श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल प्रारम्भिक समिति ढुंखर्कको १०औँ अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

ढुंखर्क श्रावण २ /
श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल प्रारम्भिक समिति ढुंखर्कको १०औँ अधिवेशन आज २०८३ साल श्रावण २ गते, शनिबारका दिन श्रीकृष्ण प्रणामी मन्दिर ढुंखर्कमा सफलतापूर्वक सम्पन्न भएको छ।

अधिवेशनले सर्वसम्मत रूपमा नयाँ कार्यसमिति चयन गरेको छ। नवगठित समितिमा अध्यक्षमा शेषानन्द तिमल्सिना, निवर्तमान अध्यक्षमा सन्तोष बजगाई, उपाध्यक्षमा बिनोद तिमल्सिना र सागर तिमल्सिना, सचिवमा किशोर घिमिरे, सह-सचिवमा अम्बिका तिमल्सिना तथा कोषाध्यक्षमा मोहनकृष्ण तिमल्सिना चयन हुनुभएको छ।

अधिवेशनमा उपस्थित वक्ताहरूले युवा शक्तिलाई धर्म, संस्कृति, समाजसेवा तथा राष्ट्रप्रतिको उत्तरदायित्वमा सक्रिय बनाउँदै श्रीकृष्ण प्रणामी धर्मका सिद्धान्त दर्शनका आदर्श र मान्यतालाई जनमानससम्म पुर्‍याउन नवगठित समितिले प्रभावकारी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो।

नवनिर्वाचित पदाधिकारीहरूले संस्थाको गरिमा, उद्देश्य र विधानलाई आत्मसात् गर्दै एकताबद्ध रूपमा संगठनलाई अझ सशक्त, गतिशील र सेवामुखी बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। अधिवेशन सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको थियो।

  • ताजा अपढेट

    बलि होइन, जीवन रोजौँ : प्रणामी युवाको अहिंसाको अभियान

    काठमाडौं, २०८३ कात्तिक १ / श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, काठमाडौं जिल्ला समितिद्वारा आयोजित पशु बलि प्रथा सचेतना अभियान तथा दीप प्रज्वलन कार्यक्रम बडादसैँको पूर्वसन्ध्यामा महाअष्टमीका दिन काठमाडौंको माईतीघर मण्डलामा…

    Read more

    Continue reading
    बाढीपीडितको सहारा बन्यो श्रीकृष्ण प्रणामी मन्दिर बनेपा, ६३ हजार ९८० रुपैयाँ सहयोग

    बनेपा, असोज ६ गते / विपद्ले घर उजाडिएका छन्, परिवारलाई पीडामा धकेलेको छ र धेरैको आँखाबाट आँसु रोकिएको छैन। यस्तो कठिन घडीमा सरकारदेखि नागरिकस्तरसम्म राहत र उद्धारको आवश्यकता बढिरहेका बेला…

    Read more

    Continue reading

    जवाफ लेख्नुहोस्

    तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

    भखरै

    युगलदास महाराजको योगदान सम्झिँदै युवापुस्ता, पुल्चोकमा कात्तिक १४ गते वक्तृत्वकला

    युगलदास महाराजको योगदान सम्झिँदै युवापुस्ता, पुल्चोकमा कात्तिक १४ गते वक्तृत्वकला

    त्रिकालदर्शन डटकमको आधिकारिक दर्ता: विष्णु वाग्लेद्वारा खुसी व्यक्त

    त्रिकालदर्शन डटकमको आधिकारिक दर्ता: विष्णु वाग्लेद्वारा खुसी व्यक्त

    आज विजयादशमी, टीकाको उत्तम साइत बिहान १०:२६ बजे

    आज विजयादशमी, टीकाको उत्तम साइत बिहान १०:२६ बजे

    काठमाडौंको त्यो दसैँ : जब राजधानी नै दुर्गम बन्यो

    काठमाडौंको त्यो दसैँ : जब राजधानी नै दुर्गम बन्यो

    नेपाली कांग्रेस : पुस्तान्तरण, नेतृत्व परिवर्तन र नयाँ सम्भावनाको बाटो

    नेपाली कांग्रेस : पुस्तान्तरण, नेतृत्व परिवर्तन र नयाँ सम्भावनाको बाटो

    देवीदेवताको नाममा पशुबलि : समाजले कहिले सोच्ने?

    देवीदेवताको नाममा पशुबलि : समाजले कहिले सोच्ने?