श्रीकृष्ण प्रणामी युवा परिषद्को ३६औँ स्थापना दिवसमा ‘प्रणामी कप’ फुटबल सम्पन्न

हेटौँडा / श्रीकृष्ण प्रणामी युवा परिषद् संस्थाको ३६औँ स्थापना दिवसको अवसरमा आयोजना गरिएको अन्तर–प्रास स्तरीय ‘प्रणामी कप’ फुटबल प्रतियोगिता २०८१ माघ १६ गते भव्य रूपमा सम्पन्न भएको छ।

मकवानपुर जिल्लाभर छरिएर रहेका प्रणामी युवाहरूलाई धर्म, संस्कृति तथा सामाजिक क्रियाकलापमार्फत एकतामा बाँध्ने उद्देश्यले आयोजना गरिएको उक्त प्रतियोगिताले आपसी सद्भाव, भाइचारा र सामाजिक एकतालाई थप मजबुत बनाएको आयोजकले जनाएको छ। प्रतियोगितामा विभिन्न प्रासहरूबाट ७ वटा टिमको सहभागिता रहेको थियो।

कार्यक्रम संयोजक तथा जिल्ला सह-कोषाध्यक्ष अजय सापकोटाको सक्रिय समन्वय तथा नेतृत्वमा सम्पन्न प्रतियोगितामा प्रास गौरिटारले उत्कृष्ट प्रदर्शन गर्दै उपाधि हात पारेको छ भने प्रास गुरुधाम उपविजेता बनेको छ। विजेता टिमलाई नगद रु. २२,००० सहित शिल्ड प्रदान गरिएको थियो भने उपविजेता टिमलाई नगद रु. ११,०००, शिल्ड तथा मेडल प्रदान गरिएको संस्थाका जिल्ला सचिव राजेश वाग्लेले जानकारी दिनुभयो।

यस प्रतियोगितामा उत्कृष्ट व्यक्तिगत प्रदर्शन गर्ने खेलाडीहरूलाई विशेष सम्मान समेत गरिएको छ। Best Defence तर्फ किरण चौलागाइँ, Best Forward तर्फ जगदीश न्यौपाने, Best Goalkeeper तर्फ नवराज ढकाल तथा Best Player तर्फ आवाश खतिवडा छनोट भएका छन्। उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई आयोजक संस्थाले विशेष सम्मानसहित मेडल प्रदान गरेको जनाएको छ।

कार्यक्रमका प्रमुख अतिथि हेटौँडा उपमहानगरपालिका वडा नं. १७ का वडाध्यक्ष उद्दव सत्यालले यस्ता खेलकुद गतिविधिले समाजलाई एकतामा बाँध्न महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै भविष्यमा पनि यस्ता कार्यक्रमहरूलाई निरन्तर सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।

त्यसैगरी, संस्थाका अध्यक्ष सुजन तिमल्सिनाले आफ्नो कार्यकालमा यस अभियानलाई सफल, सभ्य तथा भव्य बनाउन सहयोग पुर्‍याउने सम्पूर्ण अग्रज समाजसेवी, बुद्धिजीवी तथा युवाप्रति हार्दिक धन्यवाद ज्ञापन गर्नुभयो।

  • ताजा अपढेट

    ११औँ प्रणामी कप फुटसल असोज २४–२५ मा, इमाडोलमा हुँदैछ

    ललितपुर , २०८३ असोज २१ / श्रीकृष्ण प्रणामी युवा परिषद् नेपालको बागमती प्रदेश, ललितपुर जिल्ला समिति अन्तर्गत इमाडोल प्रारम्भिक समितिको आयोजनामा ११औँ राष्ट्रव्यापी प्रणामी कप फुटसल प्रतियोगिता–२०८३ आयोजना हुने भएको…

    Read more

    Continue reading
    महेन्द्र आदर्श स्कुललाई चौथो लायन्स कप गर्ल्स फुटसलको उपाधि

    सचिन्द्र महर्जन  ललितपुर /  चौथो लायन्स कप गर्ल्स फुटसल प्रतियोगिताको उपाधि महेन्द्र आदर्श स्कुलले जित्न सफल भएको छ। लायन्स क्लब अफ ललितपुर रोयल फ्रेन्डसद्वारा आयोजना गरिएको सो फुटसल प्रतियोगिताको फाइनल…

    Read more

    Continue reading

    जवाफ लेख्नुहोस्

    तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

    भखरै

    त्रिकालदर्शन डटकमको आधिकारिक दर्ता: विष्णु वाग्लेद्वारा खुसी व्यक्त

    त्रिकालदर्शन डटकमको आधिकारिक दर्ता: विष्णु वाग्लेद्वारा खुसी व्यक्त

    आज विजयादशमी, टीकाको उत्तम साइत बिहान १०:२६ बजे

    आज विजयादशमी, टीकाको उत्तम साइत बिहान १०:२६ बजे

    काठमाडौंको त्यो दसैँ : जब राजधानी नै दुर्गम बन्यो

    काठमाडौंको त्यो दसैँ : जब राजधानी नै दुर्गम बन्यो

    नेपाली कांग्रेस : पुस्तान्तरण, नेतृत्व परिवर्तन र नयाँ सम्भावनाको बाटो

    नेपाली कांग्रेस : पुस्तान्तरण, नेतृत्व परिवर्तन र नयाँ सम्भावनाको बाटो

    देवीदेवताको नाममा पशुबलि : समाजले कहिले सोच्ने?

    देवीदेवताको नाममा पशुबलि : समाजले कहिले सोच्ने?

    बलि होइन, जीवन रोजौँ : प्रणामी युवाको अहिंसाको अभियान

    बलि होइन, जीवन रोजौँ : प्रणामी युवाको अहिंसाको अभियान