सुनको मूल्यमा पुनः उकालो, प्रतितोला २ हजार रुपैयाँले बढ्यो

काठमाडौं / नेपाली बजारमा मंगलबार सुनको मूल्य वृद्धि भएको छ। आज सुनको मूल्य प्रतितोला २ हजार रुपैयाँले बढेको हो।

यस साताको कारोबारमा आइतबार सुनको मूल्य प्रतितोला ८ हजार २०० रुपैयाँले घटेको थियो भने सोमबार ९०० रुपैयाँले कमी आएको थियो। त्यसपछि मंगलबार पुनः मूल्य बढेको हो।

गत साताको सुरुवातमा भने सुनको मूल्यमा उल्लेखनीय वृद्धि देखिएको थियो। आइतबार प्रतितोला २० हजार ५०० रुपैयाँले मूल्य बढेको थियो। त्यसपछि सोमबार २०० रुपैयाँले घटेको मूल्य मंगलबार ४०० रुपैयाँले बढेको थियो। बुधबार मूल्य स्थिर रहेको थियो भने बिहीबार २०० रुपैयाँ र शुक्रबार २ हजार १०० रुपैयाँले घटेको थियो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ३ लाख १ हजार ९०० रुपैयाँ कायम भएको छ।

यता, चाँदीको मूल्य पनि बढेको छ। आज चाँदीको मूल्य प्रतितोला २० रुपैयाँले वृद्धि भई ४ हजार ९२५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

उल्लेखनीय रूपमा, गत माघ १५ गते सुन र चाँदीको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको थियो। त्यस दिन सुन प्रतितोला ३ लाख ३९ हजार ३०० रुपैयाँ तथा चाँदी प्रतितोला ७ हजार ५०५ रुपैयाँमा कारोबार भएको थियो।

  • ताजा अपढेट

    नेपाली बजारमा सुनचाँदीको मूल्य घट्यो, सुन तोलामा ४ हजार ५०० रुपैयाँले सस्तो

    काठमाडौं / नेपाली बजारमा मंगलबार सुन तथा चाँदी दुवैको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ४ हजार ५०० रुपैयाँले घटेर २ लाख…

    Read more

    Continue reading
    आज सुनको भाउ तोलामा २,८०० रुपैयाँ बढ्यो

    काठमाडौं / आज सुनको भाउ तोलामा २ हजार ८ सय रुपैयाँले वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको भाउ प्रतितोला २ लाख ४२ हजार ३ सय रुपैयाँ निर्धारण…

    Read more

    Continue reading

    जवाफ लेख्नुहोस्

    तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

    भखरै

    त्रिकालदर्शन डटकमको आधिकारिक दर्ता: विष्णु वाग्लेद्वारा खुसी व्यक्त

    त्रिकालदर्शन डटकमको आधिकारिक दर्ता: विष्णु वाग्लेद्वारा खुसी व्यक्त

    आज विजयादशमी, टीकाको उत्तम साइत बिहान १०:२६ बजे

    आज विजयादशमी, टीकाको उत्तम साइत बिहान १०:२६ बजे

    काठमाडौंको त्यो दसैँ : जब राजधानी नै दुर्गम बन्यो

    काठमाडौंको त्यो दसैँ : जब राजधानी नै दुर्गम बन्यो

    नेपाली कांग्रेस : पुस्तान्तरण, नेतृत्व परिवर्तन र नयाँ सम्भावनाको बाटो

    नेपाली कांग्रेस : पुस्तान्तरण, नेतृत्व परिवर्तन र नयाँ सम्भावनाको बाटो

    देवीदेवताको नाममा पशुबलि : समाजले कहिले सोच्ने?

    देवीदेवताको नाममा पशुबलि : समाजले कहिले सोच्ने?

    बलि होइन, जीवन रोजौँ : प्रणामी युवाको अहिंसाको अभियान

    बलि होइन, जीवन रोजौँ : प्रणामी युवाको अहिंसाको अभियान