महालक्ष्मी–६ मा दूरसञ्चारको तार चोरी गर्ने दुईमध्ये एक पक्राउ, एक फरार

ललितपुर, श्रावण ५ / महालक्ष्मी नगरपालिका–६ क्षेत्रमा सार्वजनिक प्रयोगका लागि जडान गरिएको दूरसञ्चारको तार चोरी गर्ने क्रममा दुई जनामध्ये एक जनालाई स्थानीयवासीको सहयोगमा पक्राउ गरिएको छ भने अर्का एक जना फरार भएका छन्।

स्थानीय सचिन्द्र महर्जनका अनुसार दिउँसै तार काटेर लैजाँदै गरेका व्यक्तिहरूमाथि शंका लागेपछि स्थानीयवासीले सोधपुछ गरेका थिए। सो क्रममा उनीहरूले आफूहरू डिसहोम कम्पनीका प्राविधिक भएको बताए पनि गतिविधि शंकास्पद देखिएपछि स्थानीयले सम्बन्धित दूरसञ्चार कार्यालयमा जानकारी गराएका थिए।

जानकारी पाएपछि लुभुस्थित दूरसञ्चार कार्यालयका प्राविधिकसहितको टोली घटनास्थलमा पुगेको थियो। जाँच गर्दा उनीहरू आधिकारिक कर्मचारी नभएको पुष्टि भएपछि स्थानीयवासी, वडा सदस्य र प्राविधिक टोलीको सहयोगमा चोरी गरिएको तारसहित एक जनालाई नियन्त्रणमा लिइएको हो।

घटनामा संलग्न अर्का एक व्यक्ति भने फरार भएका छन्। पक्राउ परेका व्यक्तिलाई नेपाल प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान तथा कानुनी प्रक्रिया अगाडि बढाएको जनाएको छ।

स्थानीयवासीले सार्वजनिक सम्पत्तिमा क्षति पुर्‍याउने तथा चोरी गर्ने कार्यमा संलग्न व्यक्तिमाथि कडा कारबाही गर्न माग गरेका छन्। “सार्वजनिक सम्पत्ति हाम्रो साझा सम्पत्ति हो, यसको संरक्षण गर्नु सबै नागरिकको दायित्व हो,” स्थानीय सचिन्द्र महर्जनले बताए।

  • ताजा अपढेट

    प्रणामी व्यवसाय संघ नेपालको स्थापना दिवसमा १०० विद्यार्थीलाई झोला तथा शैक्षिक सामग्री वितरण

    निजगढ श्रावण ३ / प्रणामी व्यवसाय संघ नेपालले आफ्नो छोटो स्थापना दिवसको अवसरमा सामाजिक उत्तरदायित्वलाई आत्मसात् गर्दै बारा जिल्लाको सिंगोलस्थित लालिगुराँस आधारभूत विद्यालयका १०० जना विद्यार्थीलाई विद्यालय झोला (ब्याग) तथा…

    Read more

    Continue reading
    समाजसेवी मिना घिमिरे र अभियानता विमला रसाइलीद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग

    काभ्रेपलाञ्चोक, असार २६ / काभ्रेपलाञ्चोक जिल्लाको बेथानचोक गाउँपालिका–२, ढुंखर्कस्थित पाट्नेखोलामा रहेको श्री जयराम प्राथमिक विद्यालयका सम्पूर्ण विद्यार्थीलाई अत्यावश्यक शैक्षिक सामग्रीअन्तर्गत विद्यालय झोला, कापी र कलम वितरण गरिएको छ। विद्यार्थीहरूको अध्ययनलाई…

    Read more

    Continue reading

    जवाफ लेख्नुहोस्

    तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

    भखरै

    सद्गुरुको महिमा र गुरु पूर्णिमाको आध्यात्मिक सन्देश

    सद्गुरुको महिमा र गुरु पूर्णिमाको आध्यात्मिक सन्देश

    गुरु पूर्णिमाको अवसरमा नवतनधाममा विशेष कार्यक्रम आयोजना हुँदै

    गुरु पूर्णिमाको अवसरमा नवतनधाममा विशेष कार्यक्रम आयोजना हुँदै

    सिन्धुलीमा श्रावण १८ देखि २४ सम्म ‘श्रीमद् वीतक चर्चा एवं श्रीकृष्ण कथा–२०८३’ आयोजना हुँदै

    सिन्धुलीमा श्रावण १८ देखि २४ सम्म ‘श्रीमद् वीतक चर्चा एवं श्रीकृष्ण कथा–२०८३’ आयोजना हुँदै

    श्रीकृष्ण प्रणामी मन्दिर बनेपामा श्रीमदवितक चर्चा तथा श्रीकृष्ण कथा आयोजना हुँदै

    श्रीकृष्ण प्रणामी मन्दिर बनेपामा श्रीमदवितक चर्चा तथा श्रीकृष्ण कथा आयोजना हुँदै

    के छ तयारी ? :- सुधारस तिमल्सिना

    के छ तयारी ? :- सुधारस तिमल्सिना

    महालक्ष्मी–६ मा दूरसञ्चारको तार चोरी गर्ने दुईमध्ये एक पक्राउ, एक फरार

    महालक्ष्मी–६ मा दूरसञ्चारको तार चोरी गर्ने दुईमध्ये एक पक्राउ, एक फरार