काभ्रेमा श्रीकृष्ण प्रणामी युवा परिषदको शाकाहारी अभियान सम्पन्न

काभ्रेपलाञ्चोक / श्रीकृष्ण प्रणामी युवा परिषद नेपाल जिल्ला कार्यसमिति काभ्रेपलाञ्चोकको आयोजनामा २०८२ साल असोज ११ गते बिहान भव्य शाकाहारी अभियान सम्पन्न भएको छ।

बनेपा तीनदोबाटोबाट बिहान ८ बजे सुरु भएको उक्त अभियान चारदोबाटो, गणेशस्थान हुँदै बिहान १० बजे लायकुमा पुगेर समापन गरिएको हो।

अभियानमा परिषदका केन्द्रीय सदस्य उद्धप्रसाद तिमल्सिनाको विशेष उपस्थितिसहित श्रीकृष्ण प्रणामी बाईजुराज महिला समिति नेपाल जिल्ला कार्यसमिति काभ्रेपलाञ्चोक, श्रीकृष्ण प्रणामी सेवा समिति नेपाल इकाई समिति बनेपा, श्रीकृष्ण प्रणामी युवा परिषद नेपाल प्रारम्भिक समिति बनेपा लगायतका विभिन्न संघ–संस्था तथा भक्तजनहरूको उत्साहजनक सहभागिता रहेको थियो।

सद्भाव, सात्विक जीवनशैली र शुद्ध शाकाहारको सन्देश फैलाउने उद्देश्यले आयोजित अभियानले स्थानीय समुदायमा सकारात्मक ऊर्जा सञ्चार गरेको श्रीकृष्ण प्रणामी युवा परिषद नेपाल जिल्ला कार्यसमिति काभ्रेपलाञ्चोकका अध्यक्ष प्राणनाथ सापकोटाले जनाए ।

  • ताजा अपढेट

    बलि होइन, जीवन रोजौँ : प्रणामी युवाको अहिंसाको अभियान

    काठमाडौं, २०८३ कात्तिक १ / श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, काठमाडौं जिल्ला समितिद्वारा आयोजित पशु बलि प्रथा सचेतना अभियान तथा दीप प्रज्वलन कार्यक्रम बडादसैँको पूर्वसन्ध्यामा महाअष्टमीका दिन काठमाडौंको माईतीघर मण्डलामा…

    Read more

    Continue reading
    बाढीपीडितको सहारा बन्यो श्रीकृष्ण प्रणामी मन्दिर बनेपा, ६३ हजार ९८० रुपैयाँ सहयोग

    बनेपा, असोज ६ गते / विपद्ले घर उजाडिएका छन्, परिवारलाई पीडामा धकेलेको छ र धेरैको आँखाबाट आँसु रोकिएको छैन। यस्तो कठिन घडीमा सरकारदेखि नागरिकस्तरसम्म राहत र उद्धारको आवश्यकता बढिरहेका बेला…

    Read more

    Continue reading

    जवाफ लेख्नुहोस्

    तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

    भखरै

    त्रिकालदर्शन डटकमको आधिकारिक दर्ता: विष्णु वाग्लेद्वारा खुसी व्यक्त

    त्रिकालदर्शन डटकमको आधिकारिक दर्ता: विष्णु वाग्लेद्वारा खुसी व्यक्त

    आज विजयादशमी, टीकाको उत्तम साइत बिहान १०:२६ बजे

    आज विजयादशमी, टीकाको उत्तम साइत बिहान १०:२६ बजे

    काठमाडौंको त्यो दसैँ : जब राजधानी नै दुर्गम बन्यो

    काठमाडौंको त्यो दसैँ : जब राजधानी नै दुर्गम बन्यो

    नेपाली कांग्रेस : पुस्तान्तरण, नेतृत्व परिवर्तन र नयाँ सम्भावनाको बाटो

    नेपाली कांग्रेस : पुस्तान्तरण, नेतृत्व परिवर्तन र नयाँ सम्भावनाको बाटो

    देवीदेवताको नाममा पशुबलि : समाजले कहिले सोच्ने?

    देवीदेवताको नाममा पशुबलि : समाजले कहिले सोच्ने?

    बलि होइन, जीवन रोजौँ : प्रणामी युवाको अहिंसाको अभियान

    बलि होइन, जीवन रोजौँ : प्रणामी युवाको अहिंसाको अभियान