त्रिकालदर्शन

धार्मिक समाचार

आध्यात्मिक चेतनाको नवजागरण : श्रीकृष्ण प्रणामी प्रशिक्षण समगोष्ठी २०८२ आरम्भ

बारा / श्रीकृष्ण प्रणामी धर्म तथा निजानन्द सम्प्रदायका प्रकाण्ड विद्वान साहित्यचार्य श्रीजनार्दन गुरुदेवजी तथा विदुषी माताजी श्रीउषा घिमिरेज्यूले विगत १६ वर्षदेखि निरन्तर रूपमा श्रीकृष्ण प्रणामी आध्यात्मिक प्रशिक्षण कार्यक्रमहरू आयोजना तथा सञ्चालन गर्दै आइरहनुभएको सर्वविदित छ । वास्तवमा यो युगल जोडीले श्रीकृष्ण प्रणामी निजानन्द सम्प्रदायको प्रचार–प्रसार र आध्यात्मिक उत्थानमा पुर्‍याउनुभएको योगदान अतुलनीय छ।

हरेक वर्ष विद्यार्थीहरूको शैक्षिक अवकाश अर्थात विद्यालय बिदाको समयमा वर्षमा दुईदेखि तीनवटा प्रशिक्षण तथा समगोष्ठी कार्यक्रम आयोजना गर्दैरहने परम्परा अनुसार, यस वर्ष पनि २०८२ सालको दोस्रो प्रशिक्षण समगोष्ठी कार्यक्रम यही मिति २०८२ आश्विन २७ गतेदेखि कार्तिक २ गतेसम्म सञ्चालन भइरहेकाे छ।

यही क्रममा श्रीकृष्ण प्रणामी युवा जागरण शिविर, श्रीकृष्ण प्रणामी आध्यात्मिक प्रशिक्षण कार्यक्रमअन्तर्गत, **श्रीकृष्ण प्रणामी मन्दिर बाबाजी “लक्ष्मीधाम”**को तत्वावधानमा श्री मेहेरसागर आश्रम कृपासिन्धु गुरुकुल, शुक्लैयामा आजदेखि भव्य रूपमा प्रारम्भ भएको छ।

यस कार्यक्रमका प्रशिक्षकका रूपमा साहित्याचार्य जनार्दन गुरुदेवजी, विदुषी माताजी उषा घिमिरेज्यू, र प्रचारिका उषारती प्रियाजी रहनुभएको छ।

आज सम्पन्न उद्घाटन सत्रमा अतिथिका रूपमा पाल्नुहुने महानुभावहरू यसप्रकार रहनुभएको थियो —

श्रीकृष्ण प्रणामी सेवा समिति नेपाल, बारा–पर्सा जिल्ला अध्यक्ष : अर्जुनप्रसाद घिमिरेज्यू

श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, बारा जिल्ला अध्यक्ष : मोहनप्रसाद सापकोटाज्यू

श्रीकृष्ण प्रणामी बाइजुराज महिला समिति, बारा–पर्सा अध्यक्ष : मन्दिरा उप्रेतीज्यू

श्रीकृष्ण प्रणामी मन्दिर सिमरा औराहा सञ्चालक समिति अध्यक्ष : मधुसुदन सिटौलाज्यू

श्रीकृष्ण प्रणामी बाइजुराज महिला समिति, सिमरा अध्यक्ष : गोपीनी घिमिरेज्यू

श्रीकृष्ण प्रणामी युवा परिषद् प्रारम्भिक समिति, सिमरा अध्यक्ष : जीवन खतिवडाज्यू

श्रीकृष्ण प्रणामी सेवा समिति, मधेस प्रदेश सचिव : दिपक सापकोटाज्यू

श्रीकृष्ण प्रणामी मन्दिर सिमरा औराहा सञ्चालक समिति कोषाध्यक्ष : राधेश्याम श्रेष्ठज्यू

श्रीकृष्ण प्रणामी मन्दिर सिमरा औराहा सञ्चालक समिति सचिव : श्यामकृष्ण श्रेष्ठज्यू

श्रीकृष्ण प्रणामी मन्दिर सिमरा औराहा सञ्चालक समिति सदस्य : दिपेश सापकोटाज्यू

श्रीकृष्ण प्रणामी मन्दिर निजगढ सडक टोल, प्रणामी नगर सञ्चालक समिति अध्यक्ष : यादवकुमार तिमल्सिनाज्यू

श्रीकृष्ण प्रणामी मन्दिर निजगढ सडक टोल, प्रणामी नगर सञ्चालक समिति सचिव : प्रकाशप्रसाद सापकोटाज्यू

त्यसैगरी अन्य विशिष्ट महानुभावहरूको पनि उपस्थितिले कार्यक्रमलाई अझ धेरै गरिमा बढाएको थियो।

उद्घाटन सत्रमा बोल्ने क्रममा सबै वक्ताहरूले मेहेरसागर कृपासिन्धु गुरुकुलले गरेको यस कार्यको उच्च प्रशंसा गर्दै, युवा जागरण, आध्यात्मिक चिन्तन र धर्मप्रवर्द्धनको क्षेत्रमा यो कार्यक्रम अतुलनीय रहेको उल्लेख गर्नुभयो। उहाँहरूले भन्नुभयो — “धर्मको विकास र विस्तारमा भइरहेको यस्तो कार्यक्रमको तुलना कुनै पनि कार्यक्रमसँग गर्न सकिँदैन।”

कार्यक्रम श्रद्धा, भक्ति , प्रेम र अनुशासनको उत्कृष्ट समिश्रणका रूपमा आजदेखि प्रारम्भ भई कार्तिक २ गतेसम्म निरन्तर रूपमा सञ्चालन हुनेछ