त्रिकालदर्शन डट कमको शुभारम्भको अवसरमा हार्दिक मंगलमय शुभकामना

बेथानचोक / काभ्रेपलाञ्चोक जिल्लाको साविक ढुंखर्क गाविस–१, हाल बेथानचोक गाउँपालिका–३ बाट सञ्चालित बेथानचोककै पहिलो अनलाइन मिडिया त्रिकालदर्शन डट कम को शुभारम्भको अवसरमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्न पाउँदा अत्यन्तै हर्षित भएको छु।

त्रिकालदर्शन डट कमका सञ्चालक प्रिय् भाइ सन्तोष बजगाई तथा सम्पादकका रूपमा धार्मिक व्यक्तित्व, परम आदरणीय गुरुजी श्री ध्रुवराज शास्त्रीज्यू रहनुभएको सुखद खबरले मलाई थप हर्षित र उत्साहित बनाएको छ। सञ्चार र पत्रकारिताको माध्यमबाट समाजलाई सत्य, तथ्य र सकारात्मक सन्देश प्रवाह गर्ने अभियानमा धार्मिक व्यक्तित्वको मार्गदर्शन र युवाको सक्रिय नेतृत्व जोडिनु आफैँमा सुखद पक्ष हो।

सत्य, तथ्य र निष्पक्ष पत्रकारितालाई मूलमन्त्रका रूपमा आत्मसात् गर्दै जनताको सुख–दुःखको आवाज बन्ने, समाजका वास्तविक विषयवस्तुलाई उजागर गर्ने र विश्वसनीय समाचार सम्प्रेषण गर्ने माध्यमका रूपमा त्रिकालदर्शन डट कम स्थापित हुनेछ भन्ने पूर्ण विश्वास लिएको छु।

यस अनलाइन मिडियाले पत्रकारिताको क्षेत्रमा निरन्तर प्रगति गर्दै जनताको विश्वास जित्न, समाजमा सकारात्मक परिवर्तन ल्याउन तथा बेथानचोकको पहिचानलाई राष्ट्रिय स्तरसम्म पुर्‍याउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्न सकोस्। सञ्चालक सन्तोष बजगाई, सम्पादक श्री ध्रुव प्रसाद न्यौपाने ज्यूलगायत सम्पूर्ण टिमलाई सफलताको हार्दिक शुभकामना व्यक्त गर्दछु।

त्रिकालदर्शन डट कमको उज्ज्वल भविष्यको कामना!

मछिन्द्र कुमार लामा

बेथानचोक, काभ्रेपलाञ्चोक

  • ताजा अपढेट

    त्रिकालदर्शन डटकमको आधिकारिक दर्ता: विष्णु वाग्लेद्वारा खुसी व्यक्त

    त्रिकालदर्शन मिडिया प्रा.लि.द्वारा सञ्चालित त्रिकालदर्शन डटकम आधिकारिक रूपमा सूचना तथा प्रसारण विभागमा दर्ता भएको सुखद खबर प्राप्त हुँदा म अत्यन्तै हर्षित भएको छु। यस महत्वपूर्ण उपलब्धिका लागि त्रिकालदर्शन डटकमका सम्पादक,…

    Read more

    Continue reading
    काठमाडौंको त्यो दसैँ : जब राजधानी नै दुर्गम बन्यो

    कुरा २०७० साल असोजको हो। दिन ठ्याक्कै विजयादशमीको टीकाकै थियो। मेरो यात्रा नारायणगढदेखि काठमाडौंसम्मको थियो। काठमाडौं! देशको राजधानी। सुविधा, अवसर र आधुनिकताको केन्द्र। जहाँ पुगेपछि सबै कुरा सहज हुन्छ भन्ने…

    Read more

    Continue reading

    जवाफ लेख्नुहोस्

    तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

    भखरै

    त्रिकालदर्शन डटकमको आधिकारिक दर्ता: विष्णु वाग्लेद्वारा खुसी व्यक्त

    त्रिकालदर्शन डटकमको आधिकारिक दर्ता: विष्णु वाग्लेद्वारा खुसी व्यक्त

    आज विजयादशमी, टीकाको उत्तम साइत बिहान १०:२६ बजे

    आज विजयादशमी, टीकाको उत्तम साइत बिहान १०:२६ बजे

    काठमाडौंको त्यो दसैँ : जब राजधानी नै दुर्गम बन्यो

    काठमाडौंको त्यो दसैँ : जब राजधानी नै दुर्गम बन्यो

    नेपाली कांग्रेस : पुस्तान्तरण, नेतृत्व परिवर्तन र नयाँ सम्भावनाको बाटो

    नेपाली कांग्रेस : पुस्तान्तरण, नेतृत्व परिवर्तन र नयाँ सम्भावनाको बाटो

    देवीदेवताको नाममा पशुबलि : समाजले कहिले सोच्ने?

    देवीदेवताको नाममा पशुबलि : समाजले कहिले सोच्ने?

    बलि होइन, जीवन रोजौँ : प्रणामी युवाको अहिंसाको अभियान

    बलि होइन, जीवन रोजौँ : प्रणामी युवाको अहिंसाको अभियान