महालक्ष्मी–६ मा दूरसञ्चारको तार चोरी गर्ने दुईमध्ये एक पक्राउ, एक फरार

ललितपुर, श्रावण ५ / महालक्ष्मी नगरपालिका–६ क्षेत्रमा सार्वजनिक प्रयोगका लागि जडान गरिएको दूरसञ्चारको तार चोरी गर्ने क्रममा दुई जनामध्ये एक जनालाई स्थानीयवासीको सहयोगमा पक्राउ गरिएको छ भने अर्का एक जना फरार भएका छन्।

स्थानीय सचिन्द्र महर्जनका अनुसार दिउँसै तार काटेर लैजाँदै गरेका व्यक्तिहरूमाथि शंका लागेपछि स्थानीयवासीले सोधपुछ गरेका थिए। सो क्रममा उनीहरूले आफूहरू डिसहोम कम्पनीका प्राविधिक भएको बताए पनि गतिविधि शंकास्पद देखिएपछि स्थानीयले सम्बन्धित दूरसञ्चार कार्यालयमा जानकारी गराएका थिए।

जानकारी पाएपछि लुभुस्थित दूरसञ्चार कार्यालयका प्राविधिकसहितको टोली घटनास्थलमा पुगेको थियो। जाँच गर्दा उनीहरू आधिकारिक कर्मचारी नभएको पुष्टि भएपछि स्थानीयवासी, वडा सदस्य र प्राविधिक टोलीको सहयोगमा चोरी गरिएको तारसहित एक जनालाई नियन्त्रणमा लिइएको हो।

घटनामा संलग्न अर्का एक व्यक्ति भने फरार भएका छन्। पक्राउ परेका व्यक्तिलाई नेपाल प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान तथा कानुनी प्रक्रिया अगाडि बढाएको जनाएको छ।

स्थानीयवासीले सार्वजनिक सम्पत्तिमा क्षति पुर्‍याउने तथा चोरी गर्ने कार्यमा संलग्न व्यक्तिमाथि कडा कारबाही गर्न माग गरेका छन्। “सार्वजनिक सम्पत्ति हाम्रो साझा सम्पत्ति हो, यसको संरक्षण गर्नु सबै नागरिकको दायित्व हो,” स्थानीय सचिन्द्र महर्जनले बताए।

  • ताजा अपढेट

    आज विजयादशमी, टीकाको उत्तम साइत बिहान १०:२६ बजे

    काठमाडौं, कात्तिक ४ / नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज बुधबार विजयादशमी हर्षोल्लासका साथ मनाइँदैछ। आजको दिन मान्यजनबाट दुर्गाभवानीको प्रसादस्वरूप टीका, जमरा र आशीर्वाद ग्रहण गरिन्छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका…

    Read more

    Continue reading
    घटस्थापनासँगै बडादसैँ आजबाट सुरु

      काठमाडौं, असोज २५, २०८३ /नेपालीहरूको महान् पर्व बडादसैँ आज आइतबारदेखि विधिवत् रूपमा सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनासँगै देशभरका घरघरमा जमरा राख्ने तथा दुर्गा भवानीको पूजा…

    Read more

    Continue reading

    जवाफ लेख्नुहोस्

    तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

    भखरै

    त्रिकालदर्शन डटकमको आधिकारिक दर्ता: विष्णु वाग्लेद्वारा खुसी व्यक्त

    त्रिकालदर्शन डटकमको आधिकारिक दर्ता: विष्णु वाग्लेद्वारा खुसी व्यक्त

    आज विजयादशमी, टीकाको उत्तम साइत बिहान १०:२६ बजे

    आज विजयादशमी, टीकाको उत्तम साइत बिहान १०:२६ बजे

    काठमाडौंको त्यो दसैँ : जब राजधानी नै दुर्गम बन्यो

    काठमाडौंको त्यो दसैँ : जब राजधानी नै दुर्गम बन्यो

    नेपाली कांग्रेस : पुस्तान्तरण, नेतृत्व परिवर्तन र नयाँ सम्भावनाको बाटो

    नेपाली कांग्रेस : पुस्तान्तरण, नेतृत्व परिवर्तन र नयाँ सम्भावनाको बाटो

    देवीदेवताको नाममा पशुबलि : समाजले कहिले सोच्ने?

    देवीदेवताको नाममा पशुबलि : समाजले कहिले सोच्ने?

    बलि होइन, जीवन रोजौँ : प्रणामी युवाको अहिंसाको अभियान

    बलि होइन, जीवन रोजौँ : प्रणामी युवाको अहिंसाको अभियान