बलि होइन, जीवन रोजौँ : प्रणामी युवाको अहिंसाको अभियान

काठमाडौं, २०८३ कात्तिक १ / श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, काठमाडौं जिल्ला समितिद्वारा आयोजित पशु बलि प्रथा सचेतना अभियान तथा दीप प्रज्वलन कार्यक्रम बडादसैँको पूर्वसन्ध्यामा महाअष्टमीका दिन काठमाडौंको माईतीघर मण्डलामा सम्पन्न भएको छ।

हरेक वर्षझैँ यस वर्ष पनि आयोजना गरिएको उक्त कार्यक्रममा श्रीकृष्ण प्रणामी सेवा समिति नेपाल, श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल तथा श्रीकृष्ण प्रणामी बाईजुराज महिला समिति नेपालका विभिन्न तहमा रहनुभएका पदाधिकारी तथा सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रमको मुख्य उद्देश्य पशु बलि प्रथाविरुद्ध जनचेतना अभिवृद्धि गर्नु, सम्पूर्ण जीवजन्तुप्रति दया, करुणा र अहिंसाको भावना जागृत गराउनु तथा धर्मका नाममा हुने पशु हिंसालाई निरुत्साहित गर्नु रहेको थियो।

यसै अवसरमा विश्वभरि विभिन्न कालखण्डमा विभिन्न कारण तथा धर्मका नाममा बलि दिइएका पशुपन्छी एवं जीवजन्तुहरूका साथै विभिन्न दुर्घटना तथा अन्य कारणले ज्यान गुमाउनुभएका सम्पूर्ण मानवहरूको आत्माको चिरशान्तिको कामना गर्दै दीप प्रज्वलन कार्यक्रमसमेत आयोजना गरिएको थियो।

मानवता, अहिंसा, जीवप्रेम र शान्तिको सन्देश प्रवाह गर्ने उद्देश्यले आयोजित यस कार्यक्रमले समाजमा पशु बलि प्रथाविरुद्ध सकारात्मक सोचको विकास गर्न तथा सम्पूर्ण प्राणीप्रति दया र करुणाको भावना अभिवृद्धि गर्न महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास लिइएको छ।

पशु बलि प्रथा सचेतना अभियानकी संयोजक दीपा पौडेल लम्सालका अनुसार, धर्मका नाममा निर्दोष पशुपन्छीको हत्या गर्नुको सट्टा सबै जीवजन्तुप्रति दया, करुणा र प्रेमभाव राख्न आवश्यक छ। समाजमा अहिंसा र जीवप्रेमको भावना जागृत गराउँदै पशु बलि प्रथाविरुद्ध जनचेतना फैलाउने उद्देश्यले अभियान सञ्चालन गरिएको हो। उहाँले यस्ता कार्यक्रमले मानवता, शान्ति र सम्पूर्ण प्राणीप्रतिको संवेदनशीलता अभिवृद्धि गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो।

उक्त कार्यक्रम श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, काठमाडौं जिल्ला समितिको आयोजनामा सम्पन्न भएको हो।

  • ताजा अपढेट

    बाढीपीडितको सहारा बन्यो श्रीकृष्ण प्रणामी मन्दिर बनेपा, ६३ हजार ९८० रुपैयाँ सहयोग

    बनेपा, असोज ६ गते / विपद्ले घर उजाडिएका छन्, परिवारलाई पीडामा धकेलेको छ र धेरैको आँखाबाट आँसु रोकिएको छैन। यस्तो कठिन घडीमा सरकारदेखि नागरिकस्तरसम्म राहत र उद्धारको आवश्यकता बढिरहेका बेला…

    Read more

    Continue reading
    झापाको भद्रपुरमा आजबाट श्रीमद् बीतक चर्चा एवं श्रीकृष्ण कथा आयोजना हुँदै

    झापा श्रावण १८ / झापाको भद्रपुर नगरपालिका–९, प्रणामीनगरस्थित श्रीकृष्ण प्रणामी मन्दिर, दुवागढी–चन्द्रगढीमा विगत वर्षहरूझैँ यस वर्ष पनि आज बाट श्रीमद् बीतक चर्चा एवं श्रीकृष्ण कथा आयोजना हुने भएको छ। वि.सं.…

    Read more

    Continue reading

    जवाफ लेख्नुहोस्

    तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

    भखरै

    त्रिकालदर्शन डटकमको आधिकारिक दर्ता: विष्णु वाग्लेद्वारा खुसी व्यक्त

    त्रिकालदर्शन डटकमको आधिकारिक दर्ता: विष्णु वाग्लेद्वारा खुसी व्यक्त

    आज विजयादशमी, टीकाको उत्तम साइत बिहान १०:२६ बजे

    आज विजयादशमी, टीकाको उत्तम साइत बिहान १०:२६ बजे

    काठमाडौंको त्यो दसैँ : जब राजधानी नै दुर्गम बन्यो

    काठमाडौंको त्यो दसैँ : जब राजधानी नै दुर्गम बन्यो

    नेपाली कांग्रेस : पुस्तान्तरण, नेतृत्व परिवर्तन र नयाँ सम्भावनाको बाटो

    नेपाली कांग्रेस : पुस्तान्तरण, नेतृत्व परिवर्तन र नयाँ सम्भावनाको बाटो

    देवीदेवताको नाममा पशुबलि : समाजले कहिले सोच्ने?

    देवीदेवताको नाममा पशुबलि : समाजले कहिले सोच्ने?

    बलि होइन, जीवन रोजौँ : प्रणामी युवाको अहिंसाको अभियान

    बलि होइन, जीवन रोजौँ : प्रणामी युवाको अहिंसाको अभियान