प्रणामी व्यावसायी संघको पाँचौँ केन्द्रीय साधारणसभा रौतहटमा सम्पन्न

रौतहट / प्रणामी व्यावसायी संघ नेपालको पाँचौँ केन्द्रीय वार्षिक साधारणसभा रौतहट जिल्लाको चन्द्रपुर नगरपालिकामा शनिबार सम्पन्न भएको छ।

चन्द्रपुरस्थित शहीद पार्कमा आयोजित साधारणसभाको उद्घाटन चन्द्रपुर नगर उद्योग वाणिज्य संघका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि उदय सापकोटाले गर्नुभएको थियो।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष सापकोटाले प्रणामी व्यावसायी संघले धार्मिक मूल्य–मान्यतासँगै व्यवसायीहरूको हकहितका लागि महत्वपूर्ण भूमिका खेलिरहेको उल्लेख गर्नुभयो। उहाँले संघलाई अझ सशक्त, संगठित र देशव्यापी रूपमा विस्तार गर्न शुभकामना व्यक्त गर्दै पवित्र भावनाका साथ व्यवसायी हितमा निरन्तर क्रियाशील रहन आग्रह गर्नुभयो। साथै, व्यवसायीहरूको हकहितका लागि चन्द्रपुर नगर उद्योग वाणिज्य संघबाट आवश्यक सबैखाले सहयोग उपलब्ध गराइने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो।

कार्यक्रममा विशिष्ट अतिथिका रूपमा उपस्थित निजानन्द धाम, नजरपुर (रौतहट) का गद्दीपति १०८ श्री सुरेन्द्र महाराजजीले शुभभाव व्यक्त गर्दै प्रणामी व्यावसायी संघको उत्तरोत्तर प्रगतिको कामना गर्नुभयो। उद्घाटन समारोहमा संघका केन्द्रीय सल्लाहकार अर्जुन प्रसाद वाग्ले, नमराज ढकाल, खुल बहादुर गौतम, अनिता पौडेललगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो।

संघका केन्द्रीय अध्यक्ष विष्णु प्रसाद वाग्लेको अध्यक्षतामा सम्पन्न साधारणसभा उद्घाटन समारोहमा स्वागत मन्तव्य केन्द्रीय उपाध्यक्ष रामप्रसाद पोख्रेलले राख्नुभएको थियो भने कार्यक्रम सञ्चालन महासचिव प्रमोद वाग्लेले गर्नुभएको व्यवसायी संघ बाराका अध्यक्ष होमनाथ उप्रेतीले जानकारी दिनुभयो।

साधारणसभामा आठ जिल्लाका जिल्ला अध्यक्षहरूले आ–आफ्ना जिल्लाको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए।

करिब सयौँ व्यवसायीहरूको सहभागितामा सम्पन्न कार्यक्रममा प्रेम भोजको समेत व्यवस्था गरिएको थियो।

  • ताजा अपढेट

    श्रीकृष्ण प्रणामी युवा परिषद् बनेपा प्रासद्वारा जन्माष्टमीमा रक्तदान, ३६ जनाले दिए जीवनदान

    काभ्रेपलाञ्चोक, भाद्र २० / श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, काभ्रेपलाञ्चोक जिल्ला अन्तर्गत रहेको प्रारम्भिक समिति बनेपाको आयोजनामा श्रीकृष्ण जन्माष्टमीको पावन अवसरमा विशेष रक्तदान कार्यक्रम सम्पन्न भएको छ। “रक्तदान जीवनदान हो,…

    Read more

    Continue reading
    विपद्का पीडितको सहारामा प्रणामी व्यवसाय संघ, ८० हजार १०० रुपैयाँ राहत कोषमा

    मकवानपुर , भाद्र १९ / रसुवा जिल्लामा यही भदौ १० गते भोटेकोशी नदीमा आएको आकस्मिक बाढी तथा विभिन्न स्थानमा गएको पहिरोका कारण भएको ठूलो जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै प्रणामी…

    Read more

    Continue reading

    जवाफ लेख्नुहोस्

    तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

    भखरै

    श्रीकृष्ण प्रणामी युवा परिषद् बनेपा प्रासद्वारा जन्माष्टमीमा रक्तदान, ३६ जनाले दिए जीवनदान

    श्रीकृष्ण प्रणामी युवा परिषद् बनेपा प्रासद्वारा जन्माष्टमीमा रक्तदान, ३६ जनाले दिए जीवनदान

    विपद्का पीडितको सहारामा प्रणामी व्यवसाय संघ, ८० हजार १०० रुपैयाँ राहत कोषमा

    विपद्का पीडितको सहारामा प्रणामी व्यवसाय संघ, ८० हजार १०० रुपैयाँ राहत कोषमा

    ‘छैन केही पिर चिन्ता’ सार्वजनिक, दर्शकको मायाको प्रतीक्षामा रिहान शंकर

    ‘छैन केही पिर चिन्ता’ सार्वजनिक, दर्शकको मायाको प्रतीक्षामा रिहान शंकर

    देखिने प्रगति र नदेखिने समृद्धि

    देखिने प्रगति र नदेखिने समृद्धि

    ‘विकासको आधार तयार, समृद्ध बेथानचोकको सपना’

    ‘विकासको आधार तयार, समृद्ध बेथानचोकको सपना’

    झापाको भद्रपुरमा आजबाट श्रीमद् बीतक चर्चा एवं श्रीकृष्ण कथा आयोजना हुँदै

    झापाको भद्रपुरमा आजबाट श्रीमद् बीतक चर्चा एवं श्रीकृष्ण कथा आयोजना हुँदै