“बलि होइन करुणा : श्रीकृष्ण प्रणामी युवा परिषद्को दीप प्रज्वलन अभियान”

काठमाडौँ ।। श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, जिल्ला समिति काठमाडौँद्वारा चाडपर्वको अवसरमा आयोजित विशेष कार्यक्रम अन्तर्गत बलि प्रथा विरुद्ध दीप प्रज्वलन तथा सचेतना अभियान सम्पन्न गरिएको छ।

चाडपर्वका दिनहरूमा परम्परागत रूपमा विभिन्न शक्ति पीठ तथा देवीदेवताको मन्दिरमा पशुपंक्षी तथा चौपायाको बलि दिने चलन प्रचलित रहँदै आएको छ। तर परिषद्ले भने धर्मको वास्तविक सार बुझ्नुपर्ने आवश्यकता औंल्याउँदै निर्दोष प्राणीको हत्या नगरी आत्मिक बलि दिनुपर्ने सन्देश प्रवाह गरेको हो।

कार्यक्रममा सहभागीहरूले दीप प्रज्वलन गर्दै दिवंगत भएका पशुपंक्षी र चौपायाहरूको स्मरण गरेका थिए। परिषद्को तर्फबाट वक्ताहरूले “साँचो बलि भनेको आफ्ना विकार, अहंकार, द्वेष, क्रोध र लोभलाई त्याग्नु हो, निर्दोष प्राणीको ज्यान लिनु होइन” भन्ने आध्यात्मिक मन्तव्य प्रस्तुत गरे।

युवाहरूले हातमा शान्ति, करुणा र अहिंसाका सन्देशसहितको प्लेकार्ड बोकेर समाजलाई चेतना जगाउने उद्देश्य प्रकट गरे। कार्यक्रममा धार्मिक एवं सामाजिक व्यक्तित्वहरूले बलि प्रथा परम्पराको नाममा निरन्तरता पाउनु दुःखद भएको उल्लेख गर्दै धर्मले कहिल्यै हिंसाको समर्थन नगर्ने स्पष्ट पारे।

श्रीकृष्ण प्रणामी दर्शनले शुद्ध प्रेम, करुणा र आत्मज्ञानलाई नै साँचो उपासना मानेको हुँदा परिषद्ले आगामी दिनमा पनि यस्ता जनचेतनामूलक अभियानलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।

कार्यक्रमको अन्त्यमा उपस्थित सबै सहभागीहरूले समाजलाई अहिंसा, प्रेम र करुणामय बाटोतर्फ अघि बढाउन संकल्प व्यक्त गरेका थिए।

  • ताजा अपढेट

    सद्गुरुको महिमा र गुरु पूर्णिमाको आध्यात्मिक सन्देश

    आज असार शुक्ल पुर्णिमा अर्थात गुरु पूर्णिमाको पावन अवसरमा आध्यात्मिक चिन्तन, वैदिक शास्त्र, ज्योतिष तथा धर्मदर्शनका गहन अध्येता एवं प्रेरणादायी वक्ता ज्योतिषीचार्य श्री ध्रुवराज शास्त्रीसँग सद्गुरुको महिमा, आत्मजागरण, श्रीकृष्ण प्रणामी…

    Read more

    Continue reading
    गुरु पूर्णिमाको अवसरमा नवतनधाममा विशेष कार्यक्रम आयोजना हुँदै

    काठमाडौं, श्रावण १३ / गुरु पूर्णिमाको पावन अवसरमा श्रीकृष्ण प्रणामी धर्माचार्य अनन्तश्री विभूषित जगतगुरु कृष्णमणिजी महाराजश्रीको दिव्य आशीर्वचनसहित विशेष आध्यात्मिक कार्यक्रम आयोजना हुने भएको छ। श्रीकृष्ण प्रणामी सेवा समिति नेपाल,…

    Read more

    Continue reading

    जवाफ लेख्नुहोस्

    तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

    भखरै

    सद्गुरुको महिमा र गुरु पूर्णिमाको आध्यात्मिक सन्देश

    सद्गुरुको महिमा र गुरु पूर्णिमाको आध्यात्मिक सन्देश

    गुरु पूर्णिमाको अवसरमा नवतनधाममा विशेष कार्यक्रम आयोजना हुँदै

    गुरु पूर्णिमाको अवसरमा नवतनधाममा विशेष कार्यक्रम आयोजना हुँदै

    सिन्धुलीमा श्रावण १८ देखि २४ सम्म ‘श्रीमद् वीतक चर्चा एवं श्रीकृष्ण कथा–२०८३’ आयोजना हुँदै

    सिन्धुलीमा श्रावण १८ देखि २४ सम्म ‘श्रीमद् वीतक चर्चा एवं श्रीकृष्ण कथा–२०८३’ आयोजना हुँदै

    श्रीकृष्ण प्रणामी मन्दिर बनेपामा श्रीमदवितक चर्चा तथा श्रीकृष्ण कथा आयोजना हुँदै

    श्रीकृष्ण प्रणामी मन्दिर बनेपामा श्रीमदवितक चर्चा तथा श्रीकृष्ण कथा आयोजना हुँदै

    के छ तयारी ? :- सुधारस तिमल्सिना

    के छ तयारी ? :- सुधारस तिमल्सिना

    महालक्ष्मी–६ मा दूरसञ्चारको तार चोरी गर्ने दुईमध्ये एक पक्राउ, एक फरार

    महालक्ष्मी–६ मा दूरसञ्चारको तार चोरी गर्ने दुईमध्ये एक पक्राउ, एक फरार