सुन प्रतितोला २ लाख ४१ हजारमा झर्‍यो

नेपाली बजारमा आइतबार (कात्तिक ९ गते) सुनको भाउमा ठूलो गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ११ हजार ६०० रुपैयाँले सस्तो भएको हो ।

हाल छापावाल सुनको मूल्य तोलाको दुई लाख ४१ हजार ९०० रुपैयाँ निर्धारण गरिएको छ । तिहार अघि कात्तिक ३ गते यही सुनको मूल्य प्रतितोला दुई लाख ५३ हजार ५०० रुपैयाँ पुगेको थियो ।

सुनसँगै चाँदीको मूल्यमा पनि गिरावट आएको छ । आज चाँदी प्रतितोला २६५ रुपैयाँले घटेर तीन हजार १५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । कात्तिक ३ गतेको तुलनामा यो मूल्यमा उल्लेखनीय कमी आएको हो, किनभने सो दिन चाँदी प्रतितोला तीन हजार २८० रुपैयाँमा किनबेच भएको थियो ।

बजार विश्लेषकहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको भाउ घटेकै असर नेपाली बजारमा समेत परेको हो ।

  • ताजा अपढेट

    नेपाली बजारमा सुनचाँदीको मूल्य घट्यो, सुन तोलामा ४ हजार ५०० रुपैयाँले सस्तो

    काठमाडौं / नेपाली बजारमा मंगलबार सुन तथा चाँदी दुवैको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ४ हजार ५०० रुपैयाँले घटेर २ लाख…

    Read more

    Continue reading
    सुनको मूल्यमा पुनः उकालो, प्रतितोला २ हजार रुपैयाँले बढ्यो

    काठमाडौं / नेपाली बजारमा मंगलबार सुनको मूल्य वृद्धि भएको छ। आज सुनको मूल्य प्रतितोला २ हजार रुपैयाँले बढेको हो। यस साताको कारोबारमा आइतबार सुनको मूल्य प्रतितोला ८ हजार २०० रुपैयाँले…

    Read more

    Continue reading

    जवाफ लेख्नुहोस्

    तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

    भखरै

    त्रिकालदर्शन डटकमको आधिकारिक दर्ता: विष्णु वाग्लेद्वारा खुसी व्यक्त

    त्रिकालदर्शन डटकमको आधिकारिक दर्ता: विष्णु वाग्लेद्वारा खुसी व्यक्त

    आज विजयादशमी, टीकाको उत्तम साइत बिहान १०:२६ बजे

    आज विजयादशमी, टीकाको उत्तम साइत बिहान १०:२६ बजे

    काठमाडौंको त्यो दसैँ : जब राजधानी नै दुर्गम बन्यो

    काठमाडौंको त्यो दसैँ : जब राजधानी नै दुर्गम बन्यो

    नेपाली कांग्रेस : पुस्तान्तरण, नेतृत्व परिवर्तन र नयाँ सम्भावनाको बाटो

    नेपाली कांग्रेस : पुस्तान्तरण, नेतृत्व परिवर्तन र नयाँ सम्भावनाको बाटो

    देवीदेवताको नाममा पशुबलि : समाजले कहिले सोच्ने?

    देवीदेवताको नाममा पशुबलि : समाजले कहिले सोच्ने?

    बलि होइन, जीवन रोजौँ : प्रणामी युवाको अहिंसाको अभियान

    बलि होइन, जीवन रोजौँ : प्रणामी युवाको अहिंसाको अभियान