लामाटार प्रा.सको वार्षिक पदयात्रा सफलतापूर्वक सम्पन्न

ललितपुर, लामाटार / श्री कृष्ण प्रणामी युवा परिषद् नेपाल, ललितपुर लामाटार प्रासद्वारा आयोजना गरिएको लामाटार–लाकुरीभञ्ज्याङ पदयात्रा कार्यक्रम यस वर्ष पनि भव्य र उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको छ।

प्राकृतिक सौन्दर्यले भरिपूर्ण लाकुरीभञ्ज्याङको मार्ग हुँदै सम्पन्न यस पदयात्रामा प्रणामी सुन्दरसाथ, विभिन्न समितिका पदाधिकारी, सदस्य तथा स्थानीय श्रद्धालु गरी ३०० भन्दा बढी सहभागीहरू उपस्थित थिए। सहभागीहरूले हर्ष–उल्लासका गीत, समूहगत नृत्य, रमाइला क्षण तथा लोकप्रिय टिकटक क्लिपहरू कैद गर्दै दुईतर्फी १३ किलोमिटरभन्दा बढीको यात्रा सहज र उत्साहपूर्वक पार गरेका थिए।

आत्मिक उर्जा, सामाजिक एकता र सेवा–समर्पणको भावना बोकेको यस पदयात्राले स्थानीयस्तरमा पर्यटन प्रवर्धन, युवाको सक्रियता र समुदायबीचको सहकार्यलाई थप सुदृढ बनाएको आयोजकहरूले बताएका छन्।

कार्यक्रममा सहभागीहरूले पदयात्रालाई आध्यात्मिक अनुभव, स्वस्थ जीवन र सामूहिक सद्भावको सुन्दर संयोजनका रुपमा अनुभूत गरेको बताएका छन्।

  • ताजा अपढेट

    महालक्ष्मी–६ मा दूरसञ्चारको तार चोरी गर्ने दुईमध्ये एक पक्राउ, एक फरार

    ललितपुर, श्रावण ५ / महालक्ष्मी नगरपालिका–६ क्षेत्रमा सार्वजनिक प्रयोगका लागि जडान गरिएको दूरसञ्चारको तार चोरी गर्ने क्रममा दुई जनामध्ये एक जनालाई स्थानीयवासीको सहयोगमा पक्राउ गरिएको छ भने अर्का एक जना…

    Read more

    Continue reading

    जवाफ लेख्नुहोस्

    तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

    भखरै

    सद्गुरुको महिमा र गुरु पूर्णिमाको आध्यात्मिक सन्देश

    सद्गुरुको महिमा र गुरु पूर्णिमाको आध्यात्मिक सन्देश

    गुरु पूर्णिमाको अवसरमा नवतनधाममा विशेष कार्यक्रम आयोजना हुँदै

    गुरु पूर्णिमाको अवसरमा नवतनधाममा विशेष कार्यक्रम आयोजना हुँदै

    सिन्धुलीमा श्रावण १८ देखि २४ सम्म ‘श्रीमद् वीतक चर्चा एवं श्रीकृष्ण कथा–२०८३’ आयोजना हुँदै

    सिन्धुलीमा श्रावण १८ देखि २४ सम्म ‘श्रीमद् वीतक चर्चा एवं श्रीकृष्ण कथा–२०८३’ आयोजना हुँदै

    श्रीकृष्ण प्रणामी मन्दिर बनेपामा श्रीमदवितक चर्चा तथा श्रीकृष्ण कथा आयोजना हुँदै

    श्रीकृष्ण प्रणामी मन्दिर बनेपामा श्रीमदवितक चर्चा तथा श्रीकृष्ण कथा आयोजना हुँदै

    के छ तयारी ? :- सुधारस तिमल्सिना

    के छ तयारी ? :- सुधारस तिमल्सिना

    महालक्ष्मी–६ मा दूरसञ्चारको तार चोरी गर्ने दुईमध्ये एक पक्राउ, एक फरार

    महालक्ष्मी–६ मा दूरसञ्चारको तार चोरी गर्ने दुईमध्ये एक पक्राउ, एक फरार