शास्त्री श्री घनश्याम अधिकारीद्वारा सेवा पूजा प्रशिक्षण हर्षोल्लासका साथ सम्पन्न

काभ्रेपलान्चोक / निजानन्द सम्प्रदाय अन्तर्गत रहेको श्री कृष्ण प्रणामी धर्मको दैनिकी आचार – व्यवहार र सेवा साधनासँग सम्बन्धित दुई दिने सेवा पूजा प्रशिक्षण कार्यक्रम पौष १९ र २० गतेका दिन श्रीकृष्ण सूर्यदर्शन पाटी प्यालेस, बनेपा–६, बुडोलमा सफलता पूर्वक सम्पन्न भएको हो ।

श्रीकृष्ण प्रणामी धर्मका प्रखर विद्वान युवा धर्मप्रचारक शास्त्री श्री घनश्याम अधिकारीद्वारा सञ्चालन गरिएको उक्त प्रशिक्षणमा सेवा पूजा विधि, निजानन्द दर्शन, आत्मशुद्धि, अनुशासन र सत्संगको आध्यात्मिक महत्वबारे सरल र गहिरो भावसहित प्रकाश पारिएको थियो।

कार्यक्रममा ४५ जना भन्दा बढी श्रद्धालु भक्तजनहरूको उत्साहपूर्ण सहभागिता रहेको थियो। भक्ति, साधना र आत्मीयताले भरिएको कार्यक्रम हर्षमय, शान्त र आध्यात्मिक वातावरणमा सम्पन्न भएको आयोजकले जनाएको छ।

यस प्रकारका प्रशिक्षणले श्री कृष्ण प्रणामी धर्मको मूल मर्मलाई जीवन व्यवहारमा उतार्न थप प्रेरणा प्रदान गरेको सहभागीहरूको भनाइ रहेको छ।

  • ताजा अपढेट

    झापाको भद्रपुरमा आजबाट श्रीमद् बीतक चर्चा एवं श्रीकृष्ण कथा आयोजना हुँदै

    झापा श्रावण १८ / झापाको भद्रपुर नगरपालिका–९, प्रणामीनगरस्थित श्रीकृष्ण प्रणामी मन्दिर, दुवागढी–चन्द्रगढीमा विगत वर्षहरूझैँ यस वर्ष पनि आज बाट श्रीमद् बीतक चर्चा एवं श्रीकृष्ण कथा आयोजना हुने भएको छ। वि.सं.…

    Read more

    Continue reading
    सद्गुरुको महिमा र गुरु पूर्णिमाको आध्यात्मिक सन्देश

    आज असार शुक्ल पुर्णिमा अर्थात गुरु पूर्णिमाको पावन अवसरमा आध्यात्मिक चिन्तन, वैदिक शास्त्र, ज्योतिष तथा धर्मदर्शनका गहन अध्येता एवं प्रेरणादायी वक्ता ज्योतिषीचार्य श्री ध्रुवराज शास्त्रीसँग सद्गुरुको महिमा, आत्मजागरण, श्रीकृष्ण प्रणामी…

    Read more

    Continue reading

    जवाफ लेख्नुहोस्

    तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

    भखरै

    श्रीकृष्ण प्रणामी युवा परिषद् बनेपा प्रासद्वारा जन्माष्टमीमा रक्तदान, ३६ जनाले दिए जीवनदान

    श्रीकृष्ण प्रणामी युवा परिषद् बनेपा प्रासद्वारा जन्माष्टमीमा रक्तदान, ३६ जनाले दिए जीवनदान

    विपद्का पीडितको सहारामा प्रणामी व्यवसाय संघ, ८० हजार १०० रुपैयाँ राहत कोषमा

    विपद्का पीडितको सहारामा प्रणामी व्यवसाय संघ, ८० हजार १०० रुपैयाँ राहत कोषमा

    ‘छैन केही पिर चिन्ता’ सार्वजनिक, दर्शकको मायाको प्रतीक्षामा रिहान शंकर

    ‘छैन केही पिर चिन्ता’ सार्वजनिक, दर्शकको मायाको प्रतीक्षामा रिहान शंकर

    देखिने प्रगति र नदेखिने समृद्धि

    देखिने प्रगति र नदेखिने समृद्धि

    ‘विकासको आधार तयार, समृद्ध बेथानचोकको सपना’

    ‘विकासको आधार तयार, समृद्ध बेथानचोकको सपना’

    झापाको भद्रपुरमा आजबाट श्रीमद् बीतक चर्चा एवं श्रीकृष्ण कथा आयोजना हुँदै

    झापाको भद्रपुरमा आजबाट श्रीमद् बीतक चर्चा एवं श्रीकृष्ण कथा आयोजना हुँदै