काभ्रेमा श्रीकृष्ण प्रणामी युवा परिषदको शाकाहारी अभियान सम्पन्न
काभ्रेपलाञ्चोक / श्रीकृष्ण प्रणामी युवा परिषद नेपाल जिल्ला कार्यसमिति काभ्रेपलाञ्चोकको आयोजनामा २०८२ साल असोज ११ गते बिहान भव्य शाकाहारी अभियान सम्पन्न भएको छ।
बनेपा तीनदोबाटोबाट बिहान ८ बजे सुरु भएको उक्त अभियान चारदोबाटो, गणेशस्थान हुँदै बिहान १० बजे लायकुमा पुगेर समापन गरिएको हो।
अभियानमा परिषदका केन्द्रीय सदस्य उद्धप्रसाद तिमल्सिनाको विशेष उपस्थितिसहित श्रीकृष्ण प्रणामी बाईजुराज महिला समिति नेपाल जिल्ला कार्यसमिति काभ्रेपलाञ्चोक, श्रीकृष्ण प्रणामी सेवा समिति नेपाल इकाई समिति बनेपा, श्रीकृष्ण प्रणामी युवा परिषद नेपाल प्रारम्भिक समिति बनेपा लगायतका विभिन्न संघ–संस्था तथा भक्तजनहरूको उत्साहजनक सहभागिता रहेको थियो।
सद्भाव, सात्विक जीवनशैली र शुद्ध शाकाहारको सन्देश फैलाउने उद्देश्यले आयोजित अभियानले स्थानीय समुदायमा सकारात्मक ऊर्जा सञ्चार गरेको श्रीकृष्ण प्रणामी युवा परिषद नेपाल जिल्ला कार्यसमिति काभ्रेपलाञ्चोकका अध्यक्ष प्राणनाथ सापकोटाले जनाए ।






Post Comment