महेन्द्र आदर्श स्कुललाई चौथो लायन्स कप गर्ल्स फुटसलको उपाधि

सचिन्द्र महर्जन 

ललितपुर /  चौथो लायन्स कप गर्ल्स फुटसल प्रतियोगिताको उपाधि महेन्द्र आदर्श स्कुलले जित्न सफल भएको छ। लायन्स क्लब अफ ललितपुर रोयल फ्रेन्डसद्वारा आयोजना गरिएको सो फुटसल प्रतियोगिताको फाइनल खेलमा महेन्द्र आदर्श स्कुलले महालक्ष्मी स्कुललाई पेनाल्टी सुटआउटमा हराउँदै उपाधि चुमेको हो। निर्धारित समयमा दुवै टोलीबीचको खेल गोलरहित बराबरीमा टुंगिएको थियो।

कुल १७ वटा विद्यालयहरूले सहभागिता जनाएको सो प्रतियोगितामा भ्याली पब्लिक स्कुल तेस्रो र बिश्वामित्र गणेश माध्यमिक विद्यालय चौथो स्थानमा रहेका थिए।

कात्तिक २४ गतेदेखि सुरु भई २६ गते सम्पन्न भएको प्रतियोगितामा महेन्द्र आदर्शकी करीना तामाङ सर्वोत्कृष्ट खेलाडी घोषित भइन् भने मिन्जल लामा उच्च गोलकर्ताको उपाधि जित्न सफल भइन्।

विजेता विद्यालय तथा खेलाडीहरूलाई प्रमुख अतिथि महालक्ष्मी नगरपालिकाकी उप–प्रमुख लक्ष्मी महर्जन, लायन्स क्लबका डिस्ट्रीक्ट गभर्नर लायन महेश आचार्य, लायन्स क्लब अफ ललितपुर रोयल फ्रेन्डसकी अध्यक्ष सृष्टि बज्राचार्य, र डिस्ट्रीक्ट चिफ स्पोर्ट्स तथा रोड सेफ्टी प्रमुख लायन दिप्रश शाक्यले ट्रफी, मेडल, प्रमाणपत्रका साथै केड कम्पनी द्वारा प्रदान गरिएका स्कुल ब्याग, स्टेशनरी र अन्य सामग्री वितरण गरेका थिए।

फाइनल खेलमा विशेष अतिथिका रूपमा लायन्स क्लबका प्रथम भाइस डिस्ट्रीक्ट गभर्नर लायन योगराज कडेल शर्मा, जोन चेयरपर्सन लायन बिनोद गौचन, प्रोग्राम कोअर्डिनेटर लायन सरु महर्जन लगायत लायन्स क्लब अफ ललितपुर रोयलका पदाधिकारी र सदस्यहरूको उपस्थिति रहेको थियो।

महिलाहरूलाई खेलकुदमा सहभागी गराई उनीहरूमा निहित क्षमता उजागर गर्ने तथा महिला सशक्तीकरणमा योगदान पुर्‍याउने उद्देश्यले लायन्स क्लब अफ ललितपुर रोयल फ्रेन्डसले हरेक वर्ष यस किसिमको प्रतियोगिता आयोजना गर्दै आएको जनाएको छ।

  • ताजा अपढेट

    श्रीकृष्ण प्रणामी युवा परिषद्को ३६औँ स्थापना दिवसमा ‘प्रणामी कप’ फुटबल सम्पन्न

    हेटौँडा / श्रीकृष्ण प्रणामी युवा परिषद् संस्थाको ३६औँ स्थापना दिवसको अवसरमा आयोजना गरिएको अन्तर–प्रास स्तरीय ‘प्रणामी कप’ फुटबल प्रतियोगिता २०८१ माघ १६ गते भव्य रूपमा सम्पन्न भएको छ। मकवानपुर जिल्लाभर…

    Read more

    Continue reading
    नेप्से नेतृत्वले बिचौलियाका एजेन्डामा काम गरेको भन्दै राजीनामा माग, कर्मचारी आन्दोलित – Copy – Copy

    ८ असोज, काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अध्यक्ष हेमन्त बस्याल र प्रमुख कार्यकारी अधिकृत चुडामणि चापागाईंले बिचौलियाका एजेन्डा अनुसार काम गरेको आरोप लगाउँदै कर्मचारी आन्दोलनमा उत्रिएका छन् । नेप्सेको…

    Read more

    Continue reading

    जवाफ लेख्नुहोस्

    तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

    भखरै

    सद्गुरुको महिमा र गुरु पूर्णिमाको आध्यात्मिक सन्देश

    सद्गुरुको महिमा र गुरु पूर्णिमाको आध्यात्मिक सन्देश

    गुरु पूर्णिमाको अवसरमा नवतनधाममा विशेष कार्यक्रम आयोजना हुँदै

    गुरु पूर्णिमाको अवसरमा नवतनधाममा विशेष कार्यक्रम आयोजना हुँदै

    सिन्धुलीमा श्रावण १८ देखि २४ सम्म ‘श्रीमद् वीतक चर्चा एवं श्रीकृष्ण कथा–२०८३’ आयोजना हुँदै

    सिन्धुलीमा श्रावण १८ देखि २४ सम्म ‘श्रीमद् वीतक चर्चा एवं श्रीकृष्ण कथा–२०८३’ आयोजना हुँदै

    श्रीकृष्ण प्रणामी मन्दिर बनेपामा श्रीमदवितक चर्चा तथा श्रीकृष्ण कथा आयोजना हुँदै

    श्रीकृष्ण प्रणामी मन्दिर बनेपामा श्रीमदवितक चर्चा तथा श्रीकृष्ण कथा आयोजना हुँदै

    के छ तयारी ? :- सुधारस तिमल्सिना

    के छ तयारी ? :- सुधारस तिमल्सिना

    महालक्ष्मी–६ मा दूरसञ्चारको तार चोरी गर्ने दुईमध्ये एक पक्राउ, एक फरार

    महालक्ष्मी–६ मा दूरसञ्चारको तार चोरी गर्ने दुईमध्ये एक पक्राउ, एक फरार