“पनौतीमा श्रीकृष्ण प्रणामी युवा परिषदद्वारा पशुबली निषेध सचेतना अभियान सम्पन्न”

काभ्रेपलान्चोक / पनौती, श्री कृष्ण प्रणामी युवा परिषद नेपाल काभ्रेपलान्चोकको आयोजनामा पनौती बसपार्कमा मिति २०८२ साल असोज ७ गतेका दिन “पशुबली निषेध सचेतना अभियान” सम्पन्न भयो।

धार्मिक अनुष्ठानका नाममा हुने पशु बलिदान जस्तो अमानवीय प्रथालाई अन्त्य गर्दै करुणा, दया र अहिंसाको सन्देश फैलाउने उद्देश्यले परिषद्ले अभियान सञ्चालन गरेको श्रीकृष्ण प्रणामी युवा परिषद नेपाल जिल्ला कार्यसमिति काभ्रेपलान्चोकका अध्यक्ष प्राणनाथ सापकोटा ले जनाए ।

कार्यक्रममा युवाहरूले प्लेकार्ड बोकेर जुलुस निकालेका थिए र स्थानीयलाई पशु हत्या रोक्न आह्वान गरेका थिए। श्रीकृष्ण प्रणामी युवा परिषद नेपाल का केन्द्रिय सदस्य श्री उद्धव प्रसाद तिमल्सिनाले धर्मको सार जीवप्रेममा रहेको भन्दै वैकल्पिक पूजापाठमार्फत आस्था प्रकट गर्न आग्रह गरे।

स्थानीय वासिन्दा, सामाजिक अभियन्ता तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको कार्यक्रममा आगामी दिनमा निरन्तर यस्ता सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता जनाए।

  • ताजा अपढेट

    झापाको भद्रपुरमा आजबाट श्रीमद् बीतक चर्चा एवं श्रीकृष्ण कथा आयोजना हुँदै

    झापा श्रावण १८ / झापाको भद्रपुर नगरपालिका–९, प्रणामीनगरस्थित श्रीकृष्ण प्रणामी मन्दिर, दुवागढी–चन्द्रगढीमा विगत वर्षहरूझैँ यस वर्ष पनि आज बाट श्रीमद् बीतक चर्चा एवं श्रीकृष्ण कथा आयोजना हुने भएको छ। वि.सं.…

    Read more

    Continue reading
    सद्गुरुको महिमा र गुरु पूर्णिमाको आध्यात्मिक सन्देश

    आज असार शुक्ल पुर्णिमा अर्थात गुरु पूर्णिमाको पावन अवसरमा आध्यात्मिक चिन्तन, वैदिक शास्त्र, ज्योतिष तथा धर्मदर्शनका गहन अध्येता एवं प्रेरणादायी वक्ता ज्योतिषीचार्य श्री ध्रुवराज शास्त्रीसँग सद्गुरुको महिमा, आत्मजागरण, श्रीकृष्ण प्रणामी…

    Read more

    Continue reading

    जवाफ लेख्नुहोस्

    तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

    भखरै

    श्रीकृष्ण प्रणामी युवा परिषद् बनेपा प्रासद्वारा जन्माष्टमीमा रक्तदान, ३६ जनाले दिए जीवनदान

    श्रीकृष्ण प्रणामी युवा परिषद् बनेपा प्रासद्वारा जन्माष्टमीमा रक्तदान, ३६ जनाले दिए जीवनदान

    विपद्का पीडितको सहारामा प्रणामी व्यवसाय संघ, ८० हजार १०० रुपैयाँ राहत कोषमा

    विपद्का पीडितको सहारामा प्रणामी व्यवसाय संघ, ८० हजार १०० रुपैयाँ राहत कोषमा

    ‘छैन केही पिर चिन्ता’ सार्वजनिक, दर्शकको मायाको प्रतीक्षामा रिहान शंकर

    ‘छैन केही पिर चिन्ता’ सार्वजनिक, दर्शकको मायाको प्रतीक्षामा रिहान शंकर

    देखिने प्रगति र नदेखिने समृद्धि

    देखिने प्रगति र नदेखिने समृद्धि

    ‘विकासको आधार तयार, समृद्ध बेथानचोकको सपना’

    ‘विकासको आधार तयार, समृद्ध बेथानचोकको सपना’

    झापाको भद्रपुरमा आजबाट श्रीमद् बीतक चर्चा एवं श्रीकृष्ण कथा आयोजना हुँदै

    झापाको भद्रपुरमा आजबाट श्रीमद् बीतक चर्चा एवं श्रीकृष्ण कथा आयोजना हुँदै