श्रीकृष्ण प्रणामी मन्दिर बनेपामा श्रीमदवितक चर्चा तथा श्रीकृष्ण कथा आयोजना हुँदै

काभ्रेपलाञ्चोक श्रावण १० / श्रीकृष्ण प्रणामी सेवा समिति नेपाल, इकाई समिति बनेपाको आयोजनामा श्रीमदवितक चर्चा तथा श्रीकृष्ण कथा कार्यक्रम सञ्चालन हुने भएको छ।

आयोजकका अनुसार पं. शास्त्री श्री धनश्याम अधिकारीको मुखारविन्दबाट हुने उक्त कार्यक्रम २०८३ साल श्रावण १८ गतेदेखि भदौ १५ गतेसम्म (श्रीकृष्ण प्राकट्य महोत्सवसम्म) सञ्चालन हुनेछ।

कार्यक्रमअन्तर्गत दैनिक १२:३० बजेदेखि १:०० बजेसम्म सेवा–पूजा, १:०० बजेदेखि ३:०० बजेसम्म श्रीमदवितक चर्चा तथा श्रीकृष्ण कथा प्रवचन र ३:३० बजेदेखि प्रसाद वितरण गरिने जनाइएको छ।

कार्यक्रम श्रीकृष्ण प्रणामी मन्दिर, बनेपा–नयाँबस्ती मा आयोजना हुनेछ। आयोजकले सम्पूर्ण श्रद्धालु, भक्तजन, धर्मप्रेमी महानुभाव तथा सर्वसाधारणलाई कार्यक्रममा उपस्थित भई आध्यात्मिक ज्ञान र सत्सङ्गको लाभ लिन हार्दिक निमन्त्रणा गरेको छ।

उक्त कार्यक्रमको आयोजनामा श्रीकृष्ण प्रणामी सेवा समिति नेपाल, इकाई समिति बनेपा, श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, प्रा.स., बनेपा तथा श्रीकृष्ण प्रणामी बाईजुराज महिला इकाई समिति, बनेपा को सहकार्य रहेको छ।

  • ताजा अपढेट

    झापाको भद्रपुरमा आजबाट श्रीमद् बीतक चर्चा एवं श्रीकृष्ण कथा आयोजना हुँदै

    झापा श्रावण १८ / झापाको भद्रपुर नगरपालिका–९, प्रणामीनगरस्थित श्रीकृष्ण प्रणामी मन्दिर, दुवागढी–चन्द्रगढीमा विगत वर्षहरूझैँ यस वर्ष पनि आज बाट श्रीमद् बीतक चर्चा एवं श्रीकृष्ण कथा आयोजना हुने भएको छ। वि.सं.…

    Read more

    Continue reading
    सद्गुरुको महिमा र गुरु पूर्णिमाको आध्यात्मिक सन्देश

    आज असार शुक्ल पुर्णिमा अर्थात गुरु पूर्णिमाको पावन अवसरमा आध्यात्मिक चिन्तन, वैदिक शास्त्र, ज्योतिष तथा धर्मदर्शनका गहन अध्येता एवं प्रेरणादायी वक्ता ज्योतिषीचार्य श्री ध्रुवराज शास्त्रीसँग सद्गुरुको महिमा, आत्मजागरण, श्रीकृष्ण प्रणामी…

    Read more

    Continue reading

    जवाफ लेख्नुहोस्

    तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

    भखरै

    श्रीकृष्ण प्रणामी युवा परिषद् बनेपा प्रासद्वारा जन्माष्टमीमा रक्तदान, ३६ जनाले दिए जीवनदान

    श्रीकृष्ण प्रणामी युवा परिषद् बनेपा प्रासद्वारा जन्माष्टमीमा रक्तदान, ३६ जनाले दिए जीवनदान

    विपद्का पीडितको सहारामा प्रणामी व्यवसाय संघ, ८० हजार १०० रुपैयाँ राहत कोषमा

    विपद्का पीडितको सहारामा प्रणामी व्यवसाय संघ, ८० हजार १०० रुपैयाँ राहत कोषमा

    ‘छैन केही पिर चिन्ता’ सार्वजनिक, दर्शकको मायाको प्रतीक्षामा रिहान शंकर

    ‘छैन केही पिर चिन्ता’ सार्वजनिक, दर्शकको मायाको प्रतीक्षामा रिहान शंकर

    देखिने प्रगति र नदेखिने समृद्धि

    देखिने प्रगति र नदेखिने समृद्धि

    ‘विकासको आधार तयार, समृद्ध बेथानचोकको सपना’

    ‘विकासको आधार तयार, समृद्ध बेथानचोकको सपना’

    झापाको भद्रपुरमा आजबाट श्रीमद् बीतक चर्चा एवं श्रीकृष्ण कथा आयोजना हुँदै

    झापाको भद्रपुरमा आजबाट श्रीमद् बीतक चर्चा एवं श्रीकृष्ण कथा आयोजना हुँदै