हाम्राे आँसुमा तिम्राे पर्व

म पशु हुँ तर म मानिसलाई 

ईश्वर ठान्दछु । भनेकाे मान्दछु ।

आईज संकेतले आउँछु;

जा संकेतले जान्छु;

दिएकाे खान्छु ;

मुन्छेले भनेकाे अक्षरस मान्छु ।

 खै ! श्रृङखला कस्ताे हाे ? 

सबै गुणमा उहि छु 

विवेक थियाे भने भगवान पद

पाउथे हाेला , मन्दिरमा धाउँथे हाेला !

ध्यान र साधनाले ईश्वर पाउँथे हाेला !

गति र मुक्ति पाउँथे हाेला

तर के गर्नु ? पशु भएछु ।।

म ईमानमा दृढ छु; 

भनेकाे मान्छु ईश्वरीय 

कानुनमा छु वरू खुकुरी थाप्छु;

श्रृष्टिमा जे खान खटाएकाे छ 

म ज्यान जाला खादिन अँ हँ;

बरू भाेकै मर्छु संघर्ष गर्छु;

खादिन किनकी म पशु हुँ ।।

म मान्छेलाई अभिभावक ठान्थे;

जहाँ वाेलायाे उहि जान्थे ;

आखिर मान्छे त हामी भन्दापनि निच 

रहेछ खानेकुरा फ्याक्ने रहेछ;

नखानेकुरा च्याप्ने रहेछ ;

हामीलाई खानका लागि

इश्वरलाई भाक्ने रहेछ ।।

भैसी आमा, वाख्री आमा, कुखुरी आमा

हासँ आमा सन्तान भएकाे 

अन्य सबै आमालाई ;

सधै पीडा नै पीडा आफ्नो सन्तानसँग 

रम्न पाउने न घुम्न पाउने; 

न साथमै मर्न पाउने;

किन जन्म दियाै नि प्रभु !

हामी त मानिसका आहार पाे! रहेछौं ??

विवेक गुमाउनेलाई मानव भनेउ; 

पुच्छर हल्लाउने भएर पशु भनेउ; 

जाँत मात्र पशु हाे हामी त श्रृष्टि कै भाग्यमानी रहेछाै; किनकी चाडपर्व र

राम्राे तिथि नै हाम्राे श्राद्द पर्ने रहेछ ;

शाेकलाई शक्ति वदल भन्थे हाम्राे 

त जीवन नै यस्ताे मानवका खुसि पर्व

हाम्रा त्राहीमाम् ज्यान वचाउ!! ज्यान वचाउ!!

भन्दै रूने पर्व ।।

भगवान अबकाे श्रृष्टि यस्ताे नगर; 

हामी माथिकाे अन्यायकाे न्याय देउ;

हाम्रा अवाेध सन्तानलाई मुक्ति देउ;

अज्ञानी मान्छेलाई वुद्दि देउ ;

हामीलाई शान्तिपूर्ण बाच्ने अधिकार देउ;

के पशु हुनु नै मेराे दाेष हाेर;

हामीलाई पनि अभयकाे वरदान देउ  ।।।

  • ताजा अपढेट

    शब्दातीतको किनारामा…

    शब्दातीत शून्यको त्यो निस्पन्द छेउमा, भावातीत एक कम्पन अवाक उभिएको थियो। न आवाज, न मौन केवल अनिर्वचनको अधखुला आभास। आकाश आफ्नै गहिराइमा डुबिरहँदा, समयले आफ्नै पाइला बिर्सियो। स्मृतिका रेखाहरू पनि…

    Read more

    Continue reading
    के छ तयारी ? :- सुधारस तिमल्सिना

    सृष्टिको यस अस्थायी मञ्चमा, अस्तित्वको अभिनय गर्दै हामीले अनगिन्ती भूमिका निभायौँ— कहिले सफलताको मुकुट, कहिले सम्बन्धको मोहजाल, कहिले अहंकारको अदृश्य सिंहासन। तर, कालको मौन यात्राले जब अन्तिम अध्याय पल्टाउँछ, त्यो…

    Read more

    Continue reading

    जवाफ लेख्नुहोस्

    तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

    भखरै

    श्रीकृष्ण प्रणामी युवा परिषद् बनेपा प्रासद्वारा जन्माष्टमीमा रक्तदान, ३६ जनाले दिए जीवनदान

    श्रीकृष्ण प्रणामी युवा परिषद् बनेपा प्रासद्वारा जन्माष्टमीमा रक्तदान, ३६ जनाले दिए जीवनदान

    विपद्का पीडितको सहारामा प्रणामी व्यवसाय संघ, ८० हजार १०० रुपैयाँ राहत कोषमा

    विपद्का पीडितको सहारामा प्रणामी व्यवसाय संघ, ८० हजार १०० रुपैयाँ राहत कोषमा

    ‘छैन केही पिर चिन्ता’ सार्वजनिक, दर्शकको मायाको प्रतीक्षामा रिहान शंकर

    ‘छैन केही पिर चिन्ता’ सार्वजनिक, दर्शकको मायाको प्रतीक्षामा रिहान शंकर

    देखिने प्रगति र नदेखिने समृद्धि

    देखिने प्रगति र नदेखिने समृद्धि

    ‘विकासको आधार तयार, समृद्ध बेथानचोकको सपना’

    ‘विकासको आधार तयार, समृद्ध बेथानचोकको सपना’

    झापाको भद्रपुरमा आजबाट श्रीमद् बीतक चर्चा एवं श्रीकृष्ण कथा आयोजना हुँदै

    झापाको भद्रपुरमा आजबाट श्रीमद् बीतक चर्चा एवं श्रीकृष्ण कथा आयोजना हुँदै