फुलपातीको दिन देशभर शक्तिपीठहरूमा भक्तजनको घुइँचो

काभ्रेपलान्चोक / विजयादशमीको महत्वपूर्ण दिन फुलपाती आज देशभर विभिन्न धार्मिक तथा सांस्कृतिक विधि अनुसार हर्षोल्लासका साथ मनाइँदैछ।

बडादशैंको सप्तमी अर्थात् सातौँ दिनलाई फुलपातीको दिनका रूपमा विशेष महत्व दिइन्छ। आजको दिन घरघरमा जमरा, फुलपाती र देवी दुर्गाको आह्वानसहित पूजापाठ गरिने परम्परा छ।

विशेषगरी गोरखा दरबारबाट टोकरीमा सजाइएका नौवटा देवीको प्रतीक फूलपाती काठमाडौँको हनुमानढोका दरबारमा विधिपूर्वक ल्याइने परम्परा पुरानो चलन हो। यस अवसरमा गोरखा दरबारमा रहेको देवीको कलश, केला, अरु धानका बोट, बेलपत्र लगायतको सामग्रीलाई बाजागाजासहित काठमाडौँ ल्याइन्छ।

काठमाडौँमा आज बिहानैदेखि मन्दिर, शक्तिपीठ र घरघरमा पूजा–अर्चना गर्ने, देवी दुर्गाको कृपा प्राप्तिको कामना गर्ने भक्तजनको घुँइचो देखिएको छ। राजधानीका प्रमुख शक्तिपीठहरू जस्तै गोरखनाथ, गुइहेश्वरी, श्वेतकाली, कालिका स्थानलगायतमा भक्तजनको विशेष भीड देखिएको छ।

फुलपातीसँगै दसैंको मुख्य दिनहरू औपचारिकरूपमा सुरु भएको मानिन्छ। भोलि महाअष्टमी, पर्सि महानवमी र त्यसपछि दशमीका दिन जमरा राखेर टिका तथा दुर्गा भवानीको प्रसाद ग्रहण गर्ने परम्परा अनुसार घरघरमा बडादशैंको रौनक झन् बढ्नेछ।

  • ताजा अपढेट

    आज विजयादशमी, टीकाको उत्तम साइत बिहान १०:२६ बजे

    काठमाडौं, कात्तिक ४ / नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज बुधबार विजयादशमी हर्षोल्लासका साथ मनाइँदैछ। आजको दिन मान्यजनबाट दुर्गाभवानीको प्रसादस्वरूप टीका, जमरा र आशीर्वाद ग्रहण गरिन्छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका…

    Read more

    Continue reading
    घटस्थापनासँगै बडादसैँ आजबाट सुरु

      काठमाडौं, असोज २५, २०८३ /नेपालीहरूको महान् पर्व बडादसैँ आज आइतबारदेखि विधिवत् रूपमा सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनासँगै देशभरका घरघरमा जमरा राख्ने तथा दुर्गा भवानीको पूजा…

    Read more

    Continue reading

    जवाफ लेख्नुहोस्

    तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

    भखरै

    त्रिकालदर्शन डटकमको आधिकारिक दर्ता: विष्णु वाग्लेद्वारा खुसी व्यक्त

    त्रिकालदर्शन डटकमको आधिकारिक दर्ता: विष्णु वाग्लेद्वारा खुसी व्यक्त

    आज विजयादशमी, टीकाको उत्तम साइत बिहान १०:२६ बजे

    आज विजयादशमी, टीकाको उत्तम साइत बिहान १०:२६ बजे

    काठमाडौंको त्यो दसैँ : जब राजधानी नै दुर्गम बन्यो

    काठमाडौंको त्यो दसैँ : जब राजधानी नै दुर्गम बन्यो

    नेपाली कांग्रेस : पुस्तान्तरण, नेतृत्व परिवर्तन र नयाँ सम्भावनाको बाटो

    नेपाली कांग्रेस : पुस्तान्तरण, नेतृत्व परिवर्तन र नयाँ सम्भावनाको बाटो

    देवीदेवताको नाममा पशुबलि : समाजले कहिले सोच्ने?

    देवीदेवताको नाममा पशुबलि : समाजले कहिले सोच्ने?

    बलि होइन, जीवन रोजौँ : प्रणामी युवाको अहिंसाको अभियान

    बलि होइन, जीवन रोजौँ : प्रणामी युवाको अहिंसाको अभियान