काठमाडौं / नेपाली बजारमा मंगलबार सुन तथा चाँदी दुवैको मूल्यमा गिरावट आएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ४ हजार ५०० रुपैयाँले घटेर २ लाख ७७ हजार ९०० रुपैयाँ कायम भएको छ। सोमबार यही सुन प्रतितोला २ लाख ८२ हजार ४०० रुपैयाँ मा कारोबार भएको थियो।
त्यसैगरी, चाँदीको मूल्य पनि घटेको छ। महासङ्घका अनुसार आज चाँदीको मूल्य प्रतितोला २५ रुपैयाँले घटेर ४ हजार २८५ रुपैयाँ कायम भएको छ। सोमबार चाँदी प्रतितोला ४ हजार ३१० रुपैयाँ मा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा आएको उतारचढावको प्रभाव नेपाली बजारमा समेत परेको व्यवसायीहरूले बताएका छन्।







