चितवन बुढौलीमा १०८ पाठ पारायणसँगै बृहत् रक्तदान सम्पन्न

बुढौली, चितवन / श्री कृष्ण प्रणामी युवा परिषद रक्तसञ्चार शाखाको संयोजनमा तथा श्री कृष्ण प्रणामी मन्दिर श्यामनगर, बुढौली चितवनको ५०ौँ स्वर्ण महोत्सव तथा कलश अनावरण समारोहको अवसरमा आयोजित १०८ पाठ पारायण अन्तर्गत बृहत् रक्तदान कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।

कार्यक्रममा विभिन्न स्थानबाट आएका ४२ जना रक्तदाताले रक्तदान गरी मानवीय सेवाको उदाहरण प्रस्तुत गरेका छन्। रक्तसञ्चार शाखाका संयोजक राधेश्याम गजुरेलले जीवनरक्षासँग जोडिएको पवित्र कार्य रक्तदानमा सहभागी सबैप्रति हार्दिक आभार प्रकट गरेका छन्।

उनका अनुसार, “रक्तदान जीवनदान हो। मानव जीवन बचाउन प्रत्येक थोपा रगत अपरिहार्य हुन्छ। यस पुण्यकार्यमा प्रत्यक्ष–परोक्ष रूपमा सहकार्य र समर्थन गर्ने सबैप्रति धन्यवाद व्यक्त गर्दछु,” भन्ने धन्यवाद मन्तव्यसमेत व्यक्त गरिएको थियो।

यस महादान कार्यक्रमलाई सफल बनाउन सहयोग पुर्‍याएको भन्दै चितवन जिल्ला युवा परिषद, बुढौली प्रारम्भिक समितिका सेवाभावी सदस्यहरू, र रक्त सञ्चार शाखा चितवनलाई विशेष धन्यवाद व्यक्त गरिएको थियो।

कार्यक्रमले समुदायमा सामाजिक उत्तरदायित्व र सेवाभावलाई थप सुदृढ बनाएको आयोजकहरूले बताएका छन्।

  • ताजा अपढेट

    महालक्ष्मी–६ मा दूरसञ्चारको तार चोरी गर्ने दुईमध्ये एक पक्राउ, एक फरार

    ललितपुर, श्रावण ५ / महालक्ष्मी नगरपालिका–६ क्षेत्रमा सार्वजनिक प्रयोगका लागि जडान गरिएको दूरसञ्चारको तार चोरी गर्ने क्रममा दुई जनामध्ये एक जनालाई स्थानीयवासीको सहयोगमा पक्राउ गरिएको छ भने अर्का एक जना…

    Read more

    Continue reading
    प्रणामी व्यवसाय संघ नेपालको स्थापना दिवसमा १०० विद्यार्थीलाई झोला तथा शैक्षिक सामग्री वितरण

    निजगढ श्रावण ३ / प्रणामी व्यवसाय संघ नेपालले आफ्नो छोटो स्थापना दिवसको अवसरमा सामाजिक उत्तरदायित्वलाई आत्मसात् गर्दै बारा जिल्लाको सिंगोलस्थित लालिगुराँस आधारभूत विद्यालयका १०० जना विद्यार्थीलाई विद्यालय झोला (ब्याग) तथा…

    Read more

    Continue reading

    जवाफ लेख्नुहोस्

    तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

    भखरै

    सिन्धुलीमा श्रावण १८ देखि २४ सम्म ‘श्रीमद् वीतक चर्चा एवं श्रीकृष्ण कथा–२०८३’ आयोजना हुँदै

    सिन्धुलीमा श्रावण १८ देखि २४ सम्म ‘श्रीमद् वीतक चर्चा एवं श्रीकृष्ण कथा–२०८३’ आयोजना हुँदै

    श्रीकृष्ण प्रणामी मन्दिर बनेपामा श्रीमदवितक चर्चा तथा श्रीकृष्ण कथा आयोजना हुँदै

    श्रीकृष्ण प्रणामी मन्दिर बनेपामा श्रीमदवितक चर्चा तथा श्रीकृष्ण कथा आयोजना हुँदै

    के छ तयारी ? :- सुधारस तिमल्सिना

    के छ तयारी ? :- सुधारस तिमल्सिना

    महालक्ष्मी–६ मा दूरसञ्चारको तार चोरी गर्ने दुईमध्ये एक पक्राउ, एक फरार

    महालक्ष्मी–६ मा दूरसञ्चारको तार चोरी गर्ने दुईमध्ये एक पक्राउ, एक फरार

    प्रणामी व्यवसाय संघ नेपालको स्थापना दिवसमा १०० विद्यार्थीलाई झोला तथा शैक्षिक सामग्री वितरण

    प्रणामी व्यवसाय संघ नेपालको स्थापना दिवसमा १०० विद्यार्थीलाई झोला तथा शैक्षिक सामग्री वितरण

    श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल प्रारम्भिक समिति ढुंखर्कको १०औँ अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

    श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल प्रारम्भिक समिति ढुंखर्कको १०औँ अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन