नयाँ पुस्ता, नयाँ चेतना  Gen-Z केन्द्रित पुस्तक सार्वजनिक

काभ्रे / “पुरानो कोट लगाऔँ, नयाँ पुस्तक किनौँ” भन्ने सन्देशसहित डा. श्याम भट्टराई र गुमानसिं तामाङद्वारा लिखित ‘परिवर्तनका आयामहरू Gen-Z विद्रोह–२०८२’ नामक पुस्तकको सार्वजनिककरण कार्यक्रम शनिबार भव्य रूपमा सम्पन्न भएको छ।

चैतन्य क्याम्पस, बनेपा–७, काभ्रेमा सम्पन्न उक्त कार्यक्रममा साहित्यप्रेमी, बौद्धिक वर्ग, विद्यार्थी, सामाजिक अभियन्ता तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रम बिहान ११:०० बजे सुरु भई सौहार्दपूर्ण तथा विचारमूलक वातावरणमा सम्पन्न भयो।

कार्यक्रमका क्रममा वक्ताहरूले पुस्तकले समेटेका विषयवस्तु, समकालीन समाजमा Gen-Z पुस्ताको भूमिका, परिवर्तनका आयामहरू तथा वैचारिक चेतनाबारे प्रकाश पारे। लेखकद्वयले पुस्तक लेखनको उद्देश्य, सन्देश र भावी पुस्ताप्रति पुस्तकले दिन खोजेको दृष्टिकोणबारे आफ्ना विचार प्रस्तुत गरे।

उक्त कार्यक्रमका प्रकाशक हुद्धराज तिमिल्सिनाले पुस्तकले समाजमा वैचारिक बहस र सकारात्मक परिवर्तनको ढोका खोल्ने विश्वास व्यक्त गरे। साथै सहआयोजक लोकतान्त्रिक विचार समाज काभ्रेको सक्रिय सहभागितामा कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको आयोजकले जनाएको छ।

कार्यक्रमले साहित्य, विचार र सामाजिक परिवर्तनप्रति चासो राख्ने पाठकहरूका लागि प्रेरणादायी सन्देश दिएको सहभागीहरूको प्रतिक्रिया रहेको थियो।

  • ताजा अपढेट

    शब्दातीतको किनारामा…

    शब्दातीत शून्यको त्यो निस्पन्द छेउमा, भावातीत एक कम्पन अवाक उभिएको थियो। न आवाज, न मौन केवल अनिर्वचनको अधखुला आभास। आकाश आफ्नै गहिराइमा डुबिरहँदा, समयले आफ्नै पाइला बिर्सियो। स्मृतिका रेखाहरू पनि…

    Read more

    Continue reading
    के छ तयारी ? :- सुधारस तिमल्सिना

    सृष्टिको यस अस्थायी मञ्चमा, अस्तित्वको अभिनय गर्दै हामीले अनगिन्ती भूमिका निभायौँ— कहिले सफलताको मुकुट, कहिले सम्बन्धको मोहजाल, कहिले अहंकारको अदृश्य सिंहासन। तर, कालको मौन यात्राले जब अन्तिम अध्याय पल्टाउँछ, त्यो…

    Read more

    Continue reading

    जवाफ लेख्नुहोस्

    तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

    भखरै

    त्रिकालदर्शन डटकमको आधिकारिक दर्ता: विष्णु वाग्लेद्वारा खुसी व्यक्त

    त्रिकालदर्शन डटकमको आधिकारिक दर्ता: विष्णु वाग्लेद्वारा खुसी व्यक्त

    आज विजयादशमी, टीकाको उत्तम साइत बिहान १०:२६ बजे

    आज विजयादशमी, टीकाको उत्तम साइत बिहान १०:२६ बजे

    काठमाडौंको त्यो दसैँ : जब राजधानी नै दुर्गम बन्यो

    काठमाडौंको त्यो दसैँ : जब राजधानी नै दुर्गम बन्यो

    नेपाली कांग्रेस : पुस्तान्तरण, नेतृत्व परिवर्तन र नयाँ सम्भावनाको बाटो

    नेपाली कांग्रेस : पुस्तान्तरण, नेतृत्व परिवर्तन र नयाँ सम्भावनाको बाटो

    देवीदेवताको नाममा पशुबलि : समाजले कहिले सोच्ने?

    देवीदेवताको नाममा पशुबलि : समाजले कहिले सोच्ने?

    बलि होइन, जीवन रोजौँ : प्रणामी युवाको अहिंसाको अभियान

    बलि होइन, जीवन रोजौँ : प्रणामी युवाको अहिंसाको अभियान