राष्ट्रव्यापी प्रणामी फुटसलमा हरिसिद्धिको प्रथम, गोरखा दोस्रो र काभ्रे तेस्रो

ललितपुर / श्रीकृष्ण प्रणामी युवा परिषद नेपाल बागमती प्रदेश, ललितपुर जिल्ला ईमाडोल प्रारम्भिक समितिद्वारा आयोजित राष्ट्रव्यापी प्रणामी फुटसल प्रतियोगिताको दशौँ संस्करण ललितपुरको बलपार्क फुटसल मैदानमा भव्य रूपमा सम्पन्न भएको छ।

देशभरका विभिन्न जिल्लाबाट प्रतिनिधित्व गर्ने २२ टिम र मैत्रीपूर्ण अभ्यासका ६ टिम गरी जम्मा २८ टिमले यस प्रतिस्पर्धात्मक प्रतियोगितामा सहभागिता जनाएका थिए। उद्घाटन सत्रमा श्रीकृष्ण प्रणामी सेवा समिति नेपालका अध्यक्ष एस.के. शर्मा, महालक्ष्मी नगरपालिकाका प्रमुख हरि गोविन्द श्रेष्ठ र वडा नं. १ का अध्यक्ष छिरिङ लामाले संयुक्त रूपमा पानसमा दियो बालेर शुभारम्भ गरेका थिए।

हजारौं दर्शकको उपस्थितिमा रोमाञ्चक खेलहरू क्रमशः सम्पन्न भइरहँदा खेल मैदानमा युवाको उत्साहपूर्ण सहभागिता देखिएको थियो। फाइनल खेलमा हरिसिद्धि प्रारम्भिक समितिले उत्कृष्ट प्रदर्शन गर्दै पहिलो स्थान हासिल गर्दा गोरखा जिल्ला समिति द्वितीय स्थानमा रह्यो। त्यस्तै, काभ्रे भञ्ज्याङ प्रारम्भिक समिति तृतीय र लुभु प्रारम्भिक समिति चतुर्थ स्थानमा रहेका थिए।

विजेता टिमले ३० हजार रुपैयाँ, उपविजेताले २० हजार रुपैयाँ, तृतीय स्थानले १० हजार रुपैयाँ, साथै सबैले प्रणामी ट्रफी र मेडल प्राप्त गरेका थिए।

व्यक्तिगत तर्फबाट हरिसिद्धिका स्वरुपराज तिमल्सिना उत्कृष्ट गोलकिपर र गोरखाका सुमन पोखरेल उत्कृष्ट खेलाडी घोषित भए।

कार्यक्रम ईमाडोल प्रासका अध्यक्ष विशाल खतिवडाको सभापतित्वमा सम्पन्न भएको थियो। प्रमुख अतिथि नगर प्रमुख श्रेष्ठले खेलकुदले युवाबीच सामीप्यता, सौहार्दता र भाईचारा बढाउने उल्लेख गर्दै सफल आयोजनाका लागि शुभकामना व्यक्त गरे।

त्यस्तै, सेवा समिति नेपालका अध्यक्ष शर्मा ले खेलकुदले युवामा अनुशासन, नैतिकता र धर्मप्रति समर्पणको भावना विकसित गर्ने भन्दै यसले दुर्भ्यसनमुक्त, सबल र सक्षम समाज निर्माणमा टेवा पुर्‍याउने विश्वास व्यक्त गरे।

आयोजकका अनुसार, दशौँ संस्करणको भव्यताले सम्पूर्ण सहभागीमा थप उत्साह र प्रेरणा भरेको छ। खेलमा देखिएको जोश, निखार र प्रतिस्पर्धात्मक भावना कार्यक्रमको सफलता प्रमाणित भएको उनीहरूको भनाइ छ।

प्रतियोगिताको सम्पूर्ण खेल ईमाडोल प्रासको फेसबुक लाइभ पेजमार्फत प्रत्यक्ष प्रसारण गरिएको थियो । कार्यक्रम अवधिभर युवा परिषद, सेवा समिति, वाईजुराज समिति तथा देशभरबाट आएका सुन्दरसाथहरूले खेलको रमाइलो प्रतिस्पर्धाको भरपूर आनन्द लिएका थिए।

त्यस्तै, लुभु प्रासले याेमरी र बारा–चटपटेकाे स्वाद सहितको खाजाको स्टल सञ्चालन गरेको थियो भने ‘उद्यमी घर सातदोबाटो’ले प्रमाणपत्र र मेडलको सौजन्य प्रदान गरेको थियो।

  • ताजा अपढेट

    श्रीकृष्ण प्रणामी युवा परिषद् बनेपा प्रासद्वारा जन्माष्टमीमा रक्तदान, ३६ जनाले दिए जीवनदान

    काभ्रेपलाञ्चोक, भाद्र २० / श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, काभ्रेपलाञ्चोक जिल्ला अन्तर्गत रहेको प्रारम्भिक समिति बनेपाको आयोजनामा श्रीकृष्ण जन्माष्टमीको पावन अवसरमा विशेष रक्तदान कार्यक्रम सम्पन्न भएको छ। “रक्तदान जीवनदान हो,…

    Read more

    Continue reading
    विपद्का पीडितको सहारामा प्रणामी व्यवसाय संघ, ८० हजार १०० रुपैयाँ राहत कोषमा

    मकवानपुर , भाद्र १९ / रसुवा जिल्लामा यही भदौ १० गते भोटेकोशी नदीमा आएको आकस्मिक बाढी तथा विभिन्न स्थानमा गएको पहिरोका कारण भएको ठूलो जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै प्रणामी…

    Read more

    Continue reading

    जवाफ लेख्नुहोस्

    तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

    भखरै

    श्रीकृष्ण प्रणामी युवा परिषद् बनेपा प्रासद्वारा जन्माष्टमीमा रक्तदान, ३६ जनाले दिए जीवनदान

    श्रीकृष्ण प्रणामी युवा परिषद् बनेपा प्रासद्वारा जन्माष्टमीमा रक्तदान, ३६ जनाले दिए जीवनदान

    विपद्का पीडितको सहारामा प्रणामी व्यवसाय संघ, ८० हजार १०० रुपैयाँ राहत कोषमा

    विपद्का पीडितको सहारामा प्रणामी व्यवसाय संघ, ८० हजार १०० रुपैयाँ राहत कोषमा

    ‘छैन केही पिर चिन्ता’ सार्वजनिक, दर्शकको मायाको प्रतीक्षामा रिहान शंकर

    ‘छैन केही पिर चिन्ता’ सार्वजनिक, दर्शकको मायाको प्रतीक्षामा रिहान शंकर

    देखिने प्रगति र नदेखिने समृद्धि

    देखिने प्रगति र नदेखिने समृद्धि

    ‘विकासको आधार तयार, समृद्ध बेथानचोकको सपना’

    ‘विकासको आधार तयार, समृद्ध बेथानचोकको सपना’

    झापाको भद्रपुरमा आजबाट श्रीमद् बीतक चर्चा एवं श्रीकृष्ण कथा आयोजना हुँदै

    झापाको भद्रपुरमा आजबाट श्रीमद् बीतक चर्चा एवं श्रीकृष्ण कथा आयोजना हुँदै