ढुंखर्क श्रावण २ /
श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल प्रारम्भिक समिति ढुंखर्कको १०औँ अधिवेशन आज २०८३ साल श्रावण २ गते, शनिबारका दिन श्रीकृष्ण प्रणामी मन्दिर ढुंखर्कमा सफलतापूर्वक सम्पन्न भएको छ।
अधिवेशनले सर्वसम्मत रूपमा नयाँ कार्यसमिति चयन गरेको छ। नवगठित समितिमा अध्यक्षमा शेषानन्द तिमल्सिना, निवर्तमान अध्यक्षमा सन्तोष बजगाई, उपाध्यक्षमा बिनोद तिमल्सिना र सागर तिमल्सिना, सचिवमा किशोर घिमिरे, सह-सचिवमा अम्बिका तिमल्सिना तथा कोषाध्यक्षमा मोहनकृष्ण तिमल्सिना चयन हुनुभएको छ।
अधिवेशनमा उपस्थित वक्ताहरूले युवा शक्तिलाई धर्म, संस्कृति, समाजसेवा तथा राष्ट्रप्रतिको उत्तरदायित्वमा सक्रिय बनाउँदै श्रीकृष्ण प्रणामी धर्मका सिद्धान्त दर्शनका आदर्श र मान्यतालाई जनमानससम्म पुर्याउन नवगठित समितिले प्रभावकारी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो।
नवनिर्वाचित पदाधिकारीहरूले संस्थाको गरिमा, उद्देश्य र विधानलाई आत्मसात् गर्दै एकताबद्ध रूपमा संगठनलाई अझ सशक्त, गतिशील र सेवामुखी बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। अधिवेशन सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको थियो।








