुँदै पृथ्वी परिक्रमा आरम्भ गरेका थिए। सम्पूर्ण यात्राभर भक्तजनहरू हरि–नाम सङ्कीर्तन, भजनकीर्तन र ध्वजापताकासहित उत्साहपूर्वक सहभागी भएका थिए।

उक्त शोभायात्राले आध्यात्मिक एकता, धर्मप्रति निष्ठा र श्रीकृष्ण प्रणामी सम्प्रदायप्रतिको समर्पणको अनुपम उदाहरण प्रस्तुत गरेको थियो। राजधानीका विभिन्न मार्गहरूमा भक्तजनहरूको स्वागत, पुष्पवृष्टि र संकीर्तनले वातावरण अत्यन्त भक्तिमय बनेको थियो।

कार्यक्रममा श्रीकृष्ण प्रणामी सेवा समिती नेपाल, श्रीकृष्ण प्रणामी युवा परिषद नेपाल, श्रीकृष्ण प्रणामी बाइजुराज महिला समिती नेपाल लगायतका सम्पूर्ण शाखा समिती, मन्दिर परिवार र भक्तजनहरूको सक्रिय सहभागिता रहेको थियो।

महोत्सवको यो भव्य शोभायात्रा धामधनीजीको कृपा र श्री ५ नवतमपुरीधामबाट प्राप्त आशीर्वादको प्रतिफलस्वरूप अत्यन्त सफलतापूर्वक सम्पन्न भएको आयोजक समितीले जनाएको छ।

  • ताजा अपढेट

    बलि होइन, जीवन रोजौँ : प्रणामी युवाको अहिंसाको अभियान

    काठमाडौं, २०८३ कात्तिक १ / श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, काठमाडौं जिल्ला समितिद्वारा आयोजित पशु बलि प्रथा सचेतना अभियान तथा दीप प्रज्वलन कार्यक्रम बडादसैँको पूर्वसन्ध्यामा महाअष्टमीका दिन काठमाडौंको माईतीघर मण्डलामा…

    Read more

    Continue reading
    बाढीपीडितको सहारा बन्यो श्रीकृष्ण प्रणामी मन्दिर बनेपा, ६३ हजार ९८० रुपैयाँ सहयोग

    बनेपा, असोज ६ गते / विपद्ले घर उजाडिएका छन्, परिवारलाई पीडामा धकेलेको छ र धेरैको आँखाबाट आँसु रोकिएको छैन। यस्तो कठिन घडीमा सरकारदेखि नागरिकस्तरसम्म राहत र उद्धारको आवश्यकता बढिरहेका बेला…

    Read more

    Continue reading

    जवाफ लेख्नुहोस्

    तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

    भखरै

    त्रिकालदर्शन डटकमको आधिकारिक दर्ता: विष्णु वाग्लेद्वारा खुसी व्यक्त

    त्रिकालदर्शन डटकमको आधिकारिक दर्ता: विष्णु वाग्लेद्वारा खुसी व्यक्त

    आज विजयादशमी, टीकाको उत्तम साइत बिहान १०:२६ बजे

    आज विजयादशमी, टीकाको उत्तम साइत बिहान १०:२६ बजे

    काठमाडौंको त्यो दसैँ : जब राजधानी नै दुर्गम बन्यो

    काठमाडौंको त्यो दसैँ : जब राजधानी नै दुर्गम बन्यो

    नेपाली कांग्रेस : पुस्तान्तरण, नेतृत्व परिवर्तन र नयाँ सम्भावनाको बाटो

    नेपाली कांग्रेस : पुस्तान्तरण, नेतृत्व परिवर्तन र नयाँ सम्भावनाको बाटो

    देवीदेवताको नाममा पशुबलि : समाजले कहिले सोच्ने?

    देवीदेवताको नाममा पशुबलि : समाजले कहिले सोच्ने?

    बलि होइन, जीवन रोजौँ : प्रणामी युवाको अहिंसाको अभियान

    बलि होइन, जीवन रोजौँ : प्रणामी युवाको अहिंसाको अभियान