समाजसेवी मिना घिमिरे र अभियानता विमला रसाइलीद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग

काभ्रेपलाञ्चोक, असार २६ /

काभ्रेपलाञ्चोक जिल्लाको बेथानचोक गाउँपालिका–२, ढुंखर्कस्थित पाट्नेखोलामा रहेको श्री जयराम प्राथमिक विद्यालयका सम्पूर्ण विद्यार्थीलाई अत्यावश्यक शैक्षिक सामग्रीअन्तर्गत विद्यालय झोला, कापी र कलम वितरण गरिएको छ।

विद्यार्थीहरूको अध्ययनलाई सहज, प्रभावकारी तथा गुणस्तरीय बनाउन सहयोग पुर्‍याउने उद्देश्यले समाजसेवी मिना घिमिरे र अभियानता विमला रसाइलीको सहयोगमा शुक्रबार शैक्षिक सामग्री वितरण कार्यक्रम सम्पन्न गरिएको हो।

कार्यक्रममा विद्यालयका विद्यार्थी, शिक्षक, अभिभावक तथा स्थानीयवासीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। विद्यार्थीहरूको दैनिक अध्ययन–अध्यापनमा अत्यधिक आवश्यक पर्ने विद्यालय झोला, कापी र कलम वितरण गरिएको विद्यालयले जनाएको छ।

कार्यक्रममा बोल्ने वक्ताहरूले शिक्षा नै समाज रूपान्तरणको मुख्य आधार भएको उल्लेख गर्दै ग्रामीण तथा आर्थिक रूपमा कमजोर परिवारका विद्यार्थीहरूलाई यस्ता सहयोगले अध्ययनप्रति थप उत्साह, आत्मविश्वास र प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरे। साथै आगामी दिनमा पनि यस्ता सामाजिक तथा शैक्षिक अभियानलाई निरन्तरता दिनुपर्नेमा जोड दिइएको थियो।

विद्यालय परिवारले विद्यार्थीहरूको शैक्षिक विकासमा महत्वपूर्ण योगदान पुर्‍याएको भन्दै समाजसेवी मिना घिमिरे र अभियानता विमला रसाइलीप्रति हार्दिक आभार व्यक्त गरेको छ। यस्ता सहयोगात्मक कार्यले विद्यार्थीहरूको उज्ज्वल भविष्य निर्माणमा सकारात्मक टेवा पुग्ने विश्वास समेत व्यक्त गरिएको छ।

  • ताजा अपढेट

    श्रीकृष्ण प्रणामी युवा परिषद् बनेपा प्रासद्वारा जन्माष्टमीमा रक्तदान, ३६ जनाले दिए जीवनदान

    काभ्रेपलाञ्चोक, भाद्र २० / श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, काभ्रेपलाञ्चोक जिल्ला अन्तर्गत रहेको प्रारम्भिक समिति बनेपाको आयोजनामा श्रीकृष्ण जन्माष्टमीको पावन अवसरमा विशेष रक्तदान कार्यक्रम सम्पन्न भएको छ। “रक्तदान जीवनदान हो,…

    Read more

    Continue reading
    विपद्का पीडितको सहारामा प्रणामी व्यवसाय संघ, ८० हजार १०० रुपैयाँ राहत कोषमा

    मकवानपुर , भाद्र १९ / रसुवा जिल्लामा यही भदौ १० गते भोटेकोशी नदीमा आएको आकस्मिक बाढी तथा विभिन्न स्थानमा गएको पहिरोका कारण भएको ठूलो जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै प्रणामी…

    Read more

    Continue reading

    जवाफ लेख्नुहोस्

    तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

    भखरै

    श्रीकृष्ण प्रणामी युवा परिषद् बनेपा प्रासद्वारा जन्माष्टमीमा रक्तदान, ३६ जनाले दिए जीवनदान

    श्रीकृष्ण प्रणामी युवा परिषद् बनेपा प्रासद्वारा जन्माष्टमीमा रक्तदान, ३६ जनाले दिए जीवनदान

    विपद्का पीडितको सहारामा प्रणामी व्यवसाय संघ, ८० हजार १०० रुपैयाँ राहत कोषमा

    विपद्का पीडितको सहारामा प्रणामी व्यवसाय संघ, ८० हजार १०० रुपैयाँ राहत कोषमा

    ‘छैन केही पिर चिन्ता’ सार्वजनिक, दर्शकको मायाको प्रतीक्षामा रिहान शंकर

    ‘छैन केही पिर चिन्ता’ सार्वजनिक, दर्शकको मायाको प्रतीक्षामा रिहान शंकर

    देखिने प्रगति र नदेखिने समृद्धि

    देखिने प्रगति र नदेखिने समृद्धि

    ‘विकासको आधार तयार, समृद्ध बेथानचोकको सपना’

    ‘विकासको आधार तयार, समृद्ध बेथानचोकको सपना’

    झापाको भद्रपुरमा आजबाट श्रीमद् बीतक चर्चा एवं श्रीकृष्ण कथा आयोजना हुँदै

    झापाको भद्रपुरमा आजबाट श्रीमद् बीतक चर्चा एवं श्रीकृष्ण कथा आयोजना हुँदै