मानवीय सेवाको उदाहरण श्रीकृष्ण प्रणामी युवा परिषदको ‘न्यानो माया’ अभियान

ललितपुर / ललितपुर जिल्लाको दक्षिणी भेग बागमती गाउँपालिका–३ भट्टेडाँडामा अवस्थित श्री सात कन्या आधारभूत विद्यालयका १०२ जना विद्यार्थी न्यानो ट्र्याकसुटको अभावमा चिसो मौसममा काँप्दै विद्यालय जान बाध्य भएका छन्। बढ्दो जाडोका कारण न्यानो कपडाको कमीले विद्यार्थीहरूको स्वास्थ्य, मनोबल र नियमित पठनपाठनमा गम्भीर असर पर्न थालेको छ।

यस संवेदनशील अवस्थालाई मध्यनजर गर्दै श्रीकृष्ण प्रणामी युवा परिषद नेपाल, बागमती प्रदेश अन्तर्गत जिल्ला कार्यसमिति काठमाडौंको समन्वयमा रहेको भैमाल प्रारम्भिक समिति, नवतनधाम प्रारम्भिक समिति तथा राधाकृष्ण कपन प्रारम्भिक समितिको संयुक्त पहलमा ‘न्यानो माया’ नामक मानवीय तथा सेवामूलक कार्यक्रम आयोजना गर्न लागिएको छ।

कार्यक्रममार्फत जाडोबाट पीडित विद्यार्थीहरूलाई न्यानो ट्र्याकसुट उपलब्ध गराउने उद्देश्य राखिएको आयोजकले जनाएका छन्। शिक्षा र बालअधिकारको संरक्षणका साथै सामाजिक उत्तरदायित्वलाई केन्द्रमा राखेर सञ्चालन हुन लागेको यस अभियानमा सबै सरोकारवाला, दाता र सहयोगी हातहरूलाई सहभागिताका लागि आग्रह गरिएको छ।

यस सन्दर्भमा आयोजकहरूले सेवा र करुणाको भाव झल्काउने शास्त्रीय सन्देश स्मरण गराएका छन्

“परोपकाराय फलन्ति वृक्षाः,

परोपकाराय वहन्ति नद्यः ।

परोपकाराय दुहन्ति गावः,

परोपकारार्थमिदं शरीरम् ॥”

अर्थात् :- 

वृक्षहरू अरूका लागि फल दिन्छन्, नदीहरू अरूका लागि बग्छन्, गाईहरू अरूका लागि दूध दिन्छन्, र यो शरीर पनि परोपकारका लागि नै हो।

सहयोग गर्न इच्छुक व्यक्ति तथा संस्थाहरूले कमेन्टमा उल्लेख गरिएको QR कोडमार्फत आफ्नो इच्छाअनुसार रकम सहयोग गर्न सक्ने व्यवस्था गरिएको छ। QR मार्फत रकम पठाउँदा Remarks मा आफ्नो नाम उल्लेख गरी Screenshot पठाउन आयोजकले अनुरोध गरेका छन्।

आयोजक संस्थाहरूले प्राप्त हुने सहयोग, सद्भाव र विश्वासप्रति हार्दिक आभार व्यक्त गर्दै, ‘न्यानो माया’ अभियानले जाडोमा काँपिरहेका विद्यार्थीहरूको जीवनमा न्यानोपन, आशा र आत्मविश्वास भर्ने विश्वास व्यक्त गरेका छन्।

  • ताजा अपढेट

    श्रीकृष्ण प्रणामी युवा परिषद् बनेपा प्रासद्वारा जन्माष्टमीमा रक्तदान, ३६ जनाले दिए जीवनदान

    काभ्रेपलाञ्चोक, भाद्र २० / श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, काभ्रेपलाञ्चोक जिल्ला अन्तर्गत रहेको प्रारम्भिक समिति बनेपाको आयोजनामा श्रीकृष्ण जन्माष्टमीको पावन अवसरमा विशेष रक्तदान कार्यक्रम सम्पन्न भएको छ। “रक्तदान जीवनदान हो,…

    Read more

    Continue reading
    विपद्का पीडितको सहारामा प्रणामी व्यवसाय संघ, ८० हजार १०० रुपैयाँ राहत कोषमा

    मकवानपुर , भाद्र १९ / रसुवा जिल्लामा यही भदौ १० गते भोटेकोशी नदीमा आएको आकस्मिक बाढी तथा विभिन्न स्थानमा गएको पहिरोका कारण भएको ठूलो जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै प्रणामी…

    Read more

    Continue reading

    जवाफ लेख्नुहोस्

    तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

    भखरै

    श्रीकृष्ण प्रणामी युवा परिषद् बनेपा प्रासद्वारा जन्माष्टमीमा रक्तदान, ३६ जनाले दिए जीवनदान

    श्रीकृष्ण प्रणामी युवा परिषद् बनेपा प्रासद्वारा जन्माष्टमीमा रक्तदान, ३६ जनाले दिए जीवनदान

    विपद्का पीडितको सहारामा प्रणामी व्यवसाय संघ, ८० हजार १०० रुपैयाँ राहत कोषमा

    विपद्का पीडितको सहारामा प्रणामी व्यवसाय संघ, ८० हजार १०० रुपैयाँ राहत कोषमा

    ‘छैन केही पिर चिन्ता’ सार्वजनिक, दर्शकको मायाको प्रतीक्षामा रिहान शंकर

    ‘छैन केही पिर चिन्ता’ सार्वजनिक, दर्शकको मायाको प्रतीक्षामा रिहान शंकर

    देखिने प्रगति र नदेखिने समृद्धि

    देखिने प्रगति र नदेखिने समृद्धि

    ‘विकासको आधार तयार, समृद्ध बेथानचोकको सपना’

    ‘विकासको आधार तयार, समृद्ध बेथानचोकको सपना’

    झापाको भद्रपुरमा आजबाट श्रीमद् बीतक चर्चा एवं श्रीकृष्ण कथा आयोजना हुँदै

    झापाको भद्रपुरमा आजबाट श्रीमद् बीतक चर्चा एवं श्रीकृष्ण कथा आयोजना हुँदै