आइतबारदेखि निरन्तर घट्दै सुन–चाँदीको मूल्य

Bytrikaldarshan

२०८२ कार्तिक १०, सोमबार ११:१४ २०८२ कार्तिक १०, सोमबार ११:१४ २०८२ कार्तिक १०, सोमबार ११:१४

काठमाडौं । आइतबारदेखि घट्न थालेको सुनको मूल्यमा आज (सोमबार) पनि गिरावट जारी रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला ११ हजार ६ सय रुपैयाँले घटेको सुनको मूल्य आज फेरि दुई हजार रुपैयाँले घट्दै २ लाख ३९ हजार ९ सय रुपैयाँमा स्थिर भएको छ।

दशैंपछि लगातार उकालो लाग्दै गएको सुनको मूल्य हाल भने क्रमिक रूपमा घट्न थालेको छ। सुनको मूल्यमा आएको यो कमीले बजारमा केही स्थिरता आउने अपेक्षा व्यापारीहरूले व्यक्त गरेका छन्।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको महासंघले जनाएको छ। आइतबार प्रतितोला २६५ रुपैयाँले घटेर ३ हजार १५ रुपैयाँमा पुगेको चाँदी आज थप ३५ रुपैयाँले घट्दै २ हजार ९८० रुपैयाँमा कारोबार भइरहेको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