१३औँ राष्ट्रिय पोशाक तथा अन्तर्राष्ट्रिय टोपी दिवस भव्य रूपमा मनाइने

काठमाडौँ / कला, साहित्य, संस्कृति र इतिहासको पहिचान तथा राष्ट्रिय पोशाक, राष्ट्रिय झण्डा र विभूतिको संरक्षण गर्ने उद्देश्यका साथ १३औँ राष्ट्रिय पोशाक तथा अन्तर्राष्ट्रिय टोपी दिवस आयोजना गरिने भएको छ।

राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालको आयोजनामा कार्यक्रम २०८२ साल पौष १७ गते बिहीबार (January 01, 2026) काठमाडौँको भृकुटीमण्डपस्थित पर्यटन बोर्डको सभाहलमा बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सञ्चालन हुनेछ।

कार्यक्रममा नेपाली मौलिक पोशाक, ढाका टोपी र राष्ट्रिय पहिचान झल्किने सांस्कृतिक प्रस्तुति रहने आयोजकले जनाएको छ। राष्ट्रिय पोशाक र टोपी नेपाली पहिचान, स्वाभिमान र संस्कृतिको प्रतीक भएकाले यसको संरक्षण र प्रवर्द्धन आवश्यक रहेको बताइएको छ।

यस सम्बन्धमा जानकारी दिँदै राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालकी आजीवन सदस्य तथा अभियान्ता इरिना तिमल्सिनाले राष्ट्रिय पोशाक र टोपीको महत्व नयाँ पुस्तासम्म पुर्‍याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताउनुभयो। उहाँका अनुसार यस्ता कार्यक्रमहरूले नेपाली संस्कृति र मौलिक पहिचानलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन महत्वपूर्ण भूमिका खेल्नेछ।

कार्यक्रममा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्व, कलाकार, संस्कृतिकर्मी, युवा तथा सर्वसाधारणको उल्लेख्य सहभागिता रहने अपेक्षा गरिएको छ।

  • ताजा अपढेट

    श्रीकृष्ण प्रणामी युवा परिषद् बनेपा प्रासद्वारा जन्माष्टमीमा रक्तदान, ३६ जनाले दिए जीवनदान

    काभ्रेपलाञ्चोक, भाद्र २० / श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, काभ्रेपलाञ्चोक जिल्ला अन्तर्गत रहेको प्रारम्भिक समिति बनेपाको आयोजनामा श्रीकृष्ण जन्माष्टमीको पावन अवसरमा विशेष रक्तदान कार्यक्रम सम्पन्न भएको छ। “रक्तदान जीवनदान हो,…

    Read more

    Continue reading
    विपद्का पीडितको सहारामा प्रणामी व्यवसाय संघ, ८० हजार १०० रुपैयाँ राहत कोषमा

    मकवानपुर , भाद्र १९ / रसुवा जिल्लामा यही भदौ १० गते भोटेकोशी नदीमा आएको आकस्मिक बाढी तथा विभिन्न स्थानमा गएको पहिरोका कारण भएको ठूलो जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै प्रणामी…

    Read more

    Continue reading

    जवाफ लेख्नुहोस्

    तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

    भखरै

    श्रीकृष्ण प्रणामी युवा परिषद् बनेपा प्रासद्वारा जन्माष्टमीमा रक्तदान, ३६ जनाले दिए जीवनदान

    श्रीकृष्ण प्रणामी युवा परिषद् बनेपा प्रासद्वारा जन्माष्टमीमा रक्तदान, ३६ जनाले दिए जीवनदान

    विपद्का पीडितको सहारामा प्रणामी व्यवसाय संघ, ८० हजार १०० रुपैयाँ राहत कोषमा

    विपद्का पीडितको सहारामा प्रणामी व्यवसाय संघ, ८० हजार १०० रुपैयाँ राहत कोषमा

    ‘छैन केही पिर चिन्ता’ सार्वजनिक, दर्शकको मायाको प्रतीक्षामा रिहान शंकर

    ‘छैन केही पिर चिन्ता’ सार्वजनिक, दर्शकको मायाको प्रतीक्षामा रिहान शंकर

    देखिने प्रगति र नदेखिने समृद्धि

    देखिने प्रगति र नदेखिने समृद्धि

    ‘विकासको आधार तयार, समृद्ध बेथानचोकको सपना’

    ‘विकासको आधार तयार, समृद्ध बेथानचोकको सपना’

    झापाको भद्रपुरमा आजबाट श्रीमद् बीतक चर्चा एवं श्रीकृष्ण कथा आयोजना हुँदै

    झापाको भद्रपुरमा आजबाट श्रीमद् बीतक चर्चा एवं श्रीकृष्ण कथा आयोजना हुँदै