श्रीकृष्ण प्रणामी धर्मको ऐतिहासिक पृथ्वी परिक्रमा यही कात्तिक १९ गते हुने

ललितपुर / श्रीकृष्ण प्रणामी धर्मअन्तर्गत ललितपुरस्थित श्रीकृष्ण प्रणामी मन्दिर हरिसिद्धि र श्रीकृष्ण प्रणामी युवा परिषद नेपाल प्रारम्भिक समिति हरिसिद्धिले विगत केही वर्षदेखि निरन्तर रूपमा आयोजना गर्दै आएको पृथ्वी परिक्रमा शोभा यात्रा कार्यक्रम यस वर्षदेखि राष्ट्रिय स्तरमा मनाइने भएको छ। श्रीकृष्ण प्रणामी सेवा समिति नेपालको केन्द्रीय समितिको निर्णयअनुसार सेवा समिति, युवा परिषद र बाजुराज समितिको संयुक्त आयोजनामा यो वर्षको पवित्र पृथ्वी परिक्रमा शोभा यात्रा २०८२ साल कात्तिक शुक्ल पूर्णिमा अर्थात् कात्तिक १९ गते आयोजना गरिने भएको हो।

यस अवसरमा श्रीकृष्ण प्रणामी मन्दिर हरिसिद्धिबाट कलात्मक रथ तयार गरी बिहान ७ बजे श्री नवतनधाम ल्याइनेछ। त्यहाँ आरती सम्पन्न गरी बाजागाजा, विविध झाँकी र भव्य शोभा यात्रासहित श्रीपशुपतिनाथ मन्दिर दर्शन हुँदै कोणसभा, जोरपाटी मार्ग हुँदै पुनः केन्द्रीयधाम श्री नवतनधाममा यात्रा समापन गरिनेछ। विगत वर्षमा जस्तै यस वर्ष पनि देशका विभिन्न स्थानबाट करिब पाँच हजारभन्दा बढी भक्त सुन्दरसाथहरूको उपस्थितिमा कार्यक्रम भव्य रूपमा सम्पन्न हुने अपेक्षा गरिएको छ।

वैदिक सनातन हिन्दू धर्मशास्त्र अनुसार भगवान् शिव र माता पार्वतीका पुत्र गणेश र कुमारबीच यज्ञादि कार्यमा कसको पूजा पहिला गर्ने भन्ने विषयमा उत्पन्न भएको विवादपछि माता पार्वतीले प्रस्ताव राखेकी थिइन् – जो पुत्रले सबैभन्दा छिटो पृथ्वीको परिक्रमा गर्छ, ऊ नै श्रेष्ठ ठहरिनेछ। त्यसपछि कुमार पृथ्वीको परिक्रमा गर्न निस्किए भने गणेशले माता-पिता नै सम्पूर्ण सृष्टिको मूल स्रोत हुन् भनी उनीहरुकै प्रदक्षिणा गरे। जब दुवै फर्किए, शिव-पार्वतीले गणेशको बुद्धि र श्रद्धालाई उच्च मानेर उनलाई विजयको प्रतीक बनाइदिए। त्यसै घटनालाई सम्झँदै कार्तिक शुक्ल पूर्णिमाको तिथिलाई पृथ्वी परिक्रमा गर्ने पवित्र दिवसका रूपमा मान्यता दिइएको हो।

श्री निजानन्द सम्प्रदाय अन्तर्गत श्रीकृष्ण प्रणामी धर्ममा यस दिवससँग ऐतिहासिक र आध्यात्मिक सन्दर्भ जोडिएको पाइन्छ। इतिहास अनुसार महामति श्री प्राणनाथजी धर्मजागरणको अभियानसहित बि.सं. १७४० तिर भारतको पन्ना सहरमा पुग्नुभएको थियो। त्यहाँ उहाँको भेट मुगल शासक औरंगजेवको अत्याचारविरुद्ध संघर्षरत वीर छत्रशालसँग भएको थियो। महामतिजीले उनलाई आफ्नो परम शिष्य स्वीकार गरी विजयादशमीको दिन खिजडा मन्दिरमा आयोजित समारोहमा पानको विडो र तरवार प्रदान गर्दै महाराजको उपाधि दिएका थिए। त्यसै आशिर्वादको प्रतापले महाराजा छत्रशालले मुगल सेनालाई ५२ पटक पराजित गर्दै बुंदेलखण्ड राज्यको स्थापना गरी हिन्दू धर्मको रक्षा गर्नुभएको उल्लेख पाइन्छ।

