फुलपातीको दिन देशभर शक्तिपीठहरूमा भक्तजनको घुइँचो

काभ्रेपलान्चोक / विजयादशमीको महत्वपूर्ण दिन फुलपाती आज देशभर विभिन्न धार्मिक तथा सांस्कृतिक विधि अनुसार हर्षोल्लासका साथ मनाइँदैछ।

बडादशैंको सप्तमी अर्थात् सातौँ दिनलाई फुलपातीको दिनका रूपमा विशेष महत्व दिइन्छ। आजको दिन घरघरमा जमरा, फुलपाती र देवी दुर्गाको आह्वानसहित पूजापाठ गरिने परम्परा छ।

विशेषगरी गोरखा दरबारबाट टोकरीमा सजाइएका नौवटा देवीको प्रतीक फूलपाती काठमाडौँको हनुमानढोका दरबारमा विधिपूर्वक ल्याइने परम्परा पुरानो चलन हो। यस अवसरमा गोरखा दरबारमा रहेको देवीको कलश, केला, अरु धानका बोट, बेलपत्र लगायतको सामग्रीलाई बाजागाजासहित काठमाडौँ ल्याइन्छ।

काठमाडौँमा आज बिहानैदेखि मन्दिर, शक्तिपीठ र घरघरमा पूजा–अर्चना गर्ने, देवी दुर्गाको कृपा प्राप्तिको कामना गर्ने भक्तजनको घुँइचो देखिएको छ। राजधानीका प्रमुख शक्तिपीठहरू जस्तै गोरखनाथ, गुइहेश्वरी, श्वेतकाली, कालिका स्थानलगायतमा भक्तजनको विशेष भीड देखिएको छ।

फुलपातीसँगै दसैंको मुख्य दिनहरू औपचारिकरूपमा सुरु भएको मानिन्छ। भोलि महाअष्टमी, पर्सि महानवमी र त्यसपछि दशमीका दिन जमरा राखेर टिका तथा दुर्गा भवानीको प्रसाद ग्रहण गर्ने परम्परा अनुसार घरघरमा बडादशैंको रौनक झन् बढ्नेछ।

  • ताजा अपढेट

    श्रीकृष्ण प्रणामी युवा परिषद् बनेपा प्रासद्वारा जन्माष्टमीमा रक्तदान, ३६ जनाले दिए जीवनदान

    काभ्रेपलाञ्चोक, भाद्र २० / श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, काभ्रेपलाञ्चोक जिल्ला अन्तर्गत रहेको प्रारम्भिक समिति बनेपाको आयोजनामा श्रीकृष्ण जन्माष्टमीको पावन अवसरमा विशेष रक्तदान कार्यक्रम सम्पन्न भएको छ। “रक्तदान जीवनदान हो,…

    Read more

    Continue reading
    विपद्का पीडितको सहारामा प्रणामी व्यवसाय संघ, ८० हजार १०० रुपैयाँ राहत कोषमा

    मकवानपुर , भाद्र १९ / रसुवा जिल्लामा यही भदौ १० गते भोटेकोशी नदीमा आएको आकस्मिक बाढी तथा विभिन्न स्थानमा गएको पहिरोका कारण भएको ठूलो जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै प्रणामी…

    Read more

    Continue reading

    जवाफ लेख्नुहोस्

    तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

    भखरै

    श्रीकृष्ण प्रणामी युवा परिषद् बनेपा प्रासद्वारा जन्माष्टमीमा रक्तदान, ३६ जनाले दिए जीवनदान

    श्रीकृष्ण प्रणामी युवा परिषद् बनेपा प्रासद्वारा जन्माष्टमीमा रक्तदान, ३६ जनाले दिए जीवनदान

    विपद्का पीडितको सहारामा प्रणामी व्यवसाय संघ, ८० हजार १०० रुपैयाँ राहत कोषमा

    विपद्का पीडितको सहारामा प्रणामी व्यवसाय संघ, ८० हजार १०० रुपैयाँ राहत कोषमा

    ‘छैन केही पिर चिन्ता’ सार्वजनिक, दर्शकको मायाको प्रतीक्षामा रिहान शंकर

    ‘छैन केही पिर चिन्ता’ सार्वजनिक, दर्शकको मायाको प्रतीक्षामा रिहान शंकर

    देखिने प्रगति र नदेखिने समृद्धि

    देखिने प्रगति र नदेखिने समृद्धि

    ‘विकासको आधार तयार, समृद्ध बेथानचोकको सपना’

    ‘विकासको आधार तयार, समृद्ध बेथानचोकको सपना’

    झापाको भद्रपुरमा आजबाट श्रीमद् बीतक चर्चा एवं श्रीकृष्ण कथा आयोजना हुँदै

    झापाको भद्रपुरमा आजबाट श्रीमद् बीतक चर्चा एवं श्रीकृष्ण कथा आयोजना हुँदै