श्रीकृष्ण प्रणामी युवा परिषद् बनेपा प्रासद्वारा जन्माष्टमीमा रक्तदान, ३६ जनाले दिए जीवनदान

काभ्रेपलाञ्चोक, भाद्र २० / श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, काभ्रेपलाञ्चोक जिल्ला अन्तर्गत रहेको प्रारम्भिक समिति बनेपाको आयोजनामा श्रीकृष्ण जन्माष्टमीको पावन अवसरमा विशेष रक्तदान कार्यक्रम सम्पन्न भएको छ।

“रक्तदान जीवनदान हो, जीवनदान मानवदान हो” भन्ने मानवीय भावनालाई आत्मसात् गर्दै आयोजना गरिएको उक्त कार्यक्रममा ३६ जना रक्तदाताले उत्साहपूर्वक रक्तदान गरेका थिए।

श्रीकृष्ण जन्माष्टमीको धार्मिक तथा आध्यात्मिक महत्त्वलाई मानव सेवासँग जोड्दै आयोजना गरिएको यस कार्यक्रमले भक्तिसँगै सेवा र आस्थासँगै मानवताको भावनालाई उजागर गरेको छ। आवश्यक परेको समयमा एक थोपा रगतले पनि कसैको अमूल्य जीवन बचाउन सक्ने भएकाले रक्तदानलाई महान् सेवाका रूपमा लिइएको आयोजकले जनाएको छ।

कार्यक्रमले समाजमा रक्तदानप्रति सकारात्मक चेतना अभिवृद्धि गर्नुका साथै युवाहरूलाई सामाजिक सेवामा सक्रिय सहभागी हुन प्रेरित गरेको छ। श्रीराजश्यामाजीको मेहेर र कृपाले मानव सेवाका यस्ता पुण्य कार्यहरू निरन्तर अघि बढिरहून् भन्ने शुभकामनासहित कार्यक्रम सम्पन्न गरिएको थियो।

  • ताजा अपढेट

    आज विजयादशमी, टीकाको उत्तम साइत बिहान १०:२६ बजे

    काठमाडौं, कात्तिक ४ / नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज बुधबार विजयादशमी हर्षोल्लासका साथ मनाइँदैछ। आजको दिन मान्यजनबाट दुर्गाभवानीको प्रसादस्वरूप टीका, जमरा र आशीर्वाद ग्रहण गरिन्छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका…

    Read more

    Continue reading
    घटस्थापनासँगै बडादसैँ आजबाट सुरु

      काठमाडौं, असोज २५, २०८३ /नेपालीहरूको महान् पर्व बडादसैँ आज आइतबारदेखि विधिवत् रूपमा सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनासँगै देशभरका घरघरमा जमरा राख्ने तथा दुर्गा भवानीको पूजा…

    Read more

    Continue reading

    जवाफ लेख्नुहोस्

    तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

    भखरै

    त्रिकालदर्शन डटकमको आधिकारिक दर्ता: विष्णु वाग्लेद्वारा खुसी व्यक्त

    त्रिकालदर्शन डटकमको आधिकारिक दर्ता: विष्णु वाग्लेद्वारा खुसी व्यक्त

    आज विजयादशमी, टीकाको उत्तम साइत बिहान १०:२६ बजे

    आज विजयादशमी, टीकाको उत्तम साइत बिहान १०:२६ बजे

    काठमाडौंको त्यो दसैँ : जब राजधानी नै दुर्गम बन्यो

    काठमाडौंको त्यो दसैँ : जब राजधानी नै दुर्गम बन्यो

    नेपाली कांग्रेस : पुस्तान्तरण, नेतृत्व परिवर्तन र नयाँ सम्भावनाको बाटो

    नेपाली कांग्रेस : पुस्तान्तरण, नेतृत्व परिवर्तन र नयाँ सम्भावनाको बाटो

    देवीदेवताको नाममा पशुबलि : समाजले कहिले सोच्ने?

    देवीदेवताको नाममा पशुबलि : समाजले कहिले सोच्ने?

    बलि होइन, जीवन रोजौँ : प्रणामी युवाको अहिंसाको अभियान

    बलि होइन, जीवन रोजौँ : प्रणामी युवाको अहिंसाको अभियान