श्रीकृष्ण प्रणामी पृथ्वी परिक्रमा शोभायात्रा – २०८२ भव्य रूपमा सम्पन्न

काठमाडौ / श्रीकृष्ण प्रणामी सेवा समिती नेपालको आयोजनामा सम्पन्न “पृथ्वी परिक्रमा महोत्सव–२०८२” अन्तर्गतको भव्य शोभायात्रा अत्यन्त सफल र श्रद्धापूर्ण वातावरणमा सम्पन्न भएको छ।

कार्यक्रम मिति २०८२ साल मङ्सिर १९ गते (कार्तिक पूर्णिमा) का दिन बिहानैदेखि भक्तिभावले ओतप्रोत हजारौं श्रद्धालुहरूको सहभागितामा शोभायात्रा प्रारम्भ भएको थियो।

श्रीकृष्ण प्रणामी मन्दिर हरिसिद्धिबाट बिहान ७ बजे श्री राज्जीको रथ यात्रा शुभारम्भ भई हातिवन, बचु हाईट हुँदै ईमाडोलस्थित श्रीकृष्ण प्रणामी मन्दिरमा पुगेको थियो। ईमाडोल मन्दिरमा बिहान ७:३० बजे विशेष आरती सम्पन्न गरिएपछि ८:०० बजे शोभायात्रा पुनः ग्वार्को हुँदै कोटेश्वर, जडिबुटी, पेप्सी कोला र भैमाल मन्दिर हुँदै श्री नवतनधाम तर्फ अगाडि बढेको थियो।

त्यसपछि बिहान ८:३० बजे भक्तजनहरू श्री नवतनधाममा जम्मा भई ९:०० बजे गुहेश्वरी, मृगस्थली, पशुपतिनाथ हुँदै पृथ्वी परिक्रमा आरम्भ गरेका थिए। सम्पूर्ण यात्राभर भक्तजनहरू हरि–नाम सङ्कीर्तन, भजनकीर्तन र ध्वजापताकासहित उत्साहपूर्वक सहभागी भएका थिए।

उक्त शोभायात्राले आध्यात्मिक एकता, धर्मप्रति निष्ठा र श्रीकृष्ण प्रणामी सम्प्रदायप्रतिको समर्पणको अनुपम उदाहरण प्रस्तुत गरेको थियो। राजधानीका विभिन्न मार्गहरूमा भक्तजनहरूको स्वागत, पुष्पवृष्टि र संकीर्तनले वातावरण अत्यन्त भक्तिमय बनेको थियो।

कार्यक्रममा श्रीकृष्ण प्रणामी सेवा समिती नेपाल, श्रीकृष्ण प्रणामी युवा परिषद नेपाल, श्रीकृष्ण प्रणामी बाइजुराज महिला समिती नेपाल लगायतका सम्पूर्ण शाखा समिती, मन्दिर परिवार र भक्तजनहरूको सक्रिय सहभागिता रहेको थियो।

महोत्सवको यो भव्य शोभायात्रा धामधनीजीको कृपा र श्री ५ नवतमपुरीधामबाट प्राप्त आशीर्वादको प्रतिफलस्वरूप अत्यन्त सफलतापूर्वक सम्पन्न भएको आयोजक समितीले जनाएको छ।

  • ताजा अपढेट

    झापाको भद्रपुरमा आजबाट श्रीमद् बीतक चर्चा एवं श्रीकृष्ण कथा आयोजना हुँदै

    झापा श्रावण १८ / झापाको भद्रपुर नगरपालिका–९, प्रणामीनगरस्थित श्रीकृष्ण प्रणामी मन्दिर, दुवागढी–चन्द्रगढीमा विगत वर्षहरूझैँ यस वर्ष पनि आज बाट श्रीमद् बीतक चर्चा एवं श्रीकृष्ण कथा आयोजना हुने भएको छ। वि.सं.…

    Read more

    Continue reading
    सद्गुरुको महिमा र गुरु पूर्णिमाको आध्यात्मिक सन्देश

    आज असार शुक्ल पुर्णिमा अर्थात गुरु पूर्णिमाको पावन अवसरमा आध्यात्मिक चिन्तन, वैदिक शास्त्र, ज्योतिष तथा धर्मदर्शनका गहन अध्येता एवं प्रेरणादायी वक्ता ज्योतिषीचार्य श्री ध्रुवराज शास्त्रीसँग सद्गुरुको महिमा, आत्मजागरण, श्रीकृष्ण प्रणामी…

    Read more

    Continue reading

    जवाफ लेख्नुहोस्

    तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

    भखरै

    श्रीकृष्ण प्रणामी युवा परिषद् बनेपा प्रासद्वारा जन्माष्टमीमा रक्तदान, ३६ जनाले दिए जीवनदान

    श्रीकृष्ण प्रणामी युवा परिषद् बनेपा प्रासद्वारा जन्माष्टमीमा रक्तदान, ३६ जनाले दिए जीवनदान

    विपद्का पीडितको सहारामा प्रणामी व्यवसाय संघ, ८० हजार १०० रुपैयाँ राहत कोषमा

    विपद्का पीडितको सहारामा प्रणामी व्यवसाय संघ, ८० हजार १०० रुपैयाँ राहत कोषमा

    ‘छैन केही पिर चिन्ता’ सार्वजनिक, दर्शकको मायाको प्रतीक्षामा रिहान शंकर

    ‘छैन केही पिर चिन्ता’ सार्वजनिक, दर्शकको मायाको प्रतीक्षामा रिहान शंकर

    देखिने प्रगति र नदेखिने समृद्धि

    देखिने प्रगति र नदेखिने समृद्धि

    ‘विकासको आधार तयार, समृद्ध बेथानचोकको सपना’

    ‘विकासको आधार तयार, समृद्ध बेथानचोकको सपना’

    झापाको भद्रपुरमा आजबाट श्रीमद् बीतक चर्चा एवं श्रीकृष्ण कथा आयोजना हुँदै

    झापाको भद्रपुरमा आजबाट श्रीमद् बीतक चर्चा एवं श्रीकृष्ण कथा आयोजना हुँदै