कात्तिक १९ गते पृथ्वी परिक्रमा: श्रीकृष्ण प्रणामी धर्मको भव्य शोभा यात्रा

ललितपुर / श्रीकृष्ण प्रणामी धर्मअन्तर्गत ललितपुरस्थित श्रीकृष्ण प्रणामी मन्दिर हरिसिद्धि र श्रीकृष्ण प्रणामी युवा परिषद नेपाल प्रारम्भिक समितिले विगत केही वर्षदेखि निरन्तर आयोजना गर्दै आएको पृथ्वी परिक्रमा शोभा यात्रा यस वर्षदेखि राष्ट्रिय स्तरमा मनाइने भएको छ।

श्रीकृष्ण प्रणामी सेवा समिति नेपालको केन्द्रीय समितिको निर्णयअनुसार सेवा समिति, युवा परिषद र बाजुराज समितिको संयुक्त आयोजनामा २०८२ साल कात्तिक शुक्ल पूर्णिमा (कात्तिक १९ गते) पवित्र पृथ्वी परिक्रमा यात्रा आयोजना गरिने भएको हो।

कार्यक्रमको अवसरमा श्रीकृष्ण प्रणामी मन्दिर हरिसिद्धिबाट कलात्मक रथ तयार गरी बिहान ७ बजे श्री नवतनधाम ल्याइनेछ। त्यहाँ आरती सम्पन्न गरी बाजागाजा, विविध झाँकी र भव्य शोभा यात्रासहित श्रीपशुपतिनाथ मन्दिर दर्शन हुँदै कोणसभा, जोरपाटी मार्ग हुँदै पुनः केन्द्रीयधाम श्री नवतनधाममा यात्रा समापन गरिनेछ। विगत वर्ष जस्तै यस वर्ष पनि देशका विभिन्न स्थानबाट करिब पाँच हजारभन्दा बढी भक्तजनको उपस्थितिमा कार्यक्रम भव्य रूपमा सम्पन्न हुने अपेक्षा गरिएको छ।

वैदिक सनातन हिन्दू धर्मशास्त्र अनुसार भगवान् शिव र माता पार्वतीका पुत्र गणेश र कार्तिकेयबीच यज्ञादि कार्यमा कसको पूजा पहिला गर्ने भन्ने विषयमा उत्पन्न विवादपछि माता पार्वतीले प्रस्ताव राखेकी थिइन्—जो पुत्रले सबैभन्दा छिटो पृथ्वीको परिक्रमा गर्छ, ऊ नै श्रेष्ठ ठहरिनेछ। त्यसपछि कार्तिकेय पृथ्वीको परिक्रमा गर्न निस्किए भने गणेशले माता-पिता नै सम्पूर्ण सृष्टिको मूल स्रोत मान्दै उनीहरुकै प्रदक्षिणा गरे। शिव-पार्वतीले गणेशको बुद्धि र श्रद्धालाई उच्च मानेर उनलाई विजयको प्रतीक बनाइदिए। यही घटना सम्झँदै कार्तिक शुक्ल पूर्णिमालाई पृथ्वी परिक्रमा गर्ने पवित्र दिवसको रूपमा मान्यता दिइएको हो।

श्रीकृष्ण प्रणामी धर्मका अनुसार पृथ्वी परिक्रमा केवल धार्मिक परम्परा नभई आत्मशुद्धि, श्रद्धा र विश्वएकताको प्रतीक हो। यस दिवसले सत्य, प्रेम र सहअस्तित्वको सन्देश फैलाउने कार्य गर्दछ।

इतिहास अनुसार महामति श्री प्राणनाथजी धर्मजागरणको अभियानसहित बि.सं. १७४० तिर भारतको पन्ना सहरमा पुग्नुभएको थियो। त्यहाँ उहाँको भेट मुगल शासक औरंगजेवको अत्याचारविरुद्ध संघर्षरत वीर छत्रशालसँग भएको थियो। महामतिजीले उनलाई आफ्नो परम शिष्य स्वीकार गरी विजयादशमीको दिन खिजडा मन्दिरमा आयोजित समारोहमा पानको विडो र तरवार प्रदान गर्दै महाराजको उपाधि दिएका थिए। त्यसै आशिर्वादको प्रतापले छत्रशालले मुगल सेनालाई ५२ पटक पराजित गर्दै बुंदेलखण्ड राज्य स्थापना गरेका थिए।

नेपालमा पृथ्वी परिक्रमा कार्यक्रम २०७८ मंसिर ३ गतेबाट श्रीकृष्ण प्रणामी मन्दिर हरिसिद्धिले निरन्तर आयोजना गर्दै आएको छ भने २०८० मंसिर ९ देखि राष्ट्रिय स्तरको कार्यक्रमको रूपमा मनाउन थालिएको हो।

