प्रणामी व्यवसाय संघ नेपालको स्थापना दिवसमा १०० विद्यार्थीलाई झोला तथा शैक्षिक सामग्री वितरण

निजगढ श्रावण ३ / प्रणामी व्यवसाय संघ नेपालले आफ्नो छोटो स्थापना दिवसको अवसरमा सामाजिक उत्तरदायित्वलाई आत्मसात् गर्दै बारा जिल्लाको सिंगोलस्थित लालिगुराँस आधारभूत विद्यालयका १०० जना विद्यार्थीलाई विद्यालय झोला (ब्याग) तथा विभिन्न स्टेशनरी सामग्री वितरण गरेको छ।

संघका अध्यक्ष विष्णु प्रसाद वाग्लेको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा निजगढ नगरपालिकाका प्रमुख सुरज पुरी प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। विशेष अतिथिका रूपमा निजगढ नगरपालिका–३ का वडा अध्यक्ष गोकुल तिमल्सिना रहनुभएको थियो।

कार्यक्रममा अतिथिहरूका रूपमा श्रीकृष्ण प्रणामी सेवा समिति नेपालका सहकोषाध्यक्ष अर्जुन प्रसाद वाग्ले, सदस्य मोमिन बजगाई, श्रीकृष्ण प्रणामी बाइजुराज महिला समिति नेपालका केन्द्रीय उपमहासचिव अनिता पौडेल, श्रीकृष्ण प्रणामी युवा परिषद् मधेश प्रदेशका अध्यक्ष उद्भव तिमल्सिना लगायत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, प्रधानाध्यापक, शिक्षक, स्थानीय समाजसेवी तथा अभिभावकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रममा वक्ताहरूले शिक्षा नै समाज रूपान्तरणको मुख्य आधार भएकाले यस्ता सामाजिक तथा शैक्षिक सहयोगका कार्यक्रमले विद्यार्थीहरूलाई अध्ययनप्रति थप प्रेरणा मिल्ने विश्वास व्यक्त गर्नुभयो। साथै आगामी दिनहरूमा पनि यस्ता समाजसेवी तथा मानवीय कार्यलाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गरिएको थियो।

कार्यक्रमको सञ्चालन संघका महासचिव प्रमोद वाग्लेले गर्नुभएको थियो। सामाजिक सेवामार्फत स्थापना दिवसलाई अर्थपूर्ण बनाएको भन्दै सहभागीहरूले प्रणामी व्यवसाय संघ नेपालको कार्यको प्रशंसा गरेका थिए।

  • ताजा अपढेट

    युगलदास महाराजको योगदान सम्झिँदै युवापुस्ता, पुल्चोकमा कात्तिक १४ गते वक्तृत्वकला

    पुलचोक, २०८३ कात्तिक १२ ललितपुर । श्रीकृष्ण प्रणामी सेवा समिती नेपालको सस्थापक अध्यक्ष परमहंस श्री १०८ युगलदास जी महाराजको प्राकट्य महोत्सवको अवसर पारेर श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, ललितपुर जिल्लाअन्तर्गतको…

    Read more

    Continue reading
    आज विजयादशमी, टीकाको उत्तम साइत बिहान १०:२६ बजे

    काठमाडौं, कात्तिक ४ / नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज बुधबार विजयादशमी हर्षोल्लासका साथ मनाइँदैछ। आजको दिन मान्यजनबाट दुर्गाभवानीको प्रसादस्वरूप टीका, जमरा र आशीर्वाद ग्रहण गरिन्छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका…

    Read more

    Continue reading

    जवाफ लेख्नुहोस्

    तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

    भखरै

    युगलदास महाराजको योगदान सम्झिँदै युवापुस्ता, पुल्चोकमा कात्तिक १४ गते वक्तृत्वकला

    युगलदास महाराजको योगदान सम्झिँदै युवापुस्ता, पुल्चोकमा कात्तिक १४ गते वक्तृत्वकला

    त्रिकालदर्शन डटकमको आधिकारिक दर्ता: विष्णु वाग्लेद्वारा खुसी व्यक्त

    त्रिकालदर्शन डटकमको आधिकारिक दर्ता: विष्णु वाग्लेद्वारा खुसी व्यक्त

    आज विजयादशमी, टीकाको उत्तम साइत बिहान १०:२६ बजे

    आज विजयादशमी, टीकाको उत्तम साइत बिहान १०:२६ बजे

    काठमाडौंको त्यो दसैँ : जब राजधानी नै दुर्गम बन्यो

    काठमाडौंको त्यो दसैँ : जब राजधानी नै दुर्गम बन्यो

    नेपाली कांग्रेस : पुस्तान्तरण, नेतृत्व परिवर्तन र नयाँ सम्भावनाको बाटो

    नेपाली कांग्रेस : पुस्तान्तरण, नेतृत्व परिवर्तन र नयाँ सम्भावनाको बाटो

    देवीदेवताको नाममा पशुबलि : समाजले कहिले सोच्ने?

    देवीदेवताको नाममा पशुबलि : समाजले कहिले सोच्ने?