त्रिकालदर्शन मिडिया प्रा.लि.द्वारा सञ्चालित त्रिकालदर्शन डटकम आधिकारिक रूपमा सूचना तथा प्रसारण विभागमा दर्ता भएको सुखद खबर प्राप्त हुँदा म अत्यन्तै हर्षित भएको छु। यस महत्वपूर्ण उपलब्धिका लागि त्रिकालदर्शन डटकमका सम्पादक, धार्मिक तथा आध्यात्मिक विचारका प्रखर व्यक्तित्व आदरणीय गुरुजी श्री ध्रुवराज शास्त्रीज्यू र सञ्चालक प्रिय भाइ सन्तोष बजगाईज्यू लगायत सम्पूर्ण त्रिकालदर्शन परिवारलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु।
त्रिकालदर्शन—नाम नै आफैँमा अर्थपूर्ण र गहन छ।
‘त्रिकाल’ अर्थात् भूत, वर्तमान र भविष्य—हिजो, आज र भोलि। यसले विगतका अनुभव, वर्तमानका यथार्थ र भविष्यका सम्भावनालाई समेट्छ। त्यस्तै, ‘दर्शन’ अर्थात् सत्यको साक्षात्कार, यथार्थको बोध र जीवन तथा जगत्लाई हेर्ने गहिरो दृष्टिकोण हो। धार्मिक तथा आध्यात्मिक अर्थमा दर्शनले आत्मज्ञान, परम सत्यको बोध र परमात्मासँगको साक्षात्कारलाई समेत जनाउँछ।
यसरी ‘त्रिकालदर्शन’ केवल एउटा नाम मात्र नभई हिजोका अनुभव, आजका सत्य र भोलिको सम्भावनालाई जोड्ने सार्थक अवधारणा हो।
धार्मिक, आध्यात्मिक, सामाजिक, सांस्कृतिक, राजनीतिक तथा समसामयिक विषयलाई समेट्दै सत्य, तथ्य र निष्पक्ष सूचना सम्प्रेषण गर्नुका साथै धर्म, संस्कार, संस्कृति र आध्यात्मिक चेतनाको संरक्षण तथा प्रवर्द्धनमा यस सञ्चारमाध्यमले महत्वपूर्ण योगदान पुर्याउने विश्वास लिएको छु।
‘हिजो, आज र भोलिको आवाज’ भन्ने मूल भावलाई आत्मसात् गर्दै जनताका आवाज बुलन्द गर्न, धार्मिक जागरण फैलाउन र समाजमा सकारात्मक चेतना अभिवृद्धि गर्न त्रिकालदर्शन डटकम सफल बनोस्। पत्रकारिताका मूल्य, मान्यता र मर्यादालाई कायम राख्दै विश्वसनीय तथा जिम्मेवार सञ्चारमाध्यमका रूपमा निरन्तर अघि बढोस् भन्ने हार्दिक शुभेच्छा व्यक्त गर्दछु।
यस सुखद उपलब्धिका लागि पुनः सम्पूर्ण त्रिकालदर्शन परिवारलाई हार्दिक बधाई व्यक्त गर्दै श्रीराजश्यामाजीको अपार मेहेरले त्रिकालदर्शन मिडिया प्रा.लि.ले निरन्तर प्रगति, प्रतिष्ठा र सफलता हासिल गरोस् भन्ने मंगलमय कामना गर्दछु।
🙏 हार्दिक बधाई तथा उज्ज्वल भविष्यको शुभकामना! 🙏
विष्णु वाग्ले
केन्द्रीय अध्यक्ष
प्रणामी व्यवसायी संघ






