राम्चे चाखोलामा समयमै पानी नपर्दा मकैखेती जोखिममा

मण्डनदेउपुर / काभ्रेपलाञ्चोक जिल्लाको मण्डनदेउपुर नगरपालिका–११, राम्चे चाखोलाको माथिल्लो क्षेत्रमा लामो समयदेखि पर्याप्त वर्षा नहुँदा मकैबाली सुक्खाको चपेटामा परेको छ।

स्थानीय कृषक भिमसेन सापकोटाका अनुसार वर्षा अभावका कारण मकैबालीको वृद्धि प्रभावित हुन थालेको छ। खेतमा हरियाली देखिए पनि जमिनमा आवश्यक चिस्यान नहुँदा बाली ओइलाउने अवस्था सिर्जना भएको उनले बताए।

समयमै पानी नपरे उत्पादनमा उल्लेख्य कमी आउने चिन्ताले स्थानीय किसानहरू थप पीडित बनेका छन्। वर्षायाम सुरु भइसक्दा पनि अपेक्षित वर्षा नहुँदा कृषकहरू आकाशतिर हेरेर पानीको प्रतीक्षा गर्न बाध्य भएका छन्।

स्थानीय कृषक सापकोटाले भने, “आकाशतिर हेरेर पानीको प्रतीक्षा गर्नुबाहेक किसानसँग अर्को विकल्प छैन।”

यदि आगामी दिनमा पर्याप्त वर्षा हुन नसके राम्चे चाखोला क्षेत्रको मकै उत्पादनमा गम्भीर असर पर्ने र किसानले ठूलो आर्थिक क्षति व्यहोर्नुपर्ने अवस्था देखिएको स्थानीय कृषकहरूको भनाइ छ।

  • ताजा अपढेट

    महालक्ष्मी–६ मा दूरसञ्चारको तार चोरी गर्ने दुईमध्ये एक पक्राउ, एक फरार

    ललितपुर, श्रावण ५ / महालक्ष्मी नगरपालिका–६ क्षेत्रमा सार्वजनिक प्रयोगका लागि जडान गरिएको दूरसञ्चारको तार चोरी गर्ने क्रममा दुई जनामध्ये एक जनालाई स्थानीयवासीको सहयोगमा पक्राउ गरिएको छ भने अर्का एक जना…

    Read more

    Continue reading
    प्रणामी व्यवसाय संघ नेपालको स्थापना दिवसमा १०० विद्यार्थीलाई झोला तथा शैक्षिक सामग्री वितरण

    निजगढ श्रावण ३ / प्रणामी व्यवसाय संघ नेपालले आफ्नो छोटो स्थापना दिवसको अवसरमा सामाजिक उत्तरदायित्वलाई आत्मसात् गर्दै बारा जिल्लाको सिंगोलस्थित लालिगुराँस आधारभूत विद्यालयका १०० जना विद्यार्थीलाई विद्यालय झोला (ब्याग) तथा…

    Read more

    Continue reading

    जवाफ लेख्नुहोस्

    तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

    भखरै

    नेतृत्वको सिंहासनमा स्वार्थको छाया 

    नेतृत्वको सिंहासनमा स्वार्थको छाया 

    सद्गुरुको महिमा र गुरु पूर्णिमाको आध्यात्मिक सन्देश

    सद्गुरुको महिमा र गुरु पूर्णिमाको आध्यात्मिक सन्देश

    गुरु पूर्णिमाको अवसरमा नवतनधाममा विशेष कार्यक्रम आयोजना हुँदै

    गुरु पूर्णिमाको अवसरमा नवतनधाममा विशेष कार्यक्रम आयोजना हुँदै

    सिन्धुलीमा श्रावण १८ देखि २४ सम्म ‘श्रीमद् वीतक चर्चा एवं श्रीकृष्ण कथा–२०८३’ आयोजना हुँदै

    सिन्धुलीमा श्रावण १८ देखि २४ सम्म ‘श्रीमद् वीतक चर्चा एवं श्रीकृष्ण कथा–२०८३’ आयोजना हुँदै

    श्रीकृष्ण प्रणामी मन्दिर बनेपामा श्रीमदवितक चर्चा तथा श्रीकृष्ण कथा आयोजना हुँदै

    श्रीकृष्ण प्रणामी मन्दिर बनेपामा श्रीमदवितक चर्चा तथा श्रीकृष्ण कथा आयोजना हुँदै

    के छ तयारी ? :- सुधारस तिमल्सिना

    के छ तयारी ? :- सुधारस तिमल्सिना