न्यानो कपडासँगै आशा बाँड्दै लुभु प्रा.स, गुल्मीका ३६० विद्यार्थी लाभान्वित हुने

ललितपुर  / श्रीकृष्ण प्रणामी युवा परिषद नेपालको मुल नारा “जहाँ विपद्, त्यहाँ युवा परिषद्” भन्ने प्रेरणादायी नारालाई व्यवहारमा उतार्दै परिषद्ले गुल्मी जिल्लाका कक्षा १ देखि ८ सम्म अध्ययनरत विपन्न बालबालिकाका लागि न्यानो कपडा वितरण अभियान सुरु गरेको छ।

चिसो हावासँगै काँपिरहेका नानी हात, जाडोले ओइलाउँदै गरेको बालमन र कापी समात्न नसक्ने अवस्था यी यथार्थले परिषद्लाई सेवाको यात्रामा अझ दृढ बनाएको छ। लुभु प्रारम्भिक समिति परिवारको सहकार्यमा अघि बढाइएको यस मानवीय अभियानअन्तर्गत ३६० जना विद्यार्थी न्यानो कपडाबाट लाभान्वित हुनेछन्। परिषद्ले यो कार्यक्रम पुष महिनाको पहिलो साताभित्रै सम्पन्न गर्ने लक्ष्य लिएको छ।

यस अभियानले केवल शरीरलाई न्यानो बनाउने होइन, बालबालिकाको मनमा आशा, हिम्मत र भविष्यप्रतिको विश्वास जगाउने विश्वास लिइएको छ। शास्त्रमा पनि भनिएको छ:-

“परोपकाराय फलन्ति वृक्षाः,

परोपकाराय वहन्ति नद्यः।

परोपकारार्थमिदं शरीरम्॥”

अर्थात् वृक्ष अरूको हितका लागि फल दिन्छन्, नदीहरू अरूको हितका लागि बग्छन्, गाईहरू अरूको हितका लागि दूध दिन्छन्, र मानव शरीर पनि परोपकारका लागि नै हो।

परिषद्ले यही भावनालाई आत्मसात् गर्दै सबै समाजसेवी मन, शुभेच्छुक र सहयोगी हातहरूसँग आर्थिक सहयोग, साथ र सद्भावका लागि हार्दिक अपिल गरेको छ। परिषद्का अनुसार, सानो सहयोगले पनि कुनै बालकको कठ्याङ्ग्रिने जाडो हटाउन सक्छ र उसको ओठमा मुस्कान फुलाउन सक्छ।

धर्म, सेवा र मानवीय संवेदनाको संगमका रूपमा अघि बढिरहेको यो अभियानले समाजमा सहकार्य र करुणाको संस्कार अझ गहिरो बनाउने अपेक्षा गरिएको छ।

  • ताजा अपढेट

    श्रीकृष्ण प्रणामी युवा परिषद् बनेपा प्रासद्वारा जन्माष्टमीमा रक्तदान, ३६ जनाले दिए जीवनदान

    काभ्रेपलाञ्चोक, भाद्र २० / श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, काभ्रेपलाञ्चोक जिल्ला अन्तर्गत रहेको प्रारम्भिक समिति बनेपाको आयोजनामा श्रीकृष्ण जन्माष्टमीको पावन अवसरमा विशेष रक्तदान कार्यक्रम सम्पन्न भएको छ। “रक्तदान जीवनदान हो,…

    Read more

    Continue reading
    विपद्का पीडितको सहारामा प्रणामी व्यवसाय संघ, ८० हजार १०० रुपैयाँ राहत कोषमा

    मकवानपुर , भाद्र १९ / रसुवा जिल्लामा यही भदौ १० गते भोटेकोशी नदीमा आएको आकस्मिक बाढी तथा विभिन्न स्थानमा गएको पहिरोका कारण भएको ठूलो जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै प्रणामी…

    Read more

    Continue reading

    जवाफ लेख्नुहोस्

    तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

    भखरै

    श्रीकृष्ण प्रणामी युवा परिषद् बनेपा प्रासद्वारा जन्माष्टमीमा रक्तदान, ३६ जनाले दिए जीवनदान

    श्रीकृष्ण प्रणामी युवा परिषद् बनेपा प्रासद्वारा जन्माष्टमीमा रक्तदान, ३६ जनाले दिए जीवनदान

    विपद्का पीडितको सहारामा प्रणामी व्यवसाय संघ, ८० हजार १०० रुपैयाँ राहत कोषमा

    विपद्का पीडितको सहारामा प्रणामी व्यवसाय संघ, ८० हजार १०० रुपैयाँ राहत कोषमा

    ‘छैन केही पिर चिन्ता’ सार्वजनिक, दर्शकको मायाको प्रतीक्षामा रिहान शंकर

    ‘छैन केही पिर चिन्ता’ सार्वजनिक, दर्शकको मायाको प्रतीक्षामा रिहान शंकर

    देखिने प्रगति र नदेखिने समृद्धि

    देखिने प्रगति र नदेखिने समृद्धि

    ‘विकासको आधार तयार, समृद्ध बेथानचोकको सपना’

    ‘विकासको आधार तयार, समृद्ध बेथानचोकको सपना’

    झापाको भद्रपुरमा आजबाट श्रीमद् बीतक चर्चा एवं श्रीकृष्ण कथा आयोजना हुँदै

    झापाको भद्रपुरमा आजबाट श्रीमद् बीतक चर्चा एवं श्रीकृष्ण कथा आयोजना हुँदै