राम्चे चाखोलामा समयमै पानी नपर्दा मकैखेती जोखिममा

मण्डनदेउपुर / काभ्रेपलाञ्चोक जिल्लाको मण्डनदेउपुर नगरपालिका–११, राम्चे चाखोलाको माथिल्लो क्षेत्रमा लामो समयदेखि पर्याप्त वर्षा नहुँदा मकैबाली सुक्खाको चपेटामा परेको छ।

स्थानीय कृषक भिमसेन सापकोटाका अनुसार वर्षा अभावका कारण मकैबालीको वृद्धि प्रभावित हुन थालेको छ। खेतमा हरियाली देखिए पनि जमिनमा आवश्यक चिस्यान नहुँदा बाली ओइलाउने अवस्था सिर्जना भएको उनले बताए।

समयमै पानी नपरे उत्पादनमा उल्लेख्य कमी आउने चिन्ताले स्थानीय किसानहरू थप पीडित बनेका छन्। वर्षायाम सुरु भइसक्दा पनि अपेक्षित वर्षा नहुँदा कृषकहरू आकाशतिर हेरेर पानीको प्रतीक्षा गर्न बाध्य भएका छन्।

स्थानीय कृषक सापकोटाले भने, “आकाशतिर हेरेर पानीको प्रतीक्षा गर्नुबाहेक किसानसँग अर्को विकल्प छैन।”

यदि आगामी दिनमा पर्याप्त वर्षा हुन नसके राम्चे चाखोला क्षेत्रको मकै उत्पादनमा गम्भीर असर पर्ने र किसानले ठूलो आर्थिक क्षति व्यहोर्नुपर्ने अवस्था देखिएको स्थानीय कृषकहरूको भनाइ छ।

  • ताजा अपढेट

    आज विजयादशमी, टीकाको उत्तम साइत बिहान १०:२६ बजे

    काठमाडौं, कात्तिक ४ / नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज बुधबार विजयादशमी हर्षोल्लासका साथ मनाइँदैछ। आजको दिन मान्यजनबाट दुर्गाभवानीको प्रसादस्वरूप टीका, जमरा र आशीर्वाद ग्रहण गरिन्छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका…

    Read more

    Continue reading
    घटस्थापनासँगै बडादसैँ आजबाट सुरु

      काठमाडौं, असोज २५, २०८३ /नेपालीहरूको महान् पर्व बडादसैँ आज आइतबारदेखि विधिवत् रूपमा सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनासँगै देशभरका घरघरमा जमरा राख्ने तथा दुर्गा भवानीको पूजा…

    Read more

    Continue reading

    जवाफ लेख्नुहोस्

    तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

    भखरै

    त्रिकालदर्शन डटकमको आधिकारिक दर्ता: विष्णु वाग्लेद्वारा खुसी व्यक्त

    त्रिकालदर्शन डटकमको आधिकारिक दर्ता: विष्णु वाग्लेद्वारा खुसी व्यक्त

    आज विजयादशमी, टीकाको उत्तम साइत बिहान १०:२६ बजे

    आज विजयादशमी, टीकाको उत्तम साइत बिहान १०:२६ बजे

    काठमाडौंको त्यो दसैँ : जब राजधानी नै दुर्गम बन्यो

    काठमाडौंको त्यो दसैँ : जब राजधानी नै दुर्गम बन्यो

    नेपाली कांग्रेस : पुस्तान्तरण, नेतृत्व परिवर्तन र नयाँ सम्भावनाको बाटो

    नेपाली कांग्रेस : पुस्तान्तरण, नेतृत्व परिवर्तन र नयाँ सम्भावनाको बाटो

    देवीदेवताको नाममा पशुबलि : समाजले कहिले सोच्ने?

    देवीदेवताको नाममा पशुबलि : समाजले कहिले सोच्ने?

    बलि होइन, जीवन रोजौँ : प्रणामी युवाको अहिंसाको अभियान

    बलि होइन, जीवन रोजौँ : प्रणामी युवाको अहिंसाको अभियान