गुरु पूर्णिमाको अवसरमा नवतनधाममा विशेष कार्यक्रम आयोजना हुँदै

काठमाडौं, श्रावण १३ / गुरु पूर्णिमाको पावन अवसरमा श्रीकृष्ण प्रणामी धर्माचार्य अनन्तश्री विभूषित जगतगुरु कृष्णमणिजी महाराजश्रीको दिव्य आशीर्वचनसहित विशेष आध्यात्मिक कार्यक्रम आयोजना हुने भएको छ।

श्रीकृष्ण प्रणामी सेवा समिति नेपाल, परमहंस पीठ केन्द्रीय धाम श्री नवतनधाम तथा श्री नवतनधाम व्यवस्थापन समितिको संयुक्त आयोजनामा २०८३ साल श्रावण १३ गते (गुरु पूर्णिमा) बिहान ८:०० बजे गोठाटारस्थित केन्द्रीय धाम श्री नवतनधाम, काठमाडौंमा कार्यक्रम सम्पन्न हुने आयोजकले जनाएको छ।

कार्यक्रममा धर्माचार्य अनन्तश्री विभूषित जगतगुरु कृष्णमणिजी महाराजश्रीबाट गुरु–शिष्य परम्पराको महत्व, सद्गुरुको महिमा तथा आध्यात्मिक जीवनका विविध पक्षबारे विशेष आशीर्वचन प्रदान गरिनेछ।

गुरु पूर्णिमा सनातन वैदिक परम्परामा गुरुप्रति श्रद्धा, कृतज्ञता र समर्पण व्यक्त गर्ने पवित्र पर्वका रूपमा मनाइन्छ। श्रीकृष्ण प्रणामी धर्ममा पनि सद्गुरुको महिमा आत्मज्ञान र परमधाम प्राप्तिको मूल आधार मानिने भएकाले यस पर्वलाई विशेष श्रद्धा र भक्तिभावका साथ मनाउने परम्परा रहेको छ।

आयोजक संस्थाले सम्पूर्ण धर्मावलम्बी, श्रद्धालु भक्तजन तथा शुभेच्छुकहरूलाई कार्यक्रममा उपस्थित भई गुरुको दिव्य आशीर्वचन ग्रहण गर्न हार्दिक अनुरोध गरेको छ।

  • ताजा अपढेट

    झापाको भद्रपुरमा आजबाट श्रीमद् बीतक चर्चा एवं श्रीकृष्ण कथा आयोजना हुँदै

    झापा श्रावण १८ / झापाको भद्रपुर नगरपालिका–९, प्रणामीनगरस्थित श्रीकृष्ण प्रणामी मन्दिर, दुवागढी–चन्द्रगढीमा विगत वर्षहरूझैँ यस वर्ष पनि आज बाट श्रीमद् बीतक चर्चा एवं श्रीकृष्ण कथा आयोजना हुने भएको छ। वि.सं.…

    Read more

    Continue reading
    सद्गुरुको महिमा र गुरु पूर्णिमाको आध्यात्मिक सन्देश

    आज असार शुक्ल पुर्णिमा अर्थात गुरु पूर्णिमाको पावन अवसरमा आध्यात्मिक चिन्तन, वैदिक शास्त्र, ज्योतिष तथा धर्मदर्शनका गहन अध्येता एवं प्रेरणादायी वक्ता ज्योतिषीचार्य श्री ध्रुवराज शास्त्रीसँग सद्गुरुको महिमा, आत्मजागरण, श्रीकृष्ण प्रणामी…

    Read more

    Continue reading

    जवाफ लेख्नुहोस्

    तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

    भखरै

    श्रीकृष्ण प्रणामी युवा परिषद् बनेपा प्रासद्वारा जन्माष्टमीमा रक्तदान, ३६ जनाले दिए जीवनदान

    श्रीकृष्ण प्रणामी युवा परिषद् बनेपा प्रासद्वारा जन्माष्टमीमा रक्तदान, ३६ जनाले दिए जीवनदान

    विपद्का पीडितको सहारामा प्रणामी व्यवसाय संघ, ८० हजार १०० रुपैयाँ राहत कोषमा

    विपद्का पीडितको सहारामा प्रणामी व्यवसाय संघ, ८० हजार १०० रुपैयाँ राहत कोषमा

    ‘छैन केही पिर चिन्ता’ सार्वजनिक, दर्शकको मायाको प्रतीक्षामा रिहान शंकर

    ‘छैन केही पिर चिन्ता’ सार्वजनिक, दर्शकको मायाको प्रतीक्षामा रिहान शंकर

    देखिने प्रगति र नदेखिने समृद्धि

    देखिने प्रगति र नदेखिने समृद्धि

    ‘विकासको आधार तयार, समृद्ध बेथानचोकको सपना’

    ‘विकासको आधार तयार, समृद्ध बेथानचोकको सपना’

    झापाको भद्रपुरमा आजबाट श्रीमद् बीतक चर्चा एवं श्रीकृष्ण कथा आयोजना हुँदै

    झापाको भद्रपुरमा आजबाट श्रीमद् बीतक चर्चा एवं श्रीकृष्ण कथा आयोजना हुँदै