युवाको शक्ति देश निर्माणमा ऋषि थापा र बालेन शाह बिच भेटवार्ता

काभ्रेपलान्चोक / बेथानचोक गाउँपालिका, काभ्रेपलान्चोकका Gen Z अभियन्ता ऋषि थापाले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहसँग भेटवार्ता गर्दै देश निर्माण अभियानमा संयुक्त रूपमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

भेटका क्रममा युवाको नेतृत्व, सुशासन, स्थानीय तहको सशक्तिकरण तथा नवप्रवर्तनमार्फत विकासको गति तीव्र बनाउने विषयमा गहन छलफल भएको थियो। अभियन्ता थापाले ग्रामीण क्षेत्रदेखि राजधानीसम्म युवालाई एकीकृत गर्दै सकारात्मक परिवर्तनको अभियानलाई संस्थागत रूपमा अगाडि बढाउनुपर्ने आवश्यकता औंल्याएका थिए।

सो अवसरमा थापाले Gen Z आन्दोलनका क्रममा आफूले करिब २० जना घाइतेको उद्दार गरेको अनुभव पनि साझा गरेका थिए। उनले विशेषगरी भदौ २३ गतेको आन्दोलन अत्यन्तै संवेदनशील र चुनौतीपूर्ण समय रहेको उल्लेख गर्दै, उक्त आन्दोलनका बेला जनताले भगवानको नामभन्दा बढी मेयर बालेन शाहको नाम लिएको दृश्यले युवामा परिवर्तनप्रतिको विश्वास र आशा प्रष्ट देखिएको बताए।

मेयर बालेन शाहले युवाको सक्रिय सहभागिता बिना दिगो विकास सम्भव नहुने धारणा व्यक्त गर्दै देश निर्माणका अभियानमा Gen Z को ऊर्जा, नवीन सोच र नेतृत्वलाई प्राथमिकता दिने प्रतिबद्धता जनाए। उनले युवाहरूले सडकदेखि नीति निर्माणसम्म निर्णायक भूमिका खेल्नुपर्नेमा जोड दिए।

भेटवार्तापछि दुवै पक्षले पारदर्शिता, उत्तरदायित्व र नागरिक सहभागितामा आधारित समृद्ध नेपाल निर्माणको अभियानलाई सहकार्यका साथ निरन्तर अघि बढाउने एक्यबद्धता व्यक्त गरेका छन्।

  • ताजा अपढेट

    श्रीकृष्ण प्रणामी युवा परिषद् बनेपा प्रासद्वारा जन्माष्टमीमा रक्तदान, ३६ जनाले दिए जीवनदान

    काभ्रेपलाञ्चोक, भाद्र २० / श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, काभ्रेपलाञ्चोक जिल्ला अन्तर्गत रहेको प्रारम्भिक समिति बनेपाको आयोजनामा श्रीकृष्ण जन्माष्टमीको पावन अवसरमा विशेष रक्तदान कार्यक्रम सम्पन्न भएको छ। “रक्तदान जीवनदान हो,…

    Read more

    Continue reading
    विपद्का पीडितको सहारामा प्रणामी व्यवसाय संघ, ८० हजार १०० रुपैयाँ राहत कोषमा

    मकवानपुर , भाद्र १९ / रसुवा जिल्लामा यही भदौ १० गते भोटेकोशी नदीमा आएको आकस्मिक बाढी तथा विभिन्न स्थानमा गएको पहिरोका कारण भएको ठूलो जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै प्रणामी…

    Read more

    Continue reading

    जवाफ लेख्नुहोस्

    तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

    भखरै

    श्रीकृष्ण प्रणामी युवा परिषद् बनेपा प्रासद्वारा जन्माष्टमीमा रक्तदान, ३६ जनाले दिए जीवनदान

    श्रीकृष्ण प्रणामी युवा परिषद् बनेपा प्रासद्वारा जन्माष्टमीमा रक्तदान, ३६ जनाले दिए जीवनदान

    विपद्का पीडितको सहारामा प्रणामी व्यवसाय संघ, ८० हजार १०० रुपैयाँ राहत कोषमा

    विपद्का पीडितको सहारामा प्रणामी व्यवसाय संघ, ८० हजार १०० रुपैयाँ राहत कोषमा

    ‘छैन केही पिर चिन्ता’ सार्वजनिक, दर्शकको मायाको प्रतीक्षामा रिहान शंकर

    ‘छैन केही पिर चिन्ता’ सार्वजनिक, दर्शकको मायाको प्रतीक्षामा रिहान शंकर

    देखिने प्रगति र नदेखिने समृद्धि

    देखिने प्रगति र नदेखिने समृद्धि

    ‘विकासको आधार तयार, समृद्ध बेथानचोकको सपना’

    ‘विकासको आधार तयार, समृद्ध बेथानचोकको सपना’

    झापाको भद्रपुरमा आजबाट श्रीमद् बीतक चर्चा एवं श्रीकृष्ण कथा आयोजना हुँदै

    झापाको भद्रपुरमा आजबाट श्रीमद् बीतक चर्चा एवं श्रीकृष्ण कथा आयोजना हुँदै