शब्दातीत शून्यको त्यो निस्पन्द छेउमा,
भावातीत एक कम्पन अवाक उभिएको थियो।
न आवाज, न मौन
केवल अनिर्वचनको अधखुला आभास।
आकाश आफ्नै गहिराइमा डुबिरहँदा,
समयले आफ्नै पाइला बिर्सियो।
स्मृतिका रेखाहरू पनि
अर्थभन्दा पर कतै विलीन भए।
त्यो के थियो
उपस्थिति कि अनुपस्थिति?
मनले समाउन खोज्यो,
तर चेतनाले छुन नपाउँदै हरायो।
अवाक उभिएको आत्माले
जब आफूलाई आफैंमा हेऱ्यो,
त्यहाँ न प्रश्न थियो, न उत्तर
केवल शब्दातीत, भावातीत
एउटा अनिर्वचन सत्य
आफ्नै मौनता भित्र स्पन्दित थियो।
सुधारस तिमल्सिना