श्रीकृष्ण प्रणामी धर्मका अनुसार पृथ्वी परिक्रमा केवल एक धार्मिक परम्परा नभई आत्मशुद्धि, श्रद्धा र विश्वएकताको प्रतीक हो। यस दिवसले सत्य, प्रेम र सहअस्तित्वको सन्देश फैलाउने कार्य गर्दछ। यही उद्देश्यका साथ श्रीकृष्ण प्रणामी सेवा समिति, युवा परिषद नेपाल र बाजुराज समितिले सम्पूर्ण सुन्दरसाथ, गुरुजन, आमादिदी तथा दाजुभाइहरूलाई भक्तिभावपूर्वक सहभागिता जनाई श्रीराजजीको दिव्य कृपाको अनुभूति गर्न हार्दिक निमन्त्रणा गरेको छ।

  • ताजा अपढेट

    झापाको भद्रपुरमा आजबाट श्रीमद् बीतक चर्चा एवं श्रीकृष्ण कथा आयोजना हुँदै

    झापा श्रावण १८ / झापाको भद्रपुर नगरपालिका–९, प्रणामीनगरस्थित श्रीकृष्ण प्रणामी मन्दिर, दुवागढी–चन्द्रगढीमा विगत वर्षहरूझैँ यस वर्ष पनि आज बाट श्रीमद् बीतक चर्चा एवं श्रीकृष्ण कथा आयोजना हुने भएको छ। वि.सं.…

    Read more

    Continue reading
    सद्गुरुको महिमा र गुरु पूर्णिमाको आध्यात्मिक सन्देश

    आज असार शुक्ल पुर्णिमा अर्थात गुरु पूर्णिमाको पावन अवसरमा आध्यात्मिक चिन्तन, वैदिक शास्त्र, ज्योतिष तथा धर्मदर्शनका गहन अध्येता एवं प्रेरणादायी वक्ता ज्योतिषीचार्य श्री ध्रुवराज शास्त्रीसँग सद्गुरुको महिमा, आत्मजागरण, श्रीकृष्ण प्रणामी…

    Read more

    Continue reading

    जवाफ लेख्नुहोस्

    तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

    भखरै

    श्रीकृष्ण प्रणामी युवा परिषद् बनेपा प्रासद्वारा जन्माष्टमीमा रक्तदान, ३६ जनाले दिए जीवनदान

    श्रीकृष्ण प्रणामी युवा परिषद् बनेपा प्रासद्वारा जन्माष्टमीमा रक्तदान, ३६ जनाले दिए जीवनदान

    विपद्का पीडितको सहारामा प्रणामी व्यवसाय संघ, ८० हजार १०० रुपैयाँ राहत कोषमा

    विपद्का पीडितको सहारामा प्रणामी व्यवसाय संघ, ८० हजार १०० रुपैयाँ राहत कोषमा

    ‘छैन केही पिर चिन्ता’ सार्वजनिक, दर्शकको मायाको प्रतीक्षामा रिहान शंकर

    ‘छैन केही पिर चिन्ता’ सार्वजनिक, दर्शकको मायाको प्रतीक्षामा रिहान शंकर

    देखिने प्रगति र नदेखिने समृद्धि

    देखिने प्रगति र नदेखिने समृद्धि

    ‘विकासको आधार तयार, समृद्ध बेथानचोकको सपना’

    ‘विकासको आधार तयार, समृद्ध बेथानचोकको सपना’

    झापाको भद्रपुरमा आजबाट श्रीमद् बीतक चर्चा एवं श्रीकृष्ण कथा आयोजना हुँदै

    झापाको भद्रपुरमा आजबाट श्रीमद् बीतक चर्चा एवं श्रीकृष्ण कथा आयोजना हुँदै