पृथ्वी परिक्रमा कार्यक्रमले जन्मभूमिको ऋणबाट मुक्त हुने, धर्ती माताको सम्मान गर्ने र जननीको सेवा गर्ने महत्त्वपूर्ण धार्मिक सन्देश दिन्छ। यस अवसरमा भक्तजनलाई आफ्ना श्रीकृष्ण प्रणामी मन्दिरमा उपस्थित भएर श्रद्धा भावपूर्वक सहभागिता जनाउन श्रीकृष्ण प्रणामी सेवा समिति, युवा परिषद नेपाल र बाजुराज समितिले हार्दिक निमन्त्रणा गरेको छ।

पृथ्वी परिक्रमा कार्यक्रमको धार्मिक महत्त्व:

भगवान शिवजीले त्रिपुरासुर दानवको वध गरेको दिनको सम्झनामा त्रिपुरारी पूर्णिमा पनि भनिन्छ।

भगवती गंगा यस दिन पृथ्वीमा अवतरण भएको मान्यता अनुसार गंगा स्नानले वर्षभरको फल प्राप्त हुन्छ।

कार्तिक पूर्णिमा आकाशबाट अमृत वर्षा हुने रात मानिन्छ।

भारतमा गिरनार पर्वत, विन्ध्याचल, चित्रकूट, गिरीराज गोवर्धन पर्वत लगायतका स्थलमा लाखौं श्रद्धालु परिक्रमा गर्ने चलन छ।

माता महालक्ष्मीको महिना भएकाले महिलाले धर्तिको सेवा वा परिक्रमामा गर्नाले यश, ऐश्वर्य, निरोगिता र धनधान्य प्राप्त हुन्छ।

जन्मभूमिको ऋणबाट मुक्त हुने उद्देश्यले पृथ्वीको परिक्रमा अति महत्वपूर्ण मानिएको छ।

यसरी, श्रीकृष्ण प्रणामी धर्मको पृथ्वी परिक्रमा कार्यक्रमले धार्मिक, ऐतिहासिक र आध्यात्मिक दृष्टिले महत्त्व राख्दै भक्तजनमा जीवन्त सांस्कृतिक परम्परा जगेर्ना गर्ने कार्य गर्दछ।

  • ताजा अपढेट

    झापाको भद्रपुरमा आजबाट श्रीमद् बीतक चर्चा एवं श्रीकृष्ण कथा आयोजना हुँदै

    झापा श्रावण १८ / झापाको भद्रपुर नगरपालिका–९, प्रणामीनगरस्थित श्रीकृष्ण प्रणामी मन्दिर, दुवागढी–चन्द्रगढीमा विगत वर्षहरूझैँ यस वर्ष पनि आज बाट श्रीमद् बीतक चर्चा एवं श्रीकृष्ण कथा आयोजना हुने भएको छ। वि.सं.…

    Read more

    Continue reading
    सद्गुरुको महिमा र गुरु पूर्णिमाको आध्यात्मिक सन्देश

    आज असार शुक्ल पुर्णिमा अर्थात गुरु पूर्णिमाको पावन अवसरमा आध्यात्मिक चिन्तन, वैदिक शास्त्र, ज्योतिष तथा धर्मदर्शनका गहन अध्येता एवं प्रेरणादायी वक्ता ज्योतिषीचार्य श्री ध्रुवराज शास्त्रीसँग सद्गुरुको महिमा, आत्मजागरण, श्रीकृष्ण प्रणामी…

    Read more

    Continue reading

    जवाफ लेख्नुहोस्

    तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

    भखरै

    श्रीकृष्ण प्रणामी युवा परिषद् बनेपा प्रासद्वारा जन्माष्टमीमा रक्तदान, ३६ जनाले दिए जीवनदान

    श्रीकृष्ण प्रणामी युवा परिषद् बनेपा प्रासद्वारा जन्माष्टमीमा रक्तदान, ३६ जनाले दिए जीवनदान

    विपद्का पीडितको सहारामा प्रणामी व्यवसाय संघ, ८० हजार १०० रुपैयाँ राहत कोषमा

    विपद्का पीडितको सहारामा प्रणामी व्यवसाय संघ, ८० हजार १०० रुपैयाँ राहत कोषमा

    ‘छैन केही पिर चिन्ता’ सार्वजनिक, दर्शकको मायाको प्रतीक्षामा रिहान शंकर

    ‘छैन केही पिर चिन्ता’ सार्वजनिक, दर्शकको मायाको प्रतीक्षामा रिहान शंकर

    देखिने प्रगति र नदेखिने समृद्धि

    देखिने प्रगति र नदेखिने समृद्धि

    ‘विकासको आधार तयार, समृद्ध बेथानचोकको सपना’

    ‘विकासको आधार तयार, समृद्ध बेथानचोकको सपना’

    झापाको भद्रपुरमा आजबाट श्रीमद् बीतक चर्चा एवं श्रीकृष्ण कथा आयोजना हुँदै

    झापाको भद्रपुरमा आजबाट श्रीमद् बीतक चर्चा एवं श्रीकृष्ण कथा आयोजना हुँदै