श्री बालहित प्राथमिक विद्यालयको ३६ औँ वार्षिक उत्सव सम्पन्न

बेथानचोक / काभ्रेपलान्चोक जिल्लाको दक्षिणी भेग बेथानचोक गाउँपालिका वडा नम्बर २ मा स्थित श्री बालहित प्राथमिक विद्यालयको ३६ औँ वार्षिक उत्सव बेथानचोक गाउँपालिका अध्यक्ष भगवान अधिकारीको प्रमुख अतिथ्यतामा वृहत सहभागीतासाथ सम्पन्न भएको छ।

कार्यक्रमको प्रमुख अतिथी भगवान अधिकारीले शिक्षा र विद्यार्थीहरूको समग्र विकासका विषयमा आफ्नो अनुभव तथा सुझावहरू साझा गर्नु भएको थियो। अध्यक्ष अधिकारीले आगामी दिनमा पनि विद्यालयलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै शिक्षक तथा कर्मचारीको मेहनतको प्रशंसा गर्नु भएको थियो र अझै मेहनतका साथ अगाडि बढ्न प्रेरित गर्नुभयो।

समाजसेवी मिना घिमिरेले गत वर्षमा विद्यार्थीहरूलाई न्यानो कपडा वितरण गर्नुभएको थियो भने यसपाली स्टेशनरी र खाजा वितरण गर्नुभयो।

यस अवसरमा वक्ता भगवान घिमिरे, केदार बहादुर क्षेत्री, कैलास तिमल्सिना, देवबिक्रम तिमल्सिना, रेणुका परियार, ठूलोबाबु तिमल्सिना, बिष्णु हरि तिमल्सिना, रूपा सुवेदी लगायतले विद्यालयको शैक्षिक र व्यवस्थापकीय सुधारका लागि सुझाव तथा सल्लाहहरू प्रदान गर्नुभयो।

साथै, ग्रामिण विकास संस्था र रेडक्रस सोसाइटीले विद्यालयको शैक्षिक तथा भौतिक विकासमा सहयोग गरेकोमा विशेष धन्यवाद दिइएको थियो। 

विद्यालयले यस अवसरमा आफ्नो समय र योगदान दिनु भएका अभिभावक, विद्यार्थी, शिक्षक तथा नेतृत्व वर्ग सबैप्रति विशेष धन्यवाद ज्ञापन गरेको छ।

  • ताजा अपढेट

    महालक्ष्मी–६ मा दूरसञ्चारको तार चोरी गर्ने दुईमध्ये एक पक्राउ, एक फरार

    ललितपुर, श्रावण ५ / महालक्ष्मी नगरपालिका–६ क्षेत्रमा सार्वजनिक प्रयोगका लागि जडान गरिएको दूरसञ्चारको तार चोरी गर्ने क्रममा दुई जनामध्ये एक जनालाई स्थानीयवासीको सहयोगमा पक्राउ गरिएको छ भने अर्का एक जना…

    Read more

    Continue reading
    प्रणामी व्यवसाय संघ नेपालको स्थापना दिवसमा १०० विद्यार्थीलाई झोला तथा शैक्षिक सामग्री वितरण

    निजगढ श्रावण ३ / प्रणामी व्यवसाय संघ नेपालले आफ्नो छोटो स्थापना दिवसको अवसरमा सामाजिक उत्तरदायित्वलाई आत्मसात् गर्दै बारा जिल्लाको सिंगोलस्थित लालिगुराँस आधारभूत विद्यालयका १०० जना विद्यार्थीलाई विद्यालय झोला (ब्याग) तथा…

    Read more

    Continue reading

    जवाफ लेख्नुहोस्

    तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

    भखरै

    सद्गुरुको महिमा र गुरु पूर्णिमाको आध्यात्मिक सन्देश

    सद्गुरुको महिमा र गुरु पूर्णिमाको आध्यात्मिक सन्देश

    गुरु पूर्णिमाको अवसरमा नवतनधाममा विशेष कार्यक्रम आयोजना हुँदै

    गुरु पूर्णिमाको अवसरमा नवतनधाममा विशेष कार्यक्रम आयोजना हुँदै

    सिन्धुलीमा श्रावण १८ देखि २४ सम्म ‘श्रीमद् वीतक चर्चा एवं श्रीकृष्ण कथा–२०८३’ आयोजना हुँदै

    सिन्धुलीमा श्रावण १८ देखि २४ सम्म ‘श्रीमद् वीतक चर्चा एवं श्रीकृष्ण कथा–२०८३’ आयोजना हुँदै

    श्रीकृष्ण प्रणामी मन्दिर बनेपामा श्रीमदवितक चर्चा तथा श्रीकृष्ण कथा आयोजना हुँदै

    श्रीकृष्ण प्रणामी मन्दिर बनेपामा श्रीमदवितक चर्चा तथा श्रीकृष्ण कथा आयोजना हुँदै

    के छ तयारी ? :- सुधारस तिमल्सिना

    के छ तयारी ? :- सुधारस तिमल्सिना

    महालक्ष्मी–६ मा दूरसञ्चारको तार चोरी गर्ने दुईमध्ये एक पक्राउ, एक फरार

    महालक्ष्मी–६ मा दूरसञ्चारको तार चोरी गर्ने दुईमध्ये एक पक्राउ, एक फरार