श्री कृष्णगोपाल माविको ५९ औँ वार्षिकोत्सव भव्य रुपमा सम्पन्न

बेथानचोक / काभ्रेपलान्चोक जिल्लाको दक्षिणी भेग, बेथानचोक गाउँपालिका वडा नम्बर ३ माकलस्थानमा अवस्थित श्री कृष्णगोपाल माध्यमिक विद्यालयको ५९औँ वार्षिकोत्सव समारोह मिति २०८२ साल पौष १ गते मंगलबार शैक्षिक गरिमा, अनुशासन र उत्साहका साथ भव्य रूपमा सम्पन्न भएको छ।

समारोहका प्रमुख अतिथि बेथानचोक गाउँपालिकाका अध्यक्ष श्री भगवान अधिकारीले विद्यालयले ग्रामीण भेगमा शिक्षा विस्तार र गुणस्तर अभिवृद्धिमा पुर्‍याउँदै आएको योगदानको प्रशंसा गर्दै शिक्षा नै समुन्नत समाज निर्माणको आधार भएको उल्लेख गर्नुभयो।

कार्यक्रममा विद्यालयका तर्फबाट सहायक प्रधानध्यापक गोपाल तिमल्सिनाले स्वागत मन्तव्य राख्नुभएको थियो भने सम्पूर्ण कार्यक्रमको सञ्चालन रन्जन लामाले गर्नुभएको थियो। बेथानचोक गाउँपालिका वडा नम्बर ३ का अध्यक्ष कुबेर ढकालले बदलिँदो समयको आवश्यकतालाई मध्यनजर गर्दै शिक्षा प्रणालीमा फरक, व्यवहारिक र सीपमूलक दृष्टिकोण अपनाउनुपर्ने आवश्यकता औँल्याउनुभयो।

कार्यक्रमअन्तर्गत लेखा प्रतिवेदन मोट प्रसाद सापकोटाद्वारा प्रस्तुत गरिएको थियो। साथै, विद्यालयका पूर्व शिक्षक, पूर्व चन्दा दाता तथा विभिन्न अक्षयकोष दाताहरू मनहरी गायत्री अक्षयकोष, देवहरी बिष्णुमाई अक्षयकोष, मनकामना अक्षयकोष लगायत विद्यालयका अन्य अक्षयकोष दाताहरूलाई औपचारिक निमन्त्रणा गरी सम्मानसहित मन्तव्य राख्ने अवसर प्रदान गरिएको थियो। दाताहरूले विद्यालयको शैक्षिक उन्नयनमा निरन्तर साथ रहने प्रतिबद्धता व्यक्त गरेका थिए।

यसै अवसरमा पार्वती बहुमुखी क्याम्पसका प्रमुख राजेश तिमल्सिनाले कक्षा १ देखि १० सम्म प्रथम हुने विद्यार्थीहरूलाई जनही १,००० रुपैयाँका दरले कुल १०,००० रुपैयाँ पुरस्कार प्रदान गर्ने घोषणा गर्नुभएको थियो, जसले विद्यार्थीहरूमा थप उत्साह र प्रेरणा जगाएको छ।

कार्यक्रममा बेथानचोक गाउँपालिकाका प्रशासकीय अधिकृत राजेन्द्र भण्डारी, पार्वती बहुमुखी क्याम्पसका प्रमुख राजेश तिमल्सिना, विभिन्न विद्यालयका प्रधानाध्यापकहरू, विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्षहरू, पूर्व विद्यार्थी, अभिभावक तथा स्थानीय बुद्धिजीवीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

समारोह विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कुमार सन्जेलको सभापतित्वमा सम्पन्न भएको हो। सांस्कृतिक सत्रमा लोकदोहोरी संघ काभ्रेका अध्यक्ष वाईपी घिमिरे लगायतका कलाकारहरूको प्रस्तुतीले कार्यक्रमलाई थप जीवन्त बनाएको थियो।

कार्यक्रम भव्य र सभ्य रूपमा सम्पन्न भएको जानकारी बेथानचोक गाउँपालिका वडा नम्बर ३ का अध्यक्ष कुबेर ढकालले दिंदै शिक्षा, सम्मान र सामुदायिक सहकार्यको उदाहरणका रूपमा यस वार्षिकोत्सवले विद्यालयको उज्ज्वल भविष्यतर्फको यात्रालाई अझ सबल बनाएको विश्वास व्यक्त गर्नुभयो।

Exif_JPEG_420
  • ताजा अपढेट

    महालक्ष्मी–६ मा दूरसञ्चारको तार चोरी गर्ने दुईमध्ये एक पक्राउ, एक फरार

    ललितपुर, श्रावण ५ / महालक्ष्मी नगरपालिका–६ क्षेत्रमा सार्वजनिक प्रयोगका लागि जडान गरिएको दूरसञ्चारको तार चोरी गर्ने क्रममा दुई जनामध्ये एक जनालाई स्थानीयवासीको सहयोगमा पक्राउ गरिएको छ भने अर्का एक जना…

    Read more

    Continue reading
    प्रणामी व्यवसाय संघ नेपालको स्थापना दिवसमा १०० विद्यार्थीलाई झोला तथा शैक्षिक सामग्री वितरण

    निजगढ श्रावण ३ / प्रणामी व्यवसाय संघ नेपालले आफ्नो छोटो स्थापना दिवसको अवसरमा सामाजिक उत्तरदायित्वलाई आत्मसात् गर्दै बारा जिल्लाको सिंगोलस्थित लालिगुराँस आधारभूत विद्यालयका १०० जना विद्यार्थीलाई विद्यालय झोला (ब्याग) तथा…

    Read more

    Continue reading

    जवाफ लेख्नुहोस्

    तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

    भखरै

    सद्गुरुको महिमा र गुरु पूर्णिमाको आध्यात्मिक सन्देश

    सद्गुरुको महिमा र गुरु पूर्णिमाको आध्यात्मिक सन्देश

    गुरु पूर्णिमाको अवसरमा नवतनधाममा विशेष कार्यक्रम आयोजना हुँदै

    गुरु पूर्णिमाको अवसरमा नवतनधाममा विशेष कार्यक्रम आयोजना हुँदै

    सिन्धुलीमा श्रावण १८ देखि २४ सम्म ‘श्रीमद् वीतक चर्चा एवं श्रीकृष्ण कथा–२०८३’ आयोजना हुँदै

    सिन्धुलीमा श्रावण १८ देखि २४ सम्म ‘श्रीमद् वीतक चर्चा एवं श्रीकृष्ण कथा–२०८३’ आयोजना हुँदै

    श्रीकृष्ण प्रणामी मन्दिर बनेपामा श्रीमदवितक चर्चा तथा श्रीकृष्ण कथा आयोजना हुँदै

    श्रीकृष्ण प्रणामी मन्दिर बनेपामा श्रीमदवितक चर्चा तथा श्रीकृष्ण कथा आयोजना हुँदै

    के छ तयारी ? :- सुधारस तिमल्सिना

    के छ तयारी ? :- सुधारस तिमल्सिना

    महालक्ष्मी–६ मा दूरसञ्चारको तार चोरी गर्ने दुईमध्ये एक पक्राउ, एक फरार

    महालक्ष्मी–६ मा दूरसञ्चारको तार चोरी गर्ने दुईमध्ये एक पक्राउ, एक फरार