“आत्मबल र सद्भावका साथ लामाटारको सामूहिक पदयात्रामा सहभागी होऔँ।”

ललितपुर, लामाटार / आत्मिक उन्नति, स्वास्थ्य र पर्यटन प्रवर्धनका उद्देश्यसहित श्रीकृष्ण प्रणामी युवा परिषद्, बागमती प्रदेश, ललितपुर जिल्ला अन्तर्गत लामाटार प्रासबाट हरेक वर्षझैँ यस वर्ष पनि सामूहिक पदयात्रा (Hiking) कार्यक्रम–२०८२ आयोजना हुँदैछ।

“दुर्व्यसन त्यागौँ, सेवामुखी बनौँ – महालक्ष्मी नगरपालिकाको पर्यटन प्रवर्धनमा हाम्रो प्रयास” भन्ने प्रेरणादायी मूल नाराका साथ सञ्चालन हुन लागेको यो पदयात्रा कार्यक्रम मिति २०८२ कार्तिक २९ गते शनिबारका दिन लामाटार क्षेत्रका प्राकृतिक, धार्मिक र पर्यटकीय दृष्टिले समृद्ध स्थलहरूमा सम्पन्न हुने तय गरिएको छ।

यस वार्षिक आध्यात्मिक यात्राको उद्देश्य केवल शारीरिक तन्दुरुस्ती मात्र नभई मन, बुद्धि र आत्माको पवित्रिकरण पनि हो। प्रकृतिसँग आत्मीय सम्बन्ध स्थापित गर्दै, आध्यात्मिक चेतनालाई जागृत गर्ने यो अभियानले युवाहरू माझ सेवा, सादगी र सद्भावको सन्देश फैलाउँदै आएको छ।

शान्त वातावरण, हरियाली पहाड, धार्मिक आस्थाका स्थानहरू र सामूहिक भावनाको संगममा हुने यो पदयात्राले सहभागीहरूमा सकारात्मक सोच, संयमित जीवन र नशामुक्त समाज निर्माणप्रति प्रतिवद्धता जगाउने विश्वास लिइएको छ।

श्रीकृष्ण प्रणामी युवा परिषद्ले विगत वर्षहरूमा जस्तै यस वर्ष पनि स्थानीय समुदाय, युवा समूह र भक्तजनहरूको सक्रिय सहभागितालाई स्वागत गर्दै, यस कार्यक्रमलाई धार्मिक पर्यटन प्रवर्धनको एउटा प्रेरक उदाहरणका रूपमा अघि बढाउने लक्ष्य राखेको जनाएको छ।

आयोजक समितिका अनुसार, सामूहिक पदयात्रामा सहभागी हुनेहरूका लागि आध्यात्मिक प्रेरणा, ध्यान–साधना र सामूहिक भजनका माध्यमबाट आत्मबल वृद्धि गर्ने अवसर पनि मिल्नेछ।

सन्देश स्पष्ट छ :-

“जहाँ सेवा छ, त्यहाँ शान्ति छ;

जहाँ शान्ति छ, त्यहीँ परमात्माको अनुभूति छ।”

यस पवित्र प्रयासमा सम्पूर्ण युवाशक्ति, श्रद्धालु भक्तजन तथा स्थानीयवासीहरूलाई उत्साहका साथ सहभागी भई “सेवा –  सादगी – सद्भाव”को मार्गमा अघि बढ्न हार्दिक आह्वान गरिएको छ।

  • ताजा अपढेट

    शब्दातीतको किनारामा…

    शब्दातीत शून्यको त्यो निस्पन्द छेउमा, भावातीत एक कम्पन अवाक उभिएको थियो। न आवाज, न मौन केवल अनिर्वचनको अधखुला आभास। आकाश आफ्नै गहिराइमा डुबिरहँदा, समयले आफ्नै पाइला बिर्सियो। स्मृतिका रेखाहरू पनि…

    Read more

    Continue reading
    के छ तयारी ? :- सुधारस तिमल्सिना

    सृष्टिको यस अस्थायी मञ्चमा, अस्तित्वको अभिनय गर्दै हामीले अनगिन्ती भूमिका निभायौँ— कहिले सफलताको मुकुट, कहिले सम्बन्धको मोहजाल, कहिले अहंकारको अदृश्य सिंहासन। तर, कालको मौन यात्राले जब अन्तिम अध्याय पल्टाउँछ, त्यो…

    Read more

    Continue reading

    जवाफ लेख्नुहोस्

    तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

    भखरै

    श्रीकृष्ण प्रणामी युवा परिषद् बनेपा प्रासद्वारा जन्माष्टमीमा रक्तदान, ३६ जनाले दिए जीवनदान

    श्रीकृष्ण प्रणामी युवा परिषद् बनेपा प्रासद्वारा जन्माष्टमीमा रक्तदान, ३६ जनाले दिए जीवनदान

    विपद्का पीडितको सहारामा प्रणामी व्यवसाय संघ, ८० हजार १०० रुपैयाँ राहत कोषमा

    विपद्का पीडितको सहारामा प्रणामी व्यवसाय संघ, ८० हजार १०० रुपैयाँ राहत कोषमा

    ‘छैन केही पिर चिन्ता’ सार्वजनिक, दर्शकको मायाको प्रतीक्षामा रिहान शंकर

    ‘छैन केही पिर चिन्ता’ सार्वजनिक, दर्शकको मायाको प्रतीक्षामा रिहान शंकर

    देखिने प्रगति र नदेखिने समृद्धि

    देखिने प्रगति र नदेखिने समृद्धि

    ‘विकासको आधार तयार, समृद्ध बेथानचोकको सपना’

    ‘विकासको आधार तयार, समृद्ध बेथानचोकको सपना’

    झापाको भद्रपुरमा आजबाट श्रीमद् बीतक चर्चा एवं श्रीकृष्ण कथा आयोजना हुँदै

    झापाको भद्रपुरमा आजबाट श्रीमद् बीतक चर्चा एवं श्रीकृष्ण कथा आयोजना हुँदै