श्री ५ नवतनपुरीधामको आशीर्वादमा निजगढमा ‘श्रीकृष्ण प्रणामी धर्म महामहोत्सव–२०८२’आयोजना हुने

बारा / अपार हर्ष, उल्लास र भक्तिभावका साथ श्रीकृष्ण प्रणामी निजानन्द संप्रदायको आद्यधर्मपीठ श्री ५ नवतनपुरीधाम अन्तर्गतको ‘श्रीकृष्ण प्रणामी धर्म महामहोत्सव–२०८२’ निजगढमा भव्य रूपमा आयोजना हुन गइरहेको छ।
आगामी माघ २१ गतेदेखि २७ गतेसम्म (२०२६ फेब्रुअरी ४ देखि १० सम्म) निजगढ–६, प्रणामीनगरस्थित श्रीकृष्ण प्रणामी मन्दिर परिसरमा आयोजना हुने यो दिव्य आयोजनाले भक्तजनका हृदयमा आध्यात्मिक जागरण, भक्ति र आनन्दको नवीन आलोक फैलाउने विश्वास गरिएको छ।

पूर्णात्पूर्ण परब्रह्म परमात्मा श्रीकृष्णजीको अनुकम्पा तथा वर्तमान पीठाधीश जगद्गुरु निजानन्दाचार्य अनन्तश्री विभूषित कृष्णमणिजी महाराजश्रीको सत्प्रेरणा र सानिध्यमा सम्पन्न हुन गइरहेको यस महामहोत्सवमा धर्म, भक्ति र संस्कृतिको उज्यालो एकैसाथ झल्किनेछ। यस अवसरमा हुने प्रमुख कार्यक्रमहरूमा ‘श्रीमत्तारतम सागर १०८ पारायण’, ‘श्रीमद्भागवत सप्ताह ज्ञानमहायज्ञ’‘कलश अनावरण समारोह’ रहेका छन्। यी तीनवटै कार्यक्रमहरूले वैदिक दर्शन, आत्मज्ञान र श्रीकृष्ण तत्त्वको अमृतरस विश्वभर फैलाउने उद्देश्य बोकेको आयोजक समितिले जनाएको छ।

जागनीपीठ श्री ५ महामंगलपुरीधाम, सुरत (भारत) का जगद्गुरु आचार्य अनन्तश्री विभूषित सूर्यनारायणदासजी महाराजश्रीको गरिमामय उपस्थितिसहितको आशीर्वचन यस महोत्सवको आध्यात्मिक केन्द्रबिन्दु हुनेछ। साथै, श्री ५ पद्मावतीपुरीधामका प्रतिनिधि, विभिन्न परमहंस पीठका सन्त–महन्त, विद्वान् र विदुषीहरूको सानिध्यमा धर्म र अध्यात्मका गहिरा मर्म सुनिनेछन्।

श्रीमद्भागवत महापुराणको कथा महंत श्री १०८ सुधाकर महाराज (मंगलधाम, सिक्किम) बाट प्रवाहित हुनेछ भने श्रीमत्तारतम सागर ब्रह्मवाणी चर्चा मृदुभाषी माताजी उषा घिमिरे (मेहेरसागर कृपासिन्धु गुरुकुल, सिमरा) बाट संगीतमय रूपमा प्रस्तुत हुनेछ। यससहित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकारहरूले प्रस्तुत गर्ने भजन–कीर्तन, गरबा रास नृत्य र विविध सांस्कृतिक प्रस्तुतीहरूले सम्पूर्ण वातावरणलाई श्रीकृष्णमय बनाउनेछन्।

महामहोत्सवको समुचित संयोजनका लागि गठित ‘श्रीकृष्ण प्रणामी धर्म महामहोत्सव २०८२–१०८ पारायण एवं श्रीमद्भागवत महापुराण कथा ज्ञानयज्ञ तथा कलश अनावरण मूल समारोह समिति’ अन्तर्गतको जिम्मेवारी यसप्रकार तोकिएको छः

संयोजक: साहित्यचार्य जनार्दन महाराजजी (९८४९४७२२८९)
अध्यक्ष: यादव कुमार तिमल्सिना (९८५५०२३१६७)
महासचिव: प्रकाश प्रसाद सापकोटा
कोषाध्यक्ष: राजन प्रसाद तिमल्सिना
सन्त गुरुजन स्वागत संयोजक: श्री प्रहलादराज शास्त्री महाराज (९८४१०४९६६६)

व्रतबन्ध तथा लक्षवर्ति यज्ञ संयोजक: शास्त्री श्री ध्रुवराज न्यौपाने (काठमाडौं)९८५१०५३७७०
मञ्च संयोजक: शास्त्री श्री घनश्याम अधिकारीजी
१०८ पारायण संयोजक: शास्त्री श्री पुरुषोत्तम खतिवडाजी
१०८ ब्रह्ममुनि संयोजक: श्री नवीन कृष्ण शास्त्रीजी

निरीक्षकगण:
महंत श्री कुशल दास महाराजजी (आनन्दभूमि)
श्री गोपाल कृष्ण तिमल्सिना (अक्षरातीतधाम)
श्री श्यामसुन्दर शास्त्री महाराजजी (नवतनपुरीधाम)
पं. श्री घनश्याम ढकाल (गुरुधाम)
पं. श्री सुर्दशन सापकोटा (निजानन्दधाम)

१०८ पारायण मण्डप संयोजक: दाता प्रसाद दाहाल (निजानन्दधाम)

यो महामहोत्सव केवल एक धार्मिक आयोजना होइन; यो समाजमा धर्म, भक्ति र संस्कृतिको पुनर्जागरण ल्याउने एक महान् अभियान हो। पारायण, कथा र यज्ञका माध्यमबाट जीवनमा सेवा, सत्य, प्रेम र समभावको दीप प्रज्वलित हुनेछ। यस कार्यक्रमले धर्मप्रेमी मनहरूलाई आत्मज्ञानको मार्गमा डोर्याउने र समाजमा शान्ति, एकता र सह–अस्तित्वको सन्देश फैलाउनेछ।

निजगढको पवित्र भूमिमा आयोजना हुन गइरहेको यो दिव्य आयोजनाले सम्पूर्ण देशका भक्तजनहरूलाई एकै सूत्रमा बाँध्नेछ। श्रीकृष्णप्रेम र भक्ति–सेवाको सुरिलो स्वर गुञ्जिनेछ, र प्रत्येक आत्मा श्रीकृष्ण तत्त्वमा एकाकार हुनेछ।

देश–विदेशमा रहेका सम्पूर्ण भक्तजन, साधक र धर्मप्रेमीहरूलाई सपरिवार उपस्थित भई श्रीकृष्णप्रेम, भक्ति र आध्यात्मिक आनन्दको अनुभव गर्न आयोजक समितिले हार्दिक निमन्त्रण गरेको छ। श्री ५ नवतनपुरीधामको अमृत आशीर्वादले ओतप्रोत यो महोत्सव शान्ति, सेवा र सद्भावको उज्यालो फैलाउने दीपको रूपमा स्थापित हुनेछ।

यस आयोजनाले केवल हृदयमा श्रद्धा जगाउने छैन; यसले चेतनामा प्रेम, वचनमा मधुरता, कर्ममा सेवा र जीवनमा आध्यात्मिकता भर्नेछ। प्रत्येक सहभागी आत्मा श्रीकृष्ण तत्त्वको ज्योति सँगै जागृत हुनेछ, र “धर्ममा दृढता, सेवामा समर्पण र प्रेममा एकता” को अमर सन्देश हृदयमा अंकित हुनेछ।
“जहाँ भक्ति छ, त्यहाँ कृपा अवश्य हुन्छ; जहाँ कृपा छ, त्यहाँ जीवन सफल हुन्छ।”

  • ताजा अपढेट

    झापाको भद्रपुरमा आजबाट श्रीमद् बीतक चर्चा एवं श्रीकृष्ण कथा आयोजना हुँदै

    झापा श्रावण १८ / झापाको भद्रपुर नगरपालिका–९, प्रणामीनगरस्थित श्रीकृष्ण प्रणामी मन्दिर, दुवागढी–चन्द्रगढीमा विगत वर्षहरूझैँ यस वर्ष पनि आज बाट श्रीमद् बीतक चर्चा एवं श्रीकृष्ण कथा आयोजना हुने भएको छ। वि.सं.…

    Read more

    Continue reading
    सद्गुरुको महिमा र गुरु पूर्णिमाको आध्यात्मिक सन्देश

    आज असार शुक्ल पुर्णिमा अर्थात गुरु पूर्णिमाको पावन अवसरमा आध्यात्मिक चिन्तन, वैदिक शास्त्र, ज्योतिष तथा धर्मदर्शनका गहन अध्येता एवं प्रेरणादायी वक्ता ज्योतिषीचार्य श्री ध्रुवराज शास्त्रीसँग सद्गुरुको महिमा, आत्मजागरण, श्रीकृष्ण प्रणामी…

    Read more

    Continue reading

    जवाफ लेख्नुहोस्

    तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

    भखरै

    श्रीकृष्ण प्रणामी युवा परिषद् बनेपा प्रासद्वारा जन्माष्टमीमा रक्तदान, ३६ जनाले दिए जीवनदान

    श्रीकृष्ण प्रणामी युवा परिषद् बनेपा प्रासद्वारा जन्माष्टमीमा रक्तदान, ३६ जनाले दिए जीवनदान

    विपद्का पीडितको सहारामा प्रणामी व्यवसाय संघ, ८० हजार १०० रुपैयाँ राहत कोषमा

    विपद्का पीडितको सहारामा प्रणामी व्यवसाय संघ, ८० हजार १०० रुपैयाँ राहत कोषमा

    ‘छैन केही पिर चिन्ता’ सार्वजनिक, दर्शकको मायाको प्रतीक्षामा रिहान शंकर

    ‘छैन केही पिर चिन्ता’ सार्वजनिक, दर्शकको मायाको प्रतीक्षामा रिहान शंकर

    देखिने प्रगति र नदेखिने समृद्धि

    देखिने प्रगति र नदेखिने समृद्धि

    ‘विकासको आधार तयार, समृद्ध बेथानचोकको सपना’

    ‘विकासको आधार तयार, समृद्ध बेथानचोकको सपना’

    झापाको भद्रपुरमा आजबाट श्रीमद् बीतक चर्चा एवं श्रीकृष्ण कथा आयोजना हुँदै

    झापाको भद्रपुरमा आजबाट श्रीमद् बीतक चर्चा एवं श्रीकृष्ण कथा आयोजना हुँदै