“पनौतीमा श्रीकृष्ण प्रणामी युवा परिषदद्वारा पशुबली निषेध सचेतना अभियान सम्पन्न”

काभ्रेपलान्चोक / पनौती, श्री कृष्ण प्रणामी युवा परिषद नेपाल काभ्रेपलान्चोकको आयोजनामा पनौती बसपार्कमा मिति २०८२ साल असोज ७ गतेका दिन “पशुबली निषेध सचेतना अभियान” सम्पन्न भयो।

धार्मिक अनुष्ठानका नाममा हुने पशु बलिदान जस्तो अमानवीय प्रथालाई अन्त्य गर्दै करुणा, दया र अहिंसाको सन्देश फैलाउने उद्देश्यले परिषद्ले अभियान सञ्चालन गरेको श्रीकृष्ण प्रणामी युवा परिषद नेपाल जिल्ला कार्यसमिति काभ्रेपलान्चोकका अध्यक्ष प्राणनाथ सापकोटा ले जनाए ।

कार्यक्रममा युवाहरूले प्लेकार्ड बोकेर जुलुस निकालेका थिए र स्थानीयलाई पशु हत्या रोक्न आह्वान गरेका थिए। श्रीकृष्ण प्रणामी युवा परिषद नेपाल का केन्द्रिय सदस्य श्री उद्धव प्रसाद तिमल्सिनाले धर्मको सार जीवप्रेममा रहेको भन्दै वैकल्पिक पूजापाठमार्फत आस्था प्रकट गर्न आग्रह गरे।

स्थानीय वासिन्दा, सामाजिक अभियन्ता तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको कार्यक्रममा आगामी दिनमा निरन्तर यस्ता सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता जनाए।

  • ताजा अपढेट

    बलि होइन, जीवन रोजौँ : प्रणामी युवाको अहिंसाको अभियान

    काठमाडौं, २०८३ कात्तिक १ / श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, काठमाडौं जिल्ला समितिद्वारा आयोजित पशु बलि प्रथा सचेतना अभियान तथा दीप प्रज्वलन कार्यक्रम बडादसैँको पूर्वसन्ध्यामा महाअष्टमीका दिन काठमाडौंको माईतीघर मण्डलामा…

    Read more

    Continue reading
    बाढीपीडितको सहारा बन्यो श्रीकृष्ण प्रणामी मन्दिर बनेपा, ६३ हजार ९८० रुपैयाँ सहयोग

    बनेपा, असोज ६ गते / विपद्ले घर उजाडिएका छन्, परिवारलाई पीडामा धकेलेको छ र धेरैको आँखाबाट आँसु रोकिएको छैन। यस्तो कठिन घडीमा सरकारदेखि नागरिकस्तरसम्म राहत र उद्धारको आवश्यकता बढिरहेका बेला…

    Read more

    Continue reading

    जवाफ लेख्नुहोस्

    तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

    भखरै

    त्रिकालदर्शन डटकमको आधिकारिक दर्ता: विष्णु वाग्लेद्वारा खुसी व्यक्त

    त्रिकालदर्शन डटकमको आधिकारिक दर्ता: विष्णु वाग्लेद्वारा खुसी व्यक्त

    आज विजयादशमी, टीकाको उत्तम साइत बिहान १०:२६ बजे

    आज विजयादशमी, टीकाको उत्तम साइत बिहान १०:२६ बजे

    काठमाडौंको त्यो दसैँ : जब राजधानी नै दुर्गम बन्यो

    काठमाडौंको त्यो दसैँ : जब राजधानी नै दुर्गम बन्यो

    नेपाली कांग्रेस : पुस्तान्तरण, नेतृत्व परिवर्तन र नयाँ सम्भावनाको बाटो

    नेपाली कांग्रेस : पुस्तान्तरण, नेतृत्व परिवर्तन र नयाँ सम्भावनाको बाटो

    देवीदेवताको नाममा पशुबलि : समाजले कहिले सोच्ने?

    देवीदेवताको नाममा पशुबलि : समाजले कहिले सोच्ने?

    बलि होइन, जीवन रोजौँ : प्रणामी युवाको अहिंसाको अभियान

    बलि होइन, जीवन रोजौँ : प्रणामी युवाको अहिंसाको अभियान